अबैध लागूऔषध र ८३ हजार सहित ललिपुरबाट ५ जना पक्राउ

असोज २९, २०७६

काठमाडौं– ललिनपुरको कनिबाहालबाट अबैध लागूऔषध र नगद सहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

ललितपुर जावलाखेलबाट खटिएको प्रहरीले लागूऔषध कारोवारको डिल गररिरहेका अवस्थामा सरोज कार्की, रुपेश कर्मचार्य, सनम श्रेष्ठ, रंजित शाह र आषिस श्रेष्ठलाई पक्राउ गरेको ललिपुर प्रहरी परिसरले जनाएको छ ।


ADVERTISEMENT

उनीहरको साथबाट डाईजाल्याब १ सय ७१ पिस, नोरफिन १ सय ७८ पिस, फेनारगन २ सय २० पिस, नगद ८३ हजार र ६ थना मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ ।

 

असोज २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस