×

NMB BANK
NIC ASIA

काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति शी चिनफिङले सोल्टी होटेलमा आयोजित रात्रिभोजलाई सम्बोधन गर्दै संयुक्त प्रयासद्वारा द्विपक्षीय सम्बन्धको नयाँ भविष्य निर्माण गर्नुपर्ने प्रतिबद्धता व्यक्त गरे ।

Sagarmatha Cement
Muktinath Bank

करीब १५ मिनेट सम्बोधन गरेका राष्ट्रपति शीले नेपाल-चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन चीनले भरपुर मेहेनत गर्ने बताउँदै गर्दा उपस्थित सबैले ताली बजाएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीनका तर्फबाट २३ वर्षपछि भएको राष्ट्रपतिको नेपाल भ्रमण बहुप्रतिक्षित थियो । राष्ट्रपति शीको भ्रमणलाई नेताले मात्र नभएर आमजनताले पनि हार्दिकताका साथ लिए । चीनसँगको बलियो सम्बन्धले भारतसँगको परनिर्भरता अन्त्य हुने आशा आमनेपालीको छ । 


Advertisment
Nabil box
Kumari

राष्ट्रपति शीले सम्बोधनका क्रममा अत्यन्तै क्लिष्ट र शालीन भाषाको प्रयोग गरे । उनले नेपाल र चीनको बीचमा कुनै समस्या नभएको, मात्र मित्रता रहेको बताइरहँदा हलमा लामो समयसम्म ताली बज्यो । राष्ट्रपति शीको सम्बोधनले केही विषयमा नेपालीको धारणा परिवर्तन गरिदिएको छ । 

Vianet communication
Laxmi Bank

द्विपक्षीय मित्रतामा शंका गर्नुपर्दैन 

राष्ट्रपतिले सम्बोधनका क्रममा नेपाल र चीनबीच समस्या नभएको र मित्रता मात्र रहेको भन्दै सम्बोधन गर्नुले नेपालीको चीनप्रतिको विश्वासलाई एक कदम अघि बढाएको छ । 

चीन नेपालको अप्ठ्यारोको साथी हो भन्ने पुरानो भनाइ यहाँनेर बदलिएको देखिन्छ । 

चीनले नेपाललाई अप्ठ्यारोमा मात्र होइन, अन्य समयमा पनि आफ्नो निकटको मित्र मान्ने गरेको छ भन्ने कुरा राष्ट्रपति शीको सम्बोधनले नै पुष्टि गरेको छ । यद्यपि नेपालका नेतृत्वकर्ताले चीनसँगको सम्बन्धलाई गहिरो गरी बुझेको पाइँदैन । 

भूपरिवेष्ठित देशलाई भू-जडित बनाउन सहयोग गर्ने 

नेपालको भारतसँग आदानप्रदान हुने उच्चस्तरीय भ्रमणमा पनि यही विषय बारम्बार उठिरहेको देखिन्छ । भारतीय प्रधानमन्त्री मोदीले पनि नेपाललाई 'ल्याण्डलक्ड' नभएर 'ल्याण्डलिंक्ड' देश बनाउन भारतको सहयोग रहने भनेर बारम्बार प्रतिबद्धता व्यक्त गर्ने गरेका छन् । 

चिनियाँ राष्ट्रपतिले पनि सोही भाषा प्रयोग गरेर नेपालको स्थायी विकासमा चीनले सहयोग गर्ने प्रतिबद्धता पहिलोपटक व्यक्त गरे । 

नेपाललाई भू-जडित देश बनाउन राष्ट्रपति शीले केही आश्वासन दिएका छन् ।

उनले सम्बोधनका क्रममा भने, 'हामीले चीन-नेपाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन शुरू गर्नेछौं । अरनिको राजमार्गको सञ्चालनलाई सुनिश्चित बनाई त्यसलाई विभिन्न चरणमा स्तरोन्नति गर्नेछौं । केरुङदेखि काठमाडौंसम्मको सुरुङ मार्गको परियोजनालाई अगाडि बढाउन हामी सक्रिय हुनेछौं । बढीभन्दा बढी नाका खोली हिमालय वारपार बहुआयामिक कनेक्टिभीटी सञ्जालको निर्माण गर्नेछौं र, नेपालको भूपरिवेष्ठित देशबाट भू–जडित देश बन्ने सपना साकार तुल्याउन मद्दत गर्नेछौं ।'

चीनलाई व्यापारी देशका रूपमा मात्र देख्ने जमात नेपालमा ठूलो छ । श्रीलंका, माल्दिभ्स, पाकिस्तान लगायतका केही देशको उदाहरण दिएर नेपाललाई ऋणजालमा फसाउने चिनियाँ षड्यन्त्र रहेको शंका गर्ने बुद्धिजीवी नेपालमा प्रशस्त छन् । शीको सम्बोधनले यस्ता कतिपय विषयमा प्रष्ट पार्न खोजेको जस्तो देखिन्छ ।

समृद्धिका लागि नेपालको बल, चीनको सहयोग मात्र 

सम्बोधनका क्रममा शीले भने, 'म प्रायः भन्ने गर्दछु, हामीले बनाएका योजनाहरूलाई पूरा गरेरै छोडौं । हामीले चीनमा पनि यस्तै गरेका छौं । भर्खर हामीले जनवादी गणतन्त्र चीनको स्थापना भएको ७० वर्ष बनाएका छौं ।' 

यसको अर्थ नेपालले विकासका लागि बनाएका योजना नेपालले नै पूरा गर्न लागिपर्नुपर्छ भन्ने हो । चीनमा पनि आफूले बनाएका योजना पूरा गरेर छाड्ने गरेको शीले सुनाए । तर नेपालमा शुरू गरिएका कतिपय योजना पूरा भएका छैनन् । 

शीले आफ्नो द्विशतवार्षिकीको लक्ष्यका बारेमा बोल्दै भने, 'हाम्रो उद्देश्य छ, दुई शतवाषिर्कीका दुई लक्ष्य, यसको पहिलो लक्ष्य हामी आगामी वर्षमा साकार तुल्याउने छौं । दोस्रो लक्ष चाहिँ ३० वर्षपछि पूरा गर्नेछौं । तर, हाम्रो काम गर्ने मार्ग स्पष्ट छ, त्यसलाई कार्यान्वयन गर्नुपर्छ ।'

नेपालको समृद्धिका लागि नेपालले नै जोडबल गर्नुपर्ने र त्यसमा चीनले सहयोग गर्ने सन्देश राष्ट्रपति शीले दिएका छन् । 

जनताबीच समझदारी बढ्ने 

राष्ट्रपति शीले जनस्तरमा पनि आफूले सम्बन्ध बढाउन चाहेको सन्देश दिएका छन् ।

'भूकम्पपश्चातको पुनर्निर्माण परियोजनालाई हामीले सक्रियताका साथ अगाडि बढाउँदैछौं,' सम्बोधनका क्रममा शीले भने, 'सन् २०२० नेपाल भ्रमण वर्षको अवधिमा हामी बढीभन्दा बढी चिनियाँ पर्यटकलाई नेपाल आउन उत्प्रेरित गर्नेछौं । हामी शिक्षा तथा सांस्कृतिक क्षेत्रका कार्यमा लगानी बढाएर जनताबीचको समझदारी बढाउनेछौं ।'

दुई देशका बढीभन्दा बढी शहरहरूलाई भगिनी शहरका रूपमा प्रस्ताव गर्न आफूले उत्प्रेरित गरेको शीले बताए । जसबाट दुई देशबीचको मित्रताको बिज अंकुरण होओस् भन्ने आफ्नो विश्वास रहेको शीले दाबी गरे । 

पूर्वाधार निर्माणका लागि चीनको अविभावकत्व

राष्ट्रपति शीले कनेक्टिभिटी र पूर्वाधार निर्माणमा चीनको साथ रहने बताए । तर यसका लागि अघि बढ्ने काम भने नेपालकै पक्षबाट हुनुपर्ने उनको सन्देश थियो । शीले नेपाललाई चीनले जस्तै लक्ष्य लिएर अघि बढ्नुपर्ने र त्यसलाई पूरा गर्नुपर्ने सन्देश दिए । 

यसबाट प्रष्ट हुन्छ, चीनले पूर्वाधार निर्माणको अविभावकत्व लिन तयार छ तर नेपाली पक्षले दह्रो गरी सम्झौता कार्यान्वयनमा र योजना पूरा गर्नुपर्नेमा जोड दिनुपर्नेछ । संयुक्त राष्ट्रसंघको स्थायी सुरक्षा परिषद्को सदस्य र विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनले यस्ता कतिपय विषयमा नेपाललाई आश्वस्त पार्न खोज्नुको धेरै हिसाबले अर्थ लगाउन मिल्छ ।

