भदौ ७, २०८०
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
काठमाडौं – नेदरल्यान्ड्सको रुइनरवोल्डमा रहेको एक फार्महाउसको गोप्य सेलरमा लुकिरहेको एक परिवारलाई प्रहरीले उद्धार गरेको छ । उक्त परिवारमा ६ सदस्य छन् ।
जेठो छोरो फार्महाउसबाट निस्केर नजिकैको पबमा सहायता माग्न गएपछि प्रहरी त्यहाँ पुगेको हो । उक्त परिवार पूरै एकान्तजीवी भएर नौ वर्षदेखि संसार अन्त्य हुने प्रतीक्षा गरेर बसिरहेको थियो ।
आइतवार राति जेठा छोरा नजिकैको पब पुगेका थिए । आफू राति निस्केको किनकि दिउँसो निस्कन सम्भव नभएको उनले बताए । उनी फोहरी, जिङरिङ्ग र किंकर्तव्यविमूढ देखिएको पब मालिकले बताए । आफू दाजुभाइ दिदीबहिनसँग फार्ममा बसिरहेको किनकि आफूहरूले बाँच्ने तरिका अन्त्य गर्न चाहेको बताए ।
सन्तानहरू र ओछ्यान परेका एक व्यक्ति फार्महाउसको सेलरमा नौ वर्षदेखि बसिरहेको डच मिडियाले बतायो । घटनाको अनुसन्धानमा सहयोग नगर्ने परिचारक जोसेफ बीलाई पक्राउ गरिएको छ ।
दाजुभाइ दिदीबहिनी घरको बेसमेन्टमा बस्थे र त्यहाँ पुग्न एउटा दराजपछाडिको गोप्य भर्याङ मात्र थियो । दाजुभाइ दिदीबहिनीलाई संसारमा अरू मान्छे छन् भन्ने समेत थाहा थिएन ।
घर आफैंमा नहरपारि एकलासे ठाउँमा थियो र त्यहाँ पुग्न एउटा पुल मात्र थियो । पुललाई ताल्चा लगाइएको ढोकाले छेकिएको थियो । यसको छानबिन गर्न खोज्ने छिमेकीहरूले घरमा सीसीटीभी क्यामराहरू प्रशस्त राखिएको बताए ।
जेठा छोराका अनुसार, उनीहरू कहिले पनि विद्यालय गएनन् र उनीहरूलाई स्थानीय अधिकारीहरूले पञ्जीकरण पनि गरेका थिएनन् । परिवार आत्मनिर्भर थियो र उनीहरू घरैमा तरकारी खेती र पशुपालन गरेका थिए ।
उक्त परिवार फार्महाउसमा पुग्नुअघि नै आमाको मृत्यु भइसकेको विश्वास गरिएको छ ।
घरमा जोसेफ बी मात्र देखिने गरेका थिए । छिमेकीहरूले उनलाई दिनदिनै फार्मबाट ओहोरदोहोर गरेको देखेका थिए । उनले भित्र पस्न खोज्नेहरूलाई भगाउन दूरबीनले हेर्ने गरेको छिमेकीहरूले बताए ।
प्रहरीले यो परिवार यति लामो समयसम्म कसरी एकलासे जीवन बिताउन सक्यो अनि परिवारसँग जोसेफ बीको कस्तो सम्बन्ध छ भनी अनुसन्धान गरिरहेको छ । दाजुभाइ दिदीबहिनीहरूलाई घरबाट अन्तै लगिएको छ ।
आरटीबाट
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...