सिमकोटमा जीप दुर्घटना, सात जना घाइते

असोज २३, २०७६

सिमकोट –हुम्ला सदरमुकाम सिमकोटबाट खार्पुतर्फ जाँदै गरेको बोलेरो जीप आज दुर्घटना हुँदा सात जना घाइते भएका छन् । 

लु२च २२६७ नं को जीप दुर्घटना हुँदा कमला टमटा, बेलु हदेली जेठरा, रिभा जेठरा, अशकला जेठरा, दीपक टमटा, हौसेली रोकाया र शैलेश रोकाया घाइते भएका हुन् । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए। 


ADVERTISEMENT

जीपमा कति जना यात्रु सवार थिए भन्नेबारे  जानकारी प्राप्त नभएको घर्तीमगरले बताए।  
 

असोज २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस