चिनियाँ राष्ट्रपतिको भ्रमणमा हुन्छ कि हुन्न बिदा ? सरकारका प्रवक्ताले दिए यस्तो जवाफ

असोज २३, २०७६

काठमाडौं – सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले चिनियाँ राष्ट्रपति शी चिनफिङको आसन्न नेपाल भ्रमणका क्रममा सार्वजनिक बिदा दिने कि नदिने भन्ने विषय टुंगो लाग्न बाँकी रहेको बताएका छन् ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न बिहीवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले आइतवार बिदा दिने किन नदिने भन्ने विषय टुंगो लाग्न बाँकी रहेको बताएका हुन् ।


ADVERTISEMENT

चिनियाँ राष्ट्रपति शी शनिवार नेपाल आएर आइतवार चीन फर्किने कार्यक्रम छ । यसअघि भारतबाट उच्चस्तरीय भ्रमण हुँदा सार्वजनिक बिदा दिइएको थियो ।

शीको दुईदिने भ्रमणमा पहिलो दिन शनिवार नै परेको छ, दोस्रो दिन आइतवार बिदा हुन्छ कि हुँदैन भनेर पत्रकारले राखेको जिज्ञासामा मन्त्री बाँस्कोटाले भने– 'नागरिक तहबाट पति तीव्र प्रतिक्षा गरिएको छ, सफल होस् भनेर कामना गरिएको छ । यो देशको इज्जतको विषय पनि हो । विशिष्ट पाहुना आउँदा सबैलाई सम्मान गर्ने गरेका छौं । बिदा दिनैपर्ने या नपर्ने त्यो अवस्थामा टुंगो लाग्ला ।'

असोज २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस