×

NMB BANK
NIC ASIA

पाकिस्तानी प्रधानमन्त्री इमरान साउदी भ्रमणमा

असोज २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

इस्लामाबाद –इरानको भ्रमण सम्पन्न गरी पाकिस्तानी प्रधानमन्त्री इमरान खान मंगलबार साउदी अरेबिया जाने भएका छन् । अरब खाडी क्षेत्रमा उत्पन्न सङ्कटका बारेमा छलफल गर्न प्रधानमन्त्री खान इरान र साउदी अरेबियाको भ्रमणमा छन्।

Muktinath Bank

प्रधानमन्त्री खानले इरानी राष्ट्रपति हसन रौहानीसँग सोमबार राष्ट्रपति कार्यालयमा भेटवार्ता गरेका थिए । जियो न्यूजका अनुसार साउदी अरेबिया र इरानबीच उत्पन्न गतिरोधले क्षेत्रमै असर पार्न थालेको भन्दै प्रधानमन्त्री खानले सम्भावित मध्यस्थताका लागि दुबै देशको भ्रमण गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इरानी राष्ट्रपति रौहानीसँगको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री खानले इरान र साउदी अरेबियाबीच कुनै किसिमको द्वन्द्व नहोस् भन्ने पक्षमा पाकिस्तान रहेको बताउँदै द्वन्द्व समाधानका पक्षमा इरानी राष्ट्रपतिसँग रचनात्मक वार्ता भएकामा आफू निकै आशावादी रहेको बताए।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री खानले इरानी सर्वोच्च नेता आयातोल्लाह खामेनीसँग पनि भेटवार्ता गरेका थिए । प्रधानमन्त्री खानका साथ विदेशमन्त्री शाह महमूद कुरेसी र प्रधानमन्त्रीका सल्लाहकार सइद जुल्फिकार अब्बास बुखारी पनि रहेका छन् ।

Vianet communication
Laxmi Bank

स्थानीय सञ्चार माध्यमका अनुसार प्रधानमन्त्री खानले साउदी राजकुमार मोहम्मद बिन सल्मानसँग खाडी क्षेत्रमा उत्पन्न गतिरोधका बारेमा छलफल गरेका छन् । 

गत महिना राष्ट्रसंघको ७४औं महासभामा भाग लिन जानेक्रममा पनि प्रधानमन्त्री खानले साउदी अरेबियाको भ्रमण गरी राजकुमार सल्मानसँग भेटवार्ता गरेका थिए ।

साउदी अरेबियाका दुई वटा ठूला तेल प्रशोधन केन्द्रमा गत सेप्टेम्बर १४ मा ड्रोन आक्रमण भएपछि इरान र साउदी अरेबियाबीचको तनाब चुलिएको छ । उक्त आक्रमणको जिम्मेवारी यमनका हुथी विद्रोहीले लिए पनि अमेरिका र साउदी अरेबियाले ड्रोन हमला इरानबाट भएको दाबी गरिरहेका छन् ।

तर इरानले भने उक्त आक्रमण आफूले नगरेको भन्दै अमेरिका र साउदी अरेबियाको दाबीको खण्डन गरिरहेको छ । 

तेल प्रशोधन केन्द्रमा भएका आक्रमणहरुले विश्व बजारमा तेलको मूल्य वृद्धि भएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x