मंसिर १६, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
काठमाडौं – एकपछि अर्को सांसद पक्राउ परिरहेका बेला नेकपा सांसद पार्वत गुरुङका नाममा पक्राउ पूर्जी जारी भएको खुलासा भएको छ ।
जिल्ला अदालत काठमाडौंबाट गुरुङका नाममा म्याद तामेल गर्न दोलखा पत्र पुगिसकेको पुष्टि भएको हो । गुरुङ दोलखाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
गत वैशाख अन्तिम साताको घटना भएपनि ढिला गरी सार्वजनिक भएको हो । सांसद गुरुङमाथि ज्यान मार्ने उद्योग गरेको आरोपसहित प्रहरीमा उजुरी परेको छ ।
काठमाडौं जिल्ला अदालतको पत्र दोलखा जिल्ला अदालतमा पुगी म्याद समेत तामेल भइसकेको छ ।
स्रोतका अनुसार सांसद गुरुङका अलावा मिनबहादुर तामाङ, कारसाङ भनिने कर्ण तामाङ, उर्मिला धामी, जीवन तामाङ, सागर तामाङ र सविन तामाङ लाई प्रतिवादी बनाइएको छ ।
जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले पार्वत गुरुङ भन्ने व्यक्तिका नाममा म्याद तामेल भएको पुष्टि गरे ।
'जिल्ला अदालत दोलखामा पत्र पठाएर पार्वत गुरुङका नाममा म्याद तामेली भएको छ, सांसद पार्वत गुरुङ नै हो कि होइन भनेर हामीले पुष्टि गर्न सक्दैनौं,' श्रेष्ठले लोकान्तरसँग भने ।
स्रोतका अनुसार ती व्यक्ति सांसद पार्वत गुरुङ नै हुन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...