गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु

असोज २७, २०७६

भरतपुर –चितवनमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

आज (आइतवार) बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ मा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको हो ।


ADVERTISEMENT

ठक्कर दिने गाडी फरार रहेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । 

ठक्करबाट घाइते अन्दाजी ३०/३२ वर्षीय पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको पहिचान खुलेको छैन । 
 

असोज २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस