माघ २५, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
काठमाडौं – दैनिक जीवनमा हामीले प्लास्टिकबाट बनेका विभिन्न सामान प्रयोग गरिरहेका हुन्छौँ, खासगरी प्लास्टिकका झोला ।
असन्तृप्त हाइड्रोकार्बन इथिनलाई रासायनिक प्रतिक्रियामा रूपान्तरण गरी कृत्रिम तरिकाले बनाइने हुनाले रासायनिक भाषामा यसलाई ‘पोलिइथिलिन’ भनिन्छ, यो पर्यावरणका लागि निकै हानिकारक हुन्छ ।
नेपालमा स्वास्थ्य मन्त्रालयअन्तर्गतको वातावरण विभागले ०७२ देखि नै प्लास्टिक झोलामाथि प्रतिबन्ध लगाएको छ, तर अझै पनि यसको प्रयोग रोकिएको छैन । प्लास्टिक झोला प्रयोग गरिएमा वातावरण संरक्षण ऐन २०५३ र फोहरमैला व्यवस्थापन ऐन २०६८ मा भएको व्यवस्थाअनुसार कारबाही हुने व्यवस्था छ । तर, यो व्यवस्था अहिलेसम्म लागू भइसकेको छैन ।
संकलित फोहरबाट हाल झन्डै ७० प्रतिशतभन्दा बढी प्लास्टिकजन्य वस्तु निस्किने गरेको छ । प्लास्टिक झोला, खासगरी एकचोटि मात्रै प्रयोग गरिने र निकै पातलो हुने भएकाले पुनः प्रयोग गर्न गाह्रो हुन्छ ।
फोहोर
हिजोआज फोहरको मुख्य स्रोत प्लास्टिक झोला बनिरहेको छ । बाटोमा जथाभावी यस्ता झोला फाल्दा प्रदूषण निम्तिन्छ । यो नकुहिने भएकाले फोहर व्यवस्थापन गर्न पनि चुनौती छ । खोलानालामा प्लास्टिक बगाइने गरिन्छ, जुन बिस्तारै समुद्रमा पुग्ने गरेको छ । विश्वका कतिपय देशमा प्लास्टिककै कारण बाढी आउने, पानी जम्मा हुने आदि समस्या देखिन्छन् ।
प्लास्टिक पूर्ण रूपमा कुहिएर नष्ट हुनका लागि चार सय वर्ष लाग्ने गर्छ । त्यतिवेलासम्म टुक्रिएर जमिन वा पानीमा रहने गर्छ । बर्सेनि लाखाैँ जीवजन्तु प्लास्टिकमा अल्झिएर वा यसलाई खाएर मर्ने गर्छन् ।
उर्वराशक्तिमा कमी
लामो समयपछि प्लास्टिक टुक्रिन्छ, तर पूर्ण रूपमा निर्मूल हुँदैन । जसकारण उर्वर शक्ति नाश भइरहेको हुन्छ । माटोमा विभिन्न रसायन मिसिने भएकाले उर्वरशीलतामा कमी आउने गरेको हो, यसरी माटोमा मिसिएका रसायनले त्यहाँ उत्पादन हुने खानेकुराको माध्यमबाट हाम्रो स्वास्थ्यमा प्रतिकूल प्रभाव पारिरहेको हुन्छ ।
वायु प्रदूषण
प्लास्टिक बाल्दा नाइट्रोजन अक्साइड, सल्फर अक्साइड, डायोक्जिन, बाफिलो प्रांगारिक रसायन, कार्बनडाइअक्साइड आदिजस्ता हानिकारक ग्यास उत्पादन हुन्छ । खासगरी पिबिसी नामक प्लास्टिकबाट उत्पन्न ग्यास मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
जल प्रदूषण
प्लास्टिक पूर्ण रूपमा कुहिएर नष्ट हुनका लागि चार सय वर्ष लाग्ने गर्छ । त्यतिवेलासम्म टुक्रिएर जमिन र पानीमा रहने गर्छ । बर्सेनि लाखौँ जीवजन्तु प्लास्टिक खाएर वा यसैमा अल्झिएर मर्ने गर्छन् ।
ढलमा समस्या र पानीमा अत्यधिक फोहर भएका कारण सबैभन्दा पहिले बंगलादेशमा प्लास्टिक प्रयोग र उत्पादनमा रोक लगाइएको थियो । समग्र खाद्यान्न चक्र र पर्यावरणमा असर गर्ने भएकाले हामीले प्लास्टिकको प्रयोग कम गर्न जरुरी छ । वातावरणविद् भूषण तुलाधरको यो लेख नयाँ पत्रिकामा छापिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...