ट्रम्पले गरेका अश्लील हर्कतहरूको बयान गर्ने पुस्तक प्रकाशित

असोज २३, २०७६

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २००० तिर एक विवाहिता महिलाको गुप्तांग समातेको आरोप लागेको छ । उनले त्यो हर्कत गर्दा उनकी तत्कालीन प्रेमिका र अहिलेकी पत्नी मेलानिया माथ्लो तल्लामा थिइन् । 

ब्यारी लिभाइन र मोनिक एल–फैजीको पुस्तक ‘अल द प्रेसिडेन्ट्स विमेन : डोनल्ड ट्रम्प यान्ड द मेकिङ अफ ए प्रिडेटर’ मा करेन जोनसनले आफू ट्रम्पको अश्लील हर्कतको शिकार बनेको बताएकी छन् । 


ADVERTISEMENT

जोनसनले फ्लोरिडाको पाम बीचमा ट्रम्पको क्लबमा भएको पार्टीमा ट्रम्पले समातेको बताएकी छन् । उक्त पार्टीमा उनी आफ्ना पति र नातेदारका साथ गएकी थिइन् । 

आफू त्यतिखेर लगभग ४० वर्षकी भएको उनको भनाइ छ । 

उनले भनिन्, ‘जब ट्रम्पले महिलाको गुप्तांग समात भन्छन्, मलाई निकै पीडा अनुभव हुन्छ किनकि उनले मलाई त्यसैगरी समातेका थिए ।’

ट्रम्पलाई दुई दर्जनभन्दा बढी महिलाले दुर्व्यवहारको आरोप लगाएका छन् । 

किताबमा ट्रम्पविरुद्ध ४३ वटा थप आरोप छ । तीमध्ये २६ घटनामा ट्रम्पले जबर्जस्ती यौन सम्पर्क गर्ने प्रयास गरेको आरोप छ । 

पुस्तक अक्टोबर २२ मा सार्वजनिक गरिनेछ । 

जोनसनले पुस्तकका लेखकहरूलाई आफू पाम बीचमा रहेको समुद्री किनारको क्लबमा प्रायः जाने गरेको किनकि त्यो घरनजिक रहेको बताइन् । तर भविष्यका राष्ट्रपति ट्रम्पलाई उनले विवाहको प्रीतिभोजमा मात्र भेटेको उनले बताइन् । 

त्यसपछि नयाँ वर्षको पार्टीमा जोनसन कालो भर्साचे वस्त्रमा नाचिरहेकी थिइन् अनि मध्यरातको एकछिनपछि उनका पतिले गाह्रो भएको बताए अनि नातेदार पनि घर जान खोजे । 

त्यसपछि घर जानुअघि शौचालय जान लाग्दा ट्रम्पले आफूलाई समातेको जोनसन बताउँछिन् । त्यस घटनाले आफूलाई निकै आघात पुगेको उनको भनाइ छ । 

एजेन्सी

असोज २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस