×

NMB BANK
NIC ASIA

प्रतिबन्धित जुस बजारमा खुलेआम बिक्री

असोज २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धम्बोझी – सरकारले प्रतिबन्ध लगाएका विभिन्न स्वादका शक्तिवर्द्धक जुस बजारमा खुलेआम बिक्री वितरण भइरहेको पाइएको छ । 

Muktinath Bank

बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित ‘सेन्थेटिक फ्लेवर र इनर्जी जुस’ले सर्वसाधारणको स्वास्थ्यमा नकारात्मक असर पारेको भन्दै सरकारले गत असारदेखि त्यसको बिक्री वितरणमा रोक लगाएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्ता विभिन्न ब्राण्डका जुस भियतनाम, बंगलादेश र थाइल्याण्डबाट आयात हुँदै आएका थिए । शक्तिवर्द्धक जुसले मुटु, मिर्गौलामा असर गर्ने विज्ञको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

सरकारले त्यसबारे मन्त्रिपरिषद्बाट निर्णय गरेर राजपत्रमा सूचना प्रकाशित गरे पनि प्रतिबन्धबारे सर्वसाधारणलाई जानकारी नै छैन ।

Vianet communication
Laxmi Bank

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख ज्योत्सना श्रेष्ठले विदेशबाट आयात हुने विभिन्न फ्लेवर र शक्तिवर्द्धक जुसमा पूर्ण प्रतिबन्ध लागेको बताए ।

रेडबुल, लिची, एप्पलस्लाइडर जस्तै थुप्रै प्रकारका शक्तिवर्द्धक जुस बजारमा पाइन्छन् ।

'सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गरी सरकारले प्रतिबन्ध लगाएको हुन सक्छ', उनले भने, 'त्यस्ता पेयपदार्थमा सर्वसाधारणको स्वास्थ्यका लागि आवश्यक पर्ने तत्व पाइँदैन ।'

खाद्य आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालयका अधिकृत एकराज बुढाथोकीले मौज्दात पेयपदार्थ बिक्री भइरहेको बताए । तेस्रो मुलुकबाट आयात भएकाले तस्करीको सम्भावना नरहेको उनको भनाइ छ । 

'व्यापारीसँग जानकारी माग्दा पुरानो स्टक बिक्री गरेको भन्छन् । भारतमा पनि त्यस्ता पेयपदार्थ उत्पादन नहुने भएकाले स्टककै हो भन्ने लाग्छ', उनले भने, 'दशैँ–तिहारसम्म स्टक सकिन्छ होला जस्तो छ । त्यसपछि बिक्री बन्द हुन्छ ।'

'निकासी पैठारी (नियन्त्रण ऐन) २०१३ को दफा ३ को उपदफा (१) बमोजिम नेपाल सरकार (मन्त्रिपरिषद्)को निर्णय अनुसार ०७६ असार २ गते नेपाल राजपत्रमा प्रकाशित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सूचना (खण्ड ६९, सङ्ख्या ११, नेपाल राजपत्र, भाग ४ को सूचना नं १ को प्रकरण ४) ले शक्तिवर्द्धक पेयपदार्थ र यस्तै प्रकारका पेयपदार्थको पैठारीमा पूर्ण बन्देज लगाएको हुँदा यस्ता पेयपदार्थ पैठारी (आयात) नहुने जानकारी गराइन्छ', सरकारले गरेको निर्णयमा उल्लेख छ ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल बैश्यले सरकारले शक्तिबद्र्धक पेयपदार्थमा रोक लगाएपछि अदालतले बिक्रीका लागि अनुमति दिएको बताए । उनका अनुसार सरकारले प्रतिबन्ध लगाइरहँदा धेरै व्यवसायीले विदेशबाट माल मगाइसकेका थिए ।

केही व्यवसायीले मगाएको पेयपदार्थ बन्दरगाहसम्म आइपुगेको नन्दलाल बैश्यले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x