×

NMB BANK
NIC ASIA

सम्झौता भएको वर्षौँं बित्यो तर बनेन मोटर चल्ने पुल

असोज २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

डोटी –तोकिएको समयमा पुल नबन्दा शिखर नगरपालिका र आदर्श गाउँपालिकाका बासिन्दाले निकै सास्ती खेप्नुपरेको छ ।

Muktinath Bank

पुल नबन्दा त्यहाँका बासिन्दालाई सामान्य कामका लागि पनि घण्टौंँ लामो यात्रा गर्नुपर्छ । निर्माण  शुरू गरिएको वर्षौं बितिसक्दा पनि सातनाली सडकको मोटर चल्ने पक्की पुल अझै बन्न सकेको छैन । सातनाली–मेल्लेक–बझाङ्ग सडकलाई केआइसिंह राजमार्गसँग जोड्न   शिखरनगरपालिका–१० बानीडुग्रीसैनको सेती नदीमाथि पुल निर्माण गर्न विसं २०७१ असार २० गते सम्झौता भएको थियो । उक्त सम्झौतानुसार २०७४ असार २० गतेभित्र पुलनिर्माण भइसक्नुपर्ने भए पनि  निर्माण  १० प्रतिशत पनि भएको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुस्त गतिमा हुँदैआएको निर्माण पूर्ण रुपमा रोकिएको छ । मूल्य अभिवृद्धिकरसहित रु २६ करोड २० लाखको लागतमा निर्माण हुने करीव ४०० मिटर लामो उक्त आरसिसीपुलका लागि डिभिजन सडक कार्यालय कुलपाते डोटीले पुष्प–राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता भएको हो ।


Advertisment
Nabil box
Kumari

पुल निर्माण हुने समयावधि समाप्त भएर पन्ध्र महिना बितिसक्दा पनि पुलका दायाँबायाँ पिल्लर उठाइएको छैन । उक्त पुल समयमै नबन्दा शिखर नगरपालिका वडा नं ११ सडक सञ्जालमा जोडिन सकेको छैन । नदीमा पुल नभएकै कारण २०४९ सालदेखि निर्माण शुरू भएको सातनाली–मेल्लेक–बझाङ्ग सडक अलपत्र परेको छ ।

Vianet communication
Laxmi Bank

पुल नभएरै उक्त सडकमा यातायातका साधन सञ्चालन हुन नसकेको स्थानीयवासी रामबहादुर धामीले बताए। उनले भने, 'पुल नै बनेको छैन  कहाँबाट लगेर गाडी चलाउनू ? काटेको सडकमा गाडी नचल्दा दिनहँुँ बिग्रिन र भत्किन थालेको छ ।'

सम्बन्धित डिभिजन सडक कार्यालय कुल्पोतेका इञ्जिनीयर वसन्तकुमार गायीले पुलको जगमै समस्या भएको जानकारी दिए। उनका अनुसार पिल्लरको जगमा चट्टान भेटिएपछि डिएमसी मेशिनले काम नगरेको र बोर पाइलिङ्ग मेसिन ल्याउनुपर्ने भएका कारण ढिलाइ भएको हो ।

डिभिजन सडक कार्यालय डोटीले तत्काल काम शुरू गर्न ठेकेदार कम्पनीलाई पत्राचार गरिसकेको इञ्जिनीयर गायीले बताए। उनले भने, 'तत्काल काम शुरूगर्न चेतावनीसहित हामीले निर्माता कम्पनीलाई पत्राचार गरिसकेका छौंँ । तोकिएको अवधिमा काम शुरू भएन भने आर्थिक कारवाही हुन्छ ।'

लामो समयदेखि रोकिएको काम आफू साइट इञ्चार्ज भएपछि शुरू गराएपनि निर्माता कम्पनीले लापरवाही गरिरहेकाले काम ढिलो भएको इञ्जिनीयर गायीको भनाइ छ । निर्माता कम्पनी पुष्प राजेन्द्र जेभीका इञ्जिनीयर राजेन्द्र साउदले डिएमसी मेशिन आइसकेकाले अब छिट्टै काम शुरू गरिने बताए।

उनले भने, 'फाउण्डेशनको काममा मात्रै समस्या देखिएको हो । फाउण्डेशनको काम सकियो भने अरु काम सजिलैसँग अगाडी बढ्छ ।' शुरूमा पुलको अलाइनमेण्ट नमिलेकाले ढिलो भयो भन्दै आएको निर्माण व्यवसायीले पुल निर्माण कार्यमा ढिलो हुँदै गर्दा नयाँनयाँ बहाना खोज्न थालेको स्थानीयवासी प्रेमबहादुर बलायरको आरोप छ ।

जगमा चट्टान भेटिएको र उक्त चट्टान डिएमसी मेशिनले काट्न नसकेपछि बोर पाइलिङ्ग मेशिन ल्याउनुपर्ने भन्दै केही समय निर्माण कम्पनीले पुलको काम लम्ब्यायो । बोर पाइलिङ्ग मेशिन नेपालमा छैन । फेरि थप समय माग्यो । बोर पाइलिङ्ग मेशिन नेपाल आइसक्यो । अहिले मेशिन ठूलो भएका कारण निर्माणस्थलसम्म ल्याउन समस्या भइरहेको बुझिएको छ ।

पुल निर्माण व्यवसायी कम्पनीले अबको एक सातामा काम शुरू गर्ला भन्ने कुरामा स्थानीयवासी विश्वस्त हुन सकेका छैनन् । 'कहिले के भन्छन् कहिले के भन्छन्, यिनीहरुका बहाना मात्रै हुन्,' शिखर नगरपालिका वडा नं १० का  इन्द्रबहादुर बलायरले भने, 'वर्षाद् शुरू भएर नदीमा पानी बढिसक्यो, अब के काम होला र, बहाना धेरै भए, काम भएन ।' यस्तै आशङ्का शिखर  ११ कै शेरबहादुर बोहरा पनि व्यक्त गर्नुहुन्छ । उनी भन्छन्, 'यो सबै बहाना मात्रै हो । काम शुरूहुन्छ भन्ने त धेरै पटक सुन्यौंँ तर काम शुरू कहिल्यै हुँदैन ।'

पहिलो पटक ठेक्का सम्झौताको अवधि सकिएर २०७५ पुस मसान्तसम्मका लागि बढाइएको थियो । पुनः म्याद थपिए पनि काम शुरू हुन सकेको छैन । यति हुँदा पनि ठेकेदार  कम्पनीलाई कारवाही भने भएको छैन ।

निर्माण व्यवसायी कम्पनी पुष्प राजेन्द्र जेभीका सञ्चालक भीमबहादुर साउद डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिकाका प्रमुख भएका छन् । यही कारण सम्बन्धित निकायले कानमा तेल हालेर बसेको स्थानीयवासीको आरोप छ । सातनाली पुल जस्तै सुदूरपश्चिमका अन्य जिल्लामा पनि उक्त कम्पनीले निर्माण गर्न लागेका योजना अलपत्र परेका खबर यस अघि पनि आएका थिए ।

कम्पनीमाथि कुनै कारवाही नहुँदा बाँकी काम लथालिङ्ग बनेको स्थानीयवासी बताउँछन् । अहिले सेती नदीमा पानीको बहाव बढेका कारण जिल्लाको बानीडुग्रीसैन तथा आदर्श गाउँपालिकाको सातनालीका बासिन्दा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल तथा छिमेकी जिल्ला डडेल्धुराको बाटो प्रयोग गर्न बाध्य भएको शिखर नगरपालिकाका  योगेन्द्रबहादुर मल्लले बताए।

उनले भने, 'ठेकेदारले पुल नबनाउँदा १० मिनेटको बाटोमा एक घण्टा लगाउनुपरेको छ, जनताका पीडा कसले बुझ्ने ?'

सेतीमा पानीको बहाब बढेकाले पुलको अन्य काममा खटिएका श्रमिक पनि आआफ्नो घर गएको स्थानीयवासीले जानकारी दिएका छन् । विमलबहादुर विष्ट,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x