×

NMB BANK
NIC ASIA

काठमाडौँ - रौतहटको क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद अफताव आलमलाई प्रहरीले रौतहटबाट पक्राउ गरेको छ । उनीमाथि २०६४ चैत २७ गते राति संविधानसभा निर्वाचनलाई लक्षित गरेर बम विष्फोट गराएको र घाइतेलाई जलाएर मारेको आरोप लागेको छ ।

Sagarmatha Cement
Muktinath Bank

२०६४ चैत्र २८ गते सम्पन्न भएको पहिलो संविधानसभाको निर्वाचन बिथोल्न आलमले २० जना भारतीय र ३ जना नेपालीलाई बम बनाउने तालिम दिएको जाहेरीवालाले आरोप लगाएका थिए । बम बनाउँदै गर्दा चैत २७ गते राति विष्फोट भयो र बम बनाउँदै गरेका मानिसहरू घाइते भए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसपछि घाइतेहरूलाई आफ्नै स्वामित्वको इँटाभट्टामा लगेर जलाएर मारेको आरोप जाहेरीवालाको तर्फबाट आलमलाई लागेको छ ।


Advertisment
Nabil box
Kumari

मृतकका आफन्तको पक्षबाट मुद्दा लडिरहेका अधिवक्ता पुष्पराज पौडेलले आलमले जिउँदा मान्छेहरूलाई जलाएर मारेको आरोप लगाए ।

Vianet communication
Laxmi Bank

पौडेलका अनुसार घाइते भएका २३ जना मध्ये १ जना आफन्त परेकाले उपचारका लागि आलमले भारत पठाएका थिए भने २२ जनालाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेका थिए । हत्या गरिएका मध्ये एकजनाकी आमा रुक्सना खातुनले प्रहरीमा जाहेरी दिन खोजिन् तर प्रहरीले जाहेरी लिएन ।

खातुनले नेपाल बार एसोसियसनको सहयोगमा पुनः जाहेरी दिइन् । 'दोस्रोपटक प्रहरीले जाहेरी त लियो तर सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गर्यो,' पौडेलले भने, 'सरकारी वकिलको कार्यालयले गरेको निर्णयलाई महान्यायाधिवक्ता कार्यालय पनि सदर गर्यो । पीडितले न्याय पाउने सम्भावना देखिएन ।'

अधिवक्ता पौडेलले त्यसपछि आफूहरू सर्वोच्चबाट उत्प्रेषण परमादेश जारी गराउन सर्वोच्च पुगेको स्मरण गरे । २०६९ जेठ १६ गते सर्वोच्चले मुद्दा नचलाउने निर्णय बदर गर्ने आदेश दियो । पुनः मुद्दा चलाएर छानबिन गर्ने अदालतको आदेश आइसकेपछि पनि ३ वर्षसम्म मुद्दा चलेन ।

यो बीचमा जाहेरीवाला रुक्सना खातुनको हत्या भयो । उनलाई गोली हानेर मारियो । उनको हत्या भएपछि अर्को जाहेरीवाला डराएको अधिवक्ता पौडेलको भनाइ छ ।

त्यसपछि पौडेलले अदालतको अवहेलना भएको भन्दै मुद्दा हाले । 'अदालतले मुद्दा चलाउनु भन्दै दिएको आदेश पालना नभएपछि अवहेलनाको मुद्दा हाल्नुपर्यो,' अधिवक्ता पौडेल भन्छन्, 'अस्ति असार २८ गते अदालतले मुद्दा चलाउन दिएको आदेशपछि आलम पक्राउ परेका हुन् ।'

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x