इन्जिनीयरहरूले बनाए कपालभन्दा २० गुणा मसिनो क्यामराको लेन्स

असोज २३, २०७६

काठमाडौं – एप्पलको पछिल्लो उच्च प्रविधियुक्त आईफोन ११ का विषयमा प्रमुख गुनासो भनेको त्यसको ट्रिपल क्यामरा सिस्टमको बाक्लो लेन्स हो । 

इन्जिनीयरहरूले अहिले उपलब्धभन्दा हजारगुणा पातलो लेन्स डिजाइन गरेको दाबी गरेका छन् । त्यसले चिटिक्क परेको शीशाका पछाडि देखिएका नराम्रा फोकाफोकीलाई हटाउन मद्दत गर्नेछ । 


ADVERTISEMENT

अरू लेन्सहरू बांगिएका हुन्छन् भने अहिले बनाइएको लेन्स चेप्टो छ र यसले प्रकाशलाई सीधै क्यामराको सेन्सरतर्फ बंग्याउँछ । पुरानो लेन्सले कुनै वस्तुको प्रकाश समातेर सेन्सरमा पुग्नुअघि त्यसलाई बंग्याउँछ । 

 

यसले गर्दा फोकाफोकी नभएको स्मार्टफोनबनाउन मिल्छ अनि यसले हीट सिग्नेचरका लागि थर्मल इमेजिङको क्षमता पनि दिन्छ । 

 

अमेरिकाको युटाह विश्वविद्यालयका इन्जिनीयरहरूले यो लेन्स विकसित गरेका हुन् र यसलाई स्मार्टफोनको क्यामरा बम्पलाई चेप्ट्याउन सकिने उनीहरूले विश्वास गरेका छन् । यसले ड्रोन र नाइटभिजन क्यामरालाई पनि सुधार गर्ने उनीहरूको भनाइ छ । 

इलेक्ट्रिकल यान्ड कम्प्युटर इन्जिनीयरिङका विद्यार्थी मोन्जुरुल मीमले भने, ‘हामीले बनाएको लेन्स सयौं गुणा हलुका र हजारौं गुणा पातलो छ तर यसको कार्यक्षमता परम्परागत लेन्सकै जस्तो छ ।’

एजेन्सी

असोज २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस