अमिताभ बच्चनको संघर्षमयी जीवन, जुन तपाईंलाई थाहा नहुन सक्छ

फाइल तस्वीर
असोज २४, २०७६

काठमाडौं –अमिताभ बच्चन... आज यो नाम नै काफी छ । बलिउडका महानायक अमिताभ बच्चन अहिले सर्वाधिक रूचाइनेमध्येका एक हुन् ।

उनलाई नहेर्ने र नसुन्ने सायद कमै होलान् । उनको शुक्रवार जन्मदिन हो । 


ADVERTISEMENT

अमिताभ बच्चनको जीवनको संघर्षबारे धेरैलाई थाहा नहुन सक्छ । उनले आफ्नो जीवनको शुरूआतमा निकै नै गम्भिर चुनौतीहरूको सामना गर्नुपरेको थियो ।

एजेन्सीका अनुसार अमिताभले चर्चित लेखक हरिवंश राय बच्चन भएको भए उनले आर्थिक समस्या भोग्नु पदैन थियो । यद्यपी उनले आम नागरिकले जस्तै आफ्नो करियरको शुरूवात गरेका हुन् । 

अमिताभ चलचित्रमा आउनुपूर्व नोकरी गर्दथे । उनी आफैंले कौन बनेगा करोडपतिमा आफूले चलचित्रमा आउनुपूर्व कोलकतामा नोकरी गर्ने गरेको बताएका थिए । त्यो नोकरी उनको पहिलो नोकरी रहेको थियो ।

जसबाट उनले ५०० भारतीय रुपैयाँ पारिश्रमिक पाउँथे । उनले एक कन्टेस्टेन्टसँग कुरा गर्दै आफूले पहिले कोलकतामा म्यानेजिङ एजेन्सी होम नमको फर्ममा एक्जीक्यूटिभको पदमा काम गरेको बताएका थिए । उनले आफूले ७÷८ वर्ष नोकरी गरेर मात्रै चलचित्रमा प्रवेश गरेको बताएका छन् । 

उनले सन् १९६९ मा चलचित्र सात हिन्दुस्तानीबाट डेब्यू गरेका थिए । त्यतिखेर सो चलचित्रले उनलाई ५ हजार भारतीय रुपैयाँ दिएको थियो । एजेन्सी
 

असोज २४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार