कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ - ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मैतीदेवी मन्दिरको करीब एक रोपनी जग्गा वरिपरिबाट मिचिएको छ ।
पशुपतिनाथ मन्दिर जत्तिकै पुरानो ऐतिहासिक महत्व बोकेको मन्दिर क्षेत्र वरिपरिबाट मिचिएर खुला स्थान साँघुरिँदै जान थालेको स्थानीयवासीको गुनासो छ ।
मन्दिर क्षेत्रमा रहेको १४ रोपनी जग्गामध्ये विसं २०५७ मा तीन रोपनी जग्गा नर्सरीलाई दिइएको छ । वडा कार्यालयले नर्सरी सञ्चालन गर्न जग्गा दिएपछि मन्दिर क्षेत्र अस्तव्यस्त बनेको दर्शनार्थी रामसुन्दर बजगाईंले गुनासो गरे ।
मन्दिरको जग्गाबाट नर्सरी हटाउन पहल भइरहेको मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिले जनाएको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि नहुँदा शहरी विकास तथा भवन निर्माण विभागले तोकेको कर्मचारी संयन्त्रले मन्दिर सञ्चालन गर्ने गरेको थियो ।
हाल काठमाडौँ महानगरपालिका वडा नं ३० का अध्यक्षको अध्यक्षतामा मन्दिर क्षेत्र प्रबन्ध समिति बनेको छ । समितिले मन्दिर क्षेत्रलाई सुन्दर एवं आकर्षक बनाउन विभिन्न कार्यक्रम बनाउन लागेको अध्यक्ष दलबहादुर कार्कीले सुनाए ।
बाक्लो बस्तीका बीचमा रहेको धार्मिक आस्थाको केन्द्रलाई व्यवस्थित बनाई आन्तरिक एवं बाह्य पर्यटक आकर्षित गर्ने वडाको योजना छ । मन्दिर व्यवस्थित बनाउन सञ्चालन निर्देशिका मस्यौदा गरी काठमाडौँ महानगरपालिका कार्यपालिकामा पेश गरिएको समिति सदस्य विश्वराज रेग्मीले बताए ।
नगर कार्यपालिकाले निर्देशिका पारित गरेपछि नर्सरीलाई हटाई मन्दिर क्षेत्र थप आकर्षक र व्यवस्थित गर्न लागिएको हो । मैतीदेवी मन्दिरअघिको धर्मशाला चार वर्षअघिको भूकम्पले भत्किएपछि अझै पुनःनिर्माण हुन सकेको छैन । पशुपतिनाथमा गाईले दूध चढाएपछि खनेर हेर्दा ठूलो ढुङ्गा भेटिएको थियो ।
ढुङ्गालाई बञ्चरोले हान्दा तीन टुक्रा भयो । एक टुक्रा हालको पशुपतिनाथ मन्दिरमै रहेको छ । अर्को टुक्रा ज्ञानेश्वरको महादेव मन्दिरमा छ । तेस्रो टुक्रामा मैतीदेवी मन्दिर बनेको किंवदन्ती प्रचलित छ । पशुपतिनाथ मन्दिरको तुलनामा मैतीदेवी ज्ञानेश्वरको महादेव मन्दिर ओझेलमा परेको स्थानीयवासीको गुनासो छ ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...