न्युयोर्कमा गोलीकाण्ड, ४ जनाको मृत्यु

असोज २६, २०७६

काठमाडौं – अमेरिकाको न्युयोर्कस्थित ब्रूकलीनमा शनिवार भएको गोलीकाण्डमा चारजना मारिएको र तीनजना घाइते भएका छन् ।

अहिले यस मुद्दामा कसैलाई पनि पक्राउ गरिएको छैन । प्रहरीले यसमा अनुसन्धान शुरू गरिसकेको छ । 


ADVERTISEMENT

घटना ७४ युटिका एभेन्युमा भएको प्रहरीको भनाइ छ । 

घटना स्थानीय समयअनुसार शनिवार बिहान ७ बजे भएको हो । 

घटनामा एक महिला र दुई पुरुष घाइते भएका छन् । प्रहरीका अनुसार, उनीहरूलाई सामान्य चोटपटक लागेको छ । 

अमेरिकामा नियमित गोलीकाण्ड हुने गरेका छन् ।

एजेन्सी
 

असोज २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस