बलात्कारको आरोपमा पक्राउ परे मालपोत प्रमुख

असोज २३, २०७६

भीमदत्तनगर– कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी पक्राउ परेका छन् ।

स्थानीय एक महिलाले आफूमाथि बलात्कारको आरोप लगाएपछि बेलौरी मालपोत कार्यालयका प्रमुख ऐडीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।


ADVERTISEMENT

'महिलाले आरोप लगाएपछि सोधपुछका लागि नियन्त्रणमा लिएका हौं,' इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्दले भने, 'घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको छ ।'

उनले मोलपोत प्रमुख ऐडीलाई सोधपुछ भइरहेको बताउँदै कुनै खाले जाहेरी नआएको बताए ।

'अहिलेसम्म मुद्दा दर्ता भएको छैन,' चन्दले भन्नुभयो, 'घटनाबारे सोधपुछकै लागि हामीले महिलालाई पनि नियन्त्रणमा लिएका छौं ।'

असोज २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस