×

NMB BANK
NIC ASIA

रक्सी जति पिएपनि स्वास्थ्यलाई हानिकारक

असोज २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — स्वास्थ्यका लागि रक्सीको कुनै सुरक्षित मात्रा  हुने कुरालाई वैज्ञानिकहरूले खारेज गरेका छन् । मानिसहरूले ‘म त कहिलेकाहीँ पिउने हो, केही हुँदैन’ भने पनि अध्ययनले देखाएअनुसार रक्सीको एक पेग पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ । 

Muktinath Bank

कुन १९५ देशमा रक्सी सेवनका बारेमा गरिएको उक्त अध्ययनले वर्षमा २८ लाख मानिसको मृत्यु रक्सी सेवनका कारण हुने देखाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वाशिङटन सिएटलस्थित इन्स्टिच्युट फर हेल्थ म्याट्रिक्स एन्ड इभोल्युसनका अनुसन्धानकर्ता म्याक्स ग्रिसवोल्डले भने, ‘रक्सीको कुनै सुरक्षित मात्रा छैन ।’


Advertisment
Nabil box
Kumari

सीमित मात्रामा रक्सी पिउँदा स्वास्थ्यलाई लाभ हुन्छ भन्ने अध्ययनहरूलाई यसले पूरै खारेज गरिदिएको छ । 

Vianet communication
Laxmi Bank

मेडिकल जर्नल द ल्यान्सेटमा प्रकाशित अध्ययनको परिणाम बताउँदै ग्रिसवोल्डले भने, ‘रक्सी सेवनसँग जोडिएको स्वास्थ्य समस्या रक्सी पिएकै अनुपातमा बढ्दै जान्छ ।’

अध्ययनअनुसार, दिनमा दुई पेग रक्सी पिउने मानिसमा रोगको खतरा ७ प्रतिशतसम्म बढ्छ । अनि दिनमा पाँच पेग रित्याउनेहरूलाई गम्भीर रोगको जोखिम ३७ प्रतिशतसम्म बढ्छ । 

सन् २०१६ मा भएका असामयिक मृत्यु तथा अन्य रोगका कारण हुने मृत्युको एक कारण रक्सी सेवन पनि थियो । अध्ययनले के पायो भने रक्सीका कारण हरेक वर्ष २ प्रतिशत महिला र ६.८ प्रतिशत पुरुषको मृत्यु हुने गरेको छ । 

त्यसो त मृत्युका लागि अनेकौं कारण हुन सक्छन् जसमा उच्च रक्तचाप, धूम्रपान, जन्मिँदा कम तौल, समयअगावै जन्म, मोटोपन, उच्च चिनीको मात्रा र प्रदूषण पनि पर्छन् ।

तर रक्सी पिएर हुने मृत्युको संख्या सर्वोपरि छ । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x