कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौं– दशैंको टीकाको चौथो दिन अर्थात् असोज २४ गते सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका– १० भोटसिपास्थित बडहरे चोकमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भयो ।
इन्द्रावती गाउँपालिका– ९ सिपाटारबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नं. को बस सडकबाट २०० मिटर तल खसेको हो । करीब ७० जना यात्रु सवार बस दुर्घटना हुँदा पचासभन्दा बढी घाइते भएका थिए ।
यो त उदाहरण मात्र हो, १५ दिनसम्म मनाइने दशैंको अवधिमा देशभरमा भएका सवारी दुर्घटनामा १ सय ११ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाएको छ ।
‘दशैंको घटस्थापनादेखि पुर्णिमासम्ममा देशभरमा गरी १ सय ११ जनाले सवारी दुर्घटनामा ज्यान गुमाए,’ नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरलले लोकान्तरसँग भने ।
दशैंमा १ हजार १ सय ८२ मुद्दा
दशैंको समयमा अर्थात् असोज १२ गते देखि २६ गतेसम्ममा १ हजार १ सय ८२ वटा मुद्दा दर्ता भएको प्रहरी प्रधान कार्यलयको तथ्यांकमा उल्लेख छ ।
सामाजिक अपराधमा ३ सय ७३ वटा, महिला तथा बालबालिकासम्बन्धी अपराधमा ८९ वटा, सवारी अपराध ८१ वटा, आगलागी, विष्फोटक पदार्थ, जवरजस्ती करणी, बैकिङ कसूर लगायतका अपराधमा ५० वटा, अहरण र लागूऔषधमा २ वटा, ज्यान मार्ने उद्योगमा १ सय ९६ वटा, आत्महत्यासम्बन्धी १ सय ४८ वटा, चोरी डकैटीका अपराधमा ८० वटा र संगठित आर्थिक अपराधमा ७ वटा गरी १ हजार १ सय ८२ वटा मुद्दा दर्ता भएको प्रहरी प्रधान कार्यलयको तथ्याङ्कले देखाएको छ ।
दशैंमा ३० लाख यात्रु बाहिरिए
दशैंको समयमा उपत्यकाबाट ३० लाखभन्दा बढी यात्रु बाहिरिए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ३० लाख १ हजार १५ यात्रु दशैं मनाउन राजधानीबाट बाहिरिएका थिए ।
‘अग्रिम टिकट बूकिङ भएको असोज ५ देखि २६ गतेसम्ममा ३ लाख ५९ हजार ४ सय ३८ सवारी सवारी साधन बाहिरिएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रवि पौडेलले बताए ।
अघिल्लो वर्षको तुलनामा यो वर्ष झण्डै २ लाख बढी यात्रु बाहिरिएको प्रहरीको तथ्यांक छ । गत वर्षको दशैंमा ३ लाख ३६ हजार सावरी साधनमा २८ लाख ९१ हजार यात्रु उपत्यकाबाट बाहिरिएका थिए ।
उपत्यकाबाट बाहिरिनेमध्ये १ लाख ५४ हजार २ सय जनाले अग्रिम टिकट लिएका थिए ।
दशैंको अवधिमा ३ लाख ३५ हजार ८ सय सवारी साधनमा १८ लाख ३५ हजार ५ सय यात्रु उपत्यकाभित्र प्रवेश गरेको पौडेलले बताए ।
अघिल्लो वर्षभन्दा यो वर्ष यात्रुहरूले सहज रूपमा घर जान पाएको प्रहरीको दाबी छ ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...