×

NMB BANK
NIC ASIA

यी हुन् हिन्दु धर्मका प्रमुख विशेषता

असोज २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — हिन्दु धर्मको मूल रूप सनातन धर्म वा वैदिक धर्म हो । वैदिक कालमा भारतवर्षको धर्म सनातन भनी उल्लेख गरिएको पाइन्छ । सनातनको अर्थ हुन्छ शाश्वत वा सधैं कायम हुने । जसको न आदि छ, न अन्त त्यसलाई सनातन भनिन्छ ।

Sagarmatha Cement
Muktinath Bank

हिन्दु धर्म कति वर्षअघिदेखि प्रचलित थियो भन्ने प्रश्न गर्नु नै बेकार हो किनकि सभ्यताको शुरूवातदेखि नै यो अभ्यासमा थियो । सिन्धु सभ्यतामा हिन्दु धर्मका धेरै चिह्न भेटिन्थे । अज्ञात मातृदेवीका मूर्तिहरू, शिव पशुपति जस्ता देवताका मुद्राहरू, लिंग, पीपलपूजा लगायतका कुरा त्यतिखेर हुने गर्थे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्राचीनकालमा भारतीय सनातन धर्ममा गाणपत्य, शैव, वैष्णव, शाक्त र सौर गरी पाँच सम्प्रदाय विद्यमान थिए । तर मान्यता चाहिँ के थियो भने यी सबै एउटै सत्यका व्याख्या हुन् (एकं सद् विप्राः बहुधा वदन्ति) । प्राचीनतम ग्रन्थ वेददेखि लिएर रामायण र महाभारतजस्ता लोकप्रिय धर्मग्रन्थमा समेत यही कुरा बताइएको छ ।


Advertisment
Nabil box
Kumari

सनातन धर्मका ग्रन्थहरू देववाणी संस्कृतमा रचिएका हुन् । संस्कृतको ह्रास भएसँगै सनातन धर्ममा आक्रमण हुँदै गयो तर अहिले आएर यो धर्म झन् बलियो हुँदै गइरहेको छ ।

Vianet communication
Laxmi Bank

हिन्दु धर्ममा कुनै एक सिद्धान्तको निरंकुशता छैन । धर्मभन्दा पनि महत्वपूर्ण त जीवन जिउने मार्ग हो यो । हिन्दुहरूको कुनै केन्द्रीय सत्ता वा धर्मगुरु छैन जसको आदेश मान्नैपरोस् । यहाँ त अनेकौं मत र सम्प्रदाय छन् र सबैलाई उत्तिकै श्रद्धा गरिन्छ ।

गोषु भक्तिर्भवेद्यस्य प्रणवे च दृढा मतिः ।
पुनर्जन्मनि विश्वासः स वै हिन्दुरिति स्मृतः ।।
अर्थात्, गोमातामा जसको भक्ति छ, प्रणव (ओंकार) जसको पूज्य मन्त्र हो, पुनर्जन्ममा जो विश्वास गर्छ, ऊ नै हिन्दु हो ।

हिन्दु शब्द मूलतः फारसी हो । भारतवर्षका प्राचीन ग्रन्थहरू वेद र पुराणमा वर्णित भारतवर्षको सीमाभित्र बस्ने मानिस हिन्दु हुन् । वेदप्रतिपादित रीतिबाट हिन्दु धर्ममा विश्वास गर्ने मानिस नै हिन्दु हो ।
हिन्दु धर्मका प्रमुख विशेषता यी हुन् :

ईश्वर एक, नाम अनेक ।
 ब्रह्म वा परमतत्व सर्वव्यापी छ ।
ईश्वरसँग डराउने हैन, प्रेम र प्रेरणा लिने हो ।
हिन्दुत्वको लक्ष्य हो स्वर्ग र नरकभन्दा माथि जाने ।
हिन्दुहरूमा कुनै एक धर्मदूत छैन ।
परोपकार पुण्य हो, अरूलाई कष्ट दिनु पाप हो ।
जीवको सेवा परमात्माको सेवा हो ।
स्त्री आदरणीय हुन्छन् ।
सतीको अर्थ पतिप्रति सत्यनिष्ठा, त्यस्तै एकपत्नीव्रत नै हिन्दु धर्मको सही पालन हो ।
पर्यावरणको रक्षालाई हिन्दु धर्मले उच्च प्राथमिकता दिएको छ ।
विश्वदृष्टि समतावादी र समन्वयवादी छ ।
आत्मा अजर अमर छ ।
पर्वहरू खुशीसँग जोडिएका छन् ।
हिन्दुत्वको लक्ष्य पुरुषार्थ हो र मध्यमार्ग सर्वोत्तम मार्ग हो ।
हिन्दुत्व एकत्वको दर्शन हो ।
गायत्री मन्त्र सर्वोच्च मानिन्छ : ॐ भूर्भुव स्वः तत् सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ॥

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x