एनआरएनएमा समाजवादी पार्टीले कुमार पन्तको प्यानललाई समर्थन गर्ने

असोज २९, २०७६

काठमाडौं– काठमाडौंमा भइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को सम्मेलनमा समाजवादी पार्टी निकटको 'नेपाली समाज'ले कुमार पन्त नेतृत्वको प्यानललाई समर्थन गर्ने भएको छ ।

नेपाली समाजले कुमार पन्तको प्यानललाई समर्थन गर्न लागेको समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।


ADVERTISEMENT

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सम्मेलनमा आज नयाँ कार्यसमितिको लागि आज निर्वाचन भइरहेको छ ।

असोज २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस