सरकारप्रति नेकपाकै वरिष्ठ नेताको टिप्पणी– आकाशे खेती जसरी काम गरेर गन्तव्यमा पुगिन्न

फाइल फोटो
असोज २९, २०७६

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले सरकारले जनअपेक्षाअनुसार कामलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने बताएका छन् ।

पार्टीले बडादशैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा बुधवार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा पूर्व प्रधानमन्त्री खनालले भने, 'जुन लोकप्रिय र प्रभावकारी रूपमा कार्य गर्नुपर्ने हो, त्यो हुन सकेको छैन, आकाशे खेती जसरी काम गरेर गन्तव्यमा पुगिँदैन ।'


ADVERTISEMENT

तीव्र गतिमा कार्य सम्पादन गरी ठोस ढङ्गले अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । 

सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीमा उनले सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनका बारे छलफल नभएको बताउँदै राष्ट्रिय आवश्यकताअनुसार यस विषयमा सरकार अगाडि बढ्ने र आसन्न उपनिर्वाचनमा पार्टीले कसरी सफलता प्राप्त गर्ने भन्नेबारे छलफल भएको बताए ।

सभामुख पदको निर्वाचनका बारे उपयुक्त समयमा उचित निर्णय लिइने उनको भनाइ थियो ।

असोज २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस