×

NMB BANK
NIC ASIA

विमानस्थल तोडफोड गर्ने सांसद साहलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

असोज २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – जनकपुर विमानस्थल तोडफोडको आरोपमा पक्राउ परेका सांसद प्रमोदकुमार साहलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

Muktinath Bank

मंगलवार काठमाडौंबाट पक्राउ परेका सांसद साहलाई बुधवार जिल्ला अदालत धनुषामा पेश गरिएको थियो । अदालतले पक्राउ परेको दिनदेखि लागू हुनेगरी ४ दिन अर्थात् शुक्रवारसम्मको समय दिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाँचौं दिन शनिवार परेकाले आइतवारसम्म सांसद साह हिरासतमै रहनुपर्ने सम्भावना देखिएको छ । प्रहरीले भने १० दिनको समय माग गरेको थियो ।


Advertisment
Nabil box
Kumari

आइतवार अदालत खुलेपछि कि त कि अभियोग पत्र दायर गर्नुपर्ने कि त म्याद थपका लागि अदालतमा पेश गर्नुपर्ने जिल्ला अदालत धनुषाका श्रेष्तेदार यज्ञप्रसाद आचार्यले लोकान्तरलाई जानकारी दिए ।

Vianet communication
Laxmi Bank

उडानमा ढिलाइ गरेको भन्दै सांसद साहले सोमवार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए । सोही आरोपमा उनलाई मंगलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट पक्राउ गरिएको थियो ।

अदालतमा पेश गर्ने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद साहले आफूलाई न्यायपालिकामाथि पूर्ण विश्वास रहेको बताए ।

'मैले जनताका लागि (तोडफोड) गरेको हो,' सांसद साहले भने, 'अब अदातलले जे निर्णय गर्छ, म त्यसलाई मान्छु । मलाई न्यायपालिकामाथि विश्वास छ ।

सांसद साह पक्राउको विरोधमा राजपा कार्यकर्ताले जनकपुरमा टायर बालेर प्रदर्शन र चक्काजाम समेत गरेका छन् ।

प्रदर्शनमा साहपत्नी समेत रहेकी प्रदेश सांसद नीरा साह, प्रदेश सांसदहरू परमेश्वर साह, सुरिता साह तथा जनकपुर उपमहानगरपालिकाकी उपमेयर रितादेवी मिश्र लगायत पनि सहभागी थिए ।

राजपा कार्यकर्ताले जनकपुरस्थित बुद्ध एयरको कार्यालयमा तालाबन्दी समेत गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x