शीको नेकपालाई सन्देश 

शनिवार अपराह्न नेपाल आएका शी आइतवार अपराह्न चीन फर्के । आइतवार बिहान नेपाल र चीनबीच २० वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । आइतवारै शीले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेतासँग सामूहिक भेट पनि गरे । 

चीन प्रस्थान गर्नुभन्दा अघि नेकपाका सचिवालय सदस्यसँग भएको सामूहिक भेटमा द्विपक्षीय सम्बन्धलाई कसरी उचाइमा पुर्‍याउने भन्ने विषयमा छलफल भएको भेटमा उपस्थित नेताले बताएका छन् । 

भेटका क्रममा उठेका विषयमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, 'शासन सञ्चालन गर्न कम्युनिस्ट पार्टीले पहिले आफूभित्र नै स्वच्छता र सुशासनमा ध्यान दिनुपर्ने आफ्नो अनुभव रहेको कुरा शीले सुनाउनुभयो ।' 

शीले आफूलाई चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)ले चीनमा शासन गर्न सक्नुको प्रमुख आधार एकैचोटि सत्ता कब्जा गर्नु नभएर निरन्तर जनसेवा गरेर जनताको समर्थन पाउनु भएको सन्देश दिएको श्रेष्ठले बताए । 

सामूहिक भेटमा सहभागी नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाल-चीनबीचको सम्बन्ध राम्रो बनाउने प्रतिबद्धता चिनियाँ तर्फबाट आएको बताए । 

लोकान्तरसँग कुरा गर्दै खनालले भने, 'हामीले स्वागत गर्‍यौं, उहाँले धन्यवाद भन्नुभयो । नेपाल र चीनबीचको सम्बन्ध राम्रो बनाउन उताबाट प्रतिबद्धता आएको छ ।' 

खनालले हिमालय वारपार विकास गर्न आफू प्रतिबद्ध रहेको भन्दै राष्ट्रपति शीले आफूलाई आश्वासन दिएको बताए । 

'समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा लिएर अघि बढिरहेको नेपाललाई हरेक क्षेत्रमा सहयोग गर्न चीन तयार रहेको उहाँले बताउनुभयो,' खनालले भने, 'कनेक्टिभिटीका सम्पूर्ण काममा सहयोग गर्छौं भन्नुभएको छ । २०२० को नेपाल पर्यटन भ्रमण वर्षमा चीनबाट बढी भन्दा बढी पर्यटक पठाउन पनि सहयोग गर्छौं भन्नुभएको छ ।' 

चीनले गर्ने सहयोगको व्यवस्थापन गर्ने क्षमता खै ?

चीनले नेपाललाई दिने भनेको सहयोगको व्यवस्थापनको पाटो निकै खराब रहेको राजनीतिक विश्लेषक हरि रोकाको जिकिर छ । 

'नेपाल चीनका लागि दक्षिणको सानो छिमेकी देश भएपनि भू-राजनीतिक हिसाबले महत्त्वपूर्ण स्थानमा रहेको चीनले स्वीकारेको छ,' रोकाले भने, 'यही परिस्थितिलाई मध्यनजर गरेर चीनले विकास निर्माणका कतिपय कुरामा नेपालसँग साझेदारी गरेको इतिहास छ । तर चीनले नेपाललाई अघि बढाउन गरेको सहयोगको व्यवस्थापनको पाटो निकै खराब छ ।' 

चीनले हालसम्म सहयोग, अनुदान र ऋणमा बनाइदिएका परियोजना नेपालले चलाउन नसकेर कौडीको भाउमा बेच्नुपरेको इतिहास स्मरण गर्दै रोकाले प्रश्न गरे, 'चीनले रेल बनाइदियो र हामीले चलाउन नसकेर अर्कैलाई दिनुपर्ने स्थिति आयो भने के गर्ने ?'

पहिला आन्तरिक रूपमा सशक्त हुनुपर्ने र बल्ल बाह्य सहयोगको अपेक्षा गर्नुपर्ने रोकाको तर्क छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x