×

NMB BANK
NIC ASIA

मृगौला किन्न नक्कली नाता

असोज ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – मृगौला तस्करीमा संलग्न रहेको आरोपमा गृहमन्त्रीको निजी सचिवालयमा कार्यरत एक अधिकृत, ललितपुरको पुल्चोकस्थित निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत, सोही अस्पतालका कानुन अधिकृत, चिकित्सक र मृगौला लिने व्यक्ति गरी ५ जना पक्राउ परेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले रामेछाप दोरम्बा–३ घर भई स्वयम्भू बस्ने शंकरलाल लामाले नक्कली भान्जा खडा गरी मृगौला किनेर प्रत्यारोपण गरेको घटनामा संलग्न भन्दै उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकामा गृहमन्त्री रामबहादुर थापाको निजी सचिवालयमा कार्यरत अधिकृत रामचन्द्र आले, मृगौला प्रत्यारोपण गर्ने निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत विपेन्द्र प्रधान, कानुन अधिकृत कुमुदकुमार भट्टराई, डा. राजेश पन्त र लामा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुवै मृगौला फेल भएपछि लामाका आफन्तले काभ्रेका ३७ वर्षीय एक युवकलाई ३ लाख रुपैयाँ दिएर मृगौला किनेका थिए । जिल्ला प्रशासन कार्यालय ललितपुरमा शाखा अधिकृत रहेका बेला आलेले मृगौला प्रत्यारोपण अनुमति दिने समितिमा रहेर स्वीकृतीको हस्ताक्षर गरेका थिए । तीन महिनाअघिको यो घटनाबारे ब्युरोले दसैंअघि अनुसन्धान शुरूगरेको थियो ।


Advertisment
Nabil box
Kumari

प्रहरी स्रोतका अनुसार अधिकृत आले बुधबार पक्राउ परेका हुन् । जिल्ला प्रशासन कार्यालय ललितपुरमा रहेका अधिकृत आले घटनाको केही समयपछि मात्रै गृहमन्त्री थापाको सचिवालयमा काज सरुवा भएका थिए । गृहमन्त्रीको निजी सचिवालयमा एक उपसचिवसहित दुई अधिकृत छन् । आलेले मृगौला प्रत्यारोपण स्वीकृति समितिमा रहेर काम गर्दा आर्थिक लाभ लिए कि लिएनन् भन्ने खुलिसकेको छैन ।

Vianet communication
Laxmi Bank

मृगौला फेर्नैपर्ने भएपछि लामाको परिवारले रामेछापको दोरम्बा–३ को वडा कार्यालयबाट भान्जाले मृगौला दिने भन्दै नाता प्रमाणितको सिफारिस ल्याएको थियो । सिफारिसपत्रमा सक्कली भान्जाकै नाम र फोटो टाँसिएको थियो । उक्त पत्रलाई निदान अस्पतालका डा. पन्त, प्रमुख कार्यकारी अधिकृत प्रधान, कानुन अधिकृत भट्टराई र जिप्रका ललितपुरका अधिकृत आलेसहितको प्रत्यारोपण स्वीकृति समितिले प्रमाणीकरण गर्दै प्रत्यारोपणको अनुमति दिएको थियो ।

सिफारिस पत्रमा सक्कली भान्जाको नाम र तस्बिर भए पनि मृगौला दिने बेला नक्कली व्यक्ति खडा गरिएको थियो । बिरामी लामाका छोरा र आफन्ती एक दलालमार्फत काभ्रेका युवासँग मृगौला किन्ने सहमति गरिवरि उनैलाई भान्जाका रूपमा स्वीकृति समितिसमक्ष उपस्थित गराइएको थियो । अनुसन्धानमा संलग्न स्रोतका अनुसार वडाको सिफारिसपत्रमा भएको फोटोभन्दा फरक व्यक्ति उपस्थित हुँदाहुँदै स्वीकृति दिइएको थियो । जबकि उपचारमा संलग्न अस्पतालकै स्टाफ नर्सले समेत सिफारिसपत्रमा फोटोको भन्दा फरक व्यक्ति भएको बताएकी थिइन् । नक्कली भान्जाका रूपमा खडा भएको व्यक्तिले आफू फोटो खिच्दा मोटो भएको र पछि दुब्लाएको तर्क गरेका थिए भने सक्कली भान्जाको दिदीलाई समेत उपस्थित गराइएको थियो ।

भान्जा बनेर उपस्थित युवा निरक्षर रहेको र उनलाई प्रलोभनमा पारेर मृगौला दिन तयार पारिएको ब्युरोका प्रवक्ता एसपी गोविन्द थपालियाले बताए । उनका अनुसार घटना सार्वजनिक हुने सम्भावना भएपछि मृगौला लिएका लामाको परिवारजनले नक्कली भान्जालाई घरबाट कतै ननिस्किने गरी लुकाएर राखेका थिए । प्रहरीका अनुसार मृगौला बेचेको सात दिनपछि अस्पतालबाट निस्किएका ती युवा मदिराको अम्मली भएको र प्रत्यारोपणपछि अस्वस्थ वातावरणमा बसिरहेको पत्ता लागेको थियो ।

ब्युरोले मृगौला किनबेचमा संलग्न एक बिचौलिया पहिचान गरे पनि ती व्यक्तिलाई पक्राउ भने गरिसकेको छैन । अस्पतालका प्रमुख कार्यकारी अधिकृत, कानुन अधिकृत, डाक्टर र जिल्ला प्रशासनका अधिकृतसँग बिचौलियाको सम्पर्क भयो कि भएन र यो प्रक्रियामा आर्थिक लेनदेन भयो कि भएन भन्नेबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रहरीका अनुसार नक्कली दाता खडा गरी गरिएको मृगौला प्रत्यारोपणमा लामाको परिवारले करिब ११ लाख खर्चेको देखिन्छ । मृगौला किन्न भने तीन लाख रुपैयाँ बैंक खातामा राखिदिएको र पछि केही पैसा थपिदिने प्रलोभन दिएको पाइएको छ । प्रहरीले पक्राउ परेका पाँचै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार कारबाही प्रक्रिया अगाडि बढाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x