×

NMB BANK
NIC ASIA

सहयोगापेक्षी खोज्दै सडकमा व्यस्त मेयर दाहाल

असोज २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चितवन – रातको समयमा यहाँको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल सहयोगापेक्षी खोज्दै नारायणगढको सडक क्षेत्रमा पुग्ने गरेकी छन् । 

Sagarmatha Cement
Muktinath Bank

दिनभरका कार्यक्रम र सेवाग्राहीको चापका कारण थकित हुने भए पनि महानगर क्षेत्रलाई सहयोगापेक्षी सडक मानव मुक्त बनाउनका लागि उहाँ आँफै सडकमा निस्कन शुरू गरेकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगत दुई दिनदेखि साँझ अबेरबाट स्थानीय प्रशासन, प्रहरी, मानव सेवा आश्रमका प्रतिनिधि, समाज सेवीहरुको अगुवाई गर्दै दाहाल सहयोगापेक्षी खोज्दै सडकमा जाने गरेकी छन् । दाहालले भनिन्, 'अब हामी यसलाई निरन्तरता दिन्छौ ।' आउँदो कात्तिक ९ गते भरतपुर महानगरलाई सहयोगापेक्षी सडक मानव मुक्त भरतपुर महानगर घोषणा गर्ने उहाँको संकल्प छ । दाहालले भन्नुभयो, “सहयोगापेक्षी सडक मानवमुक्त पहिलो महानगर बनाउन हामी लागि परेका छौँ ।'


Advertisment
Nabil box
Kumari

दुई रातको सडक अनुगमनपछि उहाँले तीन थरी मानिस सडकमा भेटिने गरेको बताए। दाहालका अनुसार दुःख पाएका बेशाहारा पहिलो थरी, मानसिक सन्तुलन गुमाएका दोस्रो थरी र नशालु पदार्थ सेवन गरेका तेस्रो थरी मानिस सडकमा हुँदा रहेछन् । तीमध्ये पहिलो चरणमा वेशाहारालाई मुक्त गराउन आफूहरु लागि परेको उनको भनाइ छ । 

Vianet communication
Laxmi Bank

दोस्रो र तेस्रो तहकालाई पनि सडकमा आउने वातावरण अन्त्य गर्ने दाहालको संकल्प छ । साँझ झण्डै आठ बजेबाट दाहालसहितको टोली नारायणगढका मुख्य शहरहरुमा पुग्ने गरेको छ । 

सहयोगापेक्षी सडक मानव रहित महानगर घोषणा गर्नका लागि अहिले आन्तरिक तयारी भइरहेको छ । महानगरपालिका भित्रको सडक पेटी र सार्वजनिक स्थानहरुमा नियमित रुपमा सहयोगापेक्षी बेसहारा सडक मानवको रात्रीकालीन अवस्था अध्ययन र उद्धार भइरहेको मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए।

सोमबारबाट शुरु भएको बजार अनुगमनमा सहयोग पुर्‍याउन प्रदेशसभा सदस्य विजय सुवेदी पनि सहभागी हुने गरेका छन् ।

सोमबार पहिलो दिन ४० जनालाई उद्धार गरिएको थियो । तीमध्ये दुई जना मात्र वास्तविक भरतपुरलाई सहयोगापेक्षी बेसहारा सडक मानव रहेका थिए । उनीहरुलाई आश्रमले नै सेवा दिने र बाँकी ३८ जनालाई घर पठाइएको छ ।

यस्तै दोस्रो दिन गए राती २४ जनालाई उद्धार गरिए पनि उनीहरु कोही पनि सहयोगापेक्षी बेसहारा नरहेको अध्यक्ष अधिकारीले बताए। घोषणा अघि र घोषणापछि पनि यसरी नै नियमित रुपमा अवस्था अध्ययन र उद्धार गरिने अधिकारीको भनाइ छ ।

विसं २०६९ भदौ १३ गते मकवानपुरवाट मानवसेवा आश्रमले काम थालेको हो । संस्थापक अध्यक्ष अधिकारीका अनुसार हालसम्म सात प्रदेशका १४ जिल्लाका १६ केन्द्रमार्फत सेवा दिइँदै आएको छ । ती केन्द्रहरुमा ८०० जनाले संरक्षकत्व पाइरहेका छन् । चितवन जिल्लामा चार वर्षमा ५०० जनाभन्दा बढीलाई उद्धार गरिएको अधिकारीको भनाइ छ । 

मानवसेवा आश्रमको सहयोगमा यसअघि गोर्खा नगरपालिका, मकवानपुर जिल्ला, पाल्पाको सिद्धबाबा मन्दिर क्षेत्र, वुटवलको सिद्धबाबा धाम क्षेत्र र काठमाडौंको पशुपति मन्दिर क्षेत्रलाई सहयोगापेक्षी सडकमानव मुक्त क्षेत्र घोषणा गरिएको छ । स्थानीय तह र सरोकारवाला सङ्घ संस्थाको अगुवाइमा ती क्षेत्रहरुलाई सहयोगापेक्षी सडक मानव मुक्त बनाइएको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x