×

NMB BANK
NIC ASIA

दुखीका गीत गाउने जीवन शर्माको यो दु:ख - मृत्युशय्यामा छोरा, अस्पतालको ढोकामा बाबा

असोज ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जीवन शर्मा जनगायक भनेर चिनिन्छन् । २०१६ चैत २६ गते बाग्लुङमामा जन्मिएका शर्मा भुँइमान्छे र भरियाहरूको गायक हुन्, माटोका गायक हुन् । प्रधानपञ्च, मुखिया र जिम्मावालको विरासत बोकेको परिवारको जन्मेर पनि उनले शोषितपीडितका गीत गाउँदै आए । दर्शन र राजनीतिशास्त्रमा स्नातक, अङ्ग्रेजी र मानवशास्त्रमा डबल एम.ए गरेर पनि सर्वहाराको सहारा बनेर पहाडका टाकुराहरूमा, गाउँबस्तीहरूमा दुखीका गीत गाउने जीवन शर्माको सफलताको कथा हैन यो आजको स्तम्भ । केही कुराले सारै छोयो, मन अमिलो भयो, मुटु पिरो भयो । अनि केही लेख्दैछु। 

Sagarmatha Cement
Muktinath Bank

२०४३ सालतिर रेकर्ड भएको 'सिमली छायाँमा बसी' भन्ने गीत त सबैको जन जिब्रोमा छ । हो तिनै जनताको गीतका आवाज जीवन शर्मा । त्यस्तै छेकेर छेकिन्न रोकेर रोकिँदैन, चाहिँदैन मलाई सिसाको महल,  झरनाको चिसो पानी, सालघारीमा, सामन्तले, लडाईँको मैदानबाट, फोक्ल्याण्डको टापुबाट लगायतका जनवादी गीतहरूमा जीवन शर्मा आवाज बने । जतिपनि गीत गाए जनवादी नै गाए । जनवादी भनेर प्रगतिवादीधारको गीतलाई बुझिन्छ। उनको गीत नसुन्ने, नगुगुनाउने नेकपाका शीर्ष नेताहरू कमै होलान् । नेपाली प्रगतिवादी धारको गीत संगीतका लागि जीवन शर्मा एक बलियो खम्बाका रूपमा स्थापित छन् । स्तम्भकारलाई भने जीवन शर्माको यो गीत सारै मन पर्छ । गीतको बोल भन्छ- 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कति छन् यहाँ छटपटाइरहेका निशालाई देखेर


Advertisment
Nabil box
Kumari

चाँडै नै आओस् बिहानी सुन्दर अँध्यारो चिरेर ।

Vianet communication
Laxmi Bank

पूर्वमा लाली चम्केको देख्न आत्तिने छन् कति

मानवको रगत पिएर दानव मात्तिने छन् कति ।

जनगायक जीवन शर्मालाई यो दशैं दशा बनेर आयो । दशैंका दिन उनका छोरा अमृत शर्मा खाना खाने क्रममा मासुको हड्डीले अन्न नली छेडेर सिकिस्त बने । प्रारम्भिक शल्यक्रिया  गरिएको छ । अवस्था गम्भीर छ । अहिले मनमोहन कार्डियो महाराजगन्जमा उपचार भइरहेको छ । जीवनभर आर्थिक लोभलालसा नगरी जनताको गीत गाउँदै हिँड्ने जीवन शर्मालाई यतिखेर छोराको उपचारले निकै कठिन क्षणको सामना गर्न बाध्य बनाएको छ । उपचारमा रकम अभाव हुँदा धेरै अप्ठ्यारो परेको देखिन्छ । आँफ्ना अगाडि अस्पतालमा छोराको छटपटाहट हेरिरहेका छन् र कुनै पनि हालतमा बचाउनु पर्ने सम्भावित उपचार विकल्प र दायित्व सम्झिरहेका छन् । तर गायक शर्मा आफूसँग पैसा नभएकाले पटक-पटक झस्किरहन्छन् । यद्यपि, स्वतस्फूर्त हार्दिकतापूर्वक आउने सहयोग बाहेक उनले हात फैलाउन नजाने अडानमा छन् । 

शुरूमा त डाक्टरले बचाउन नसकिने जस्तो बताए पनि सबैजनाको अथक प्रयासपछि अहिले केही आशा पलाएको छ । एकतहको शल्यक्रिया सकिए पनि अझै बढी गम्भीर अप्रेसन बाँकी छ। काठमाडौंको टिचिङ अस्पतालमा भर्ना भएका अमृतलाई डा. रन्जन सापकोटा नेतृत्वको टीमले लगातार ९ घण्टासम्म मेजर शल्यक्रिया गरेर तत्कालको लागि खतरामुक्त गरेको छ तर उहाँको अर्को ठूलो शल्यक्रिया गर्नुपर्ने आवश्यकता रहेको डाक्टरले बताएका छन् । उपचार समय र खर्च पनि धेरै लाग्ने अवस्था रहेको छ । कोहीकसैले सहयोग गर्न चाहेमा आफूलाई सहयोग गर्न सकिने गायक शर्मा बतउँछन् । आफू सधैंभरि जनताको लागि गीत गाउँदै हिँड्ने व्यक्ति भएको कारण सबैजनाबाट सहयोग प्राप्त हुने कुरामा आशावादी छन् जीवन शर्मा ।

थप सम्पर्कको लागि दाजु अर्जुन आचार्य को ९८५११४५५२३ मा सम्पर्क गर्ने सकिने बताएका छन्। 

जीवन शर्माको यो परिस्थितिलाई देखेर नेकपा स्याङ्जाका नेता शैलेन्द्र घिमिरेले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, 'हाम्रोमा इमान्दारिताकाे मूल्य याे तस्बिरले बताउँछ । जसको स्वरमा सागर समान जनता जागे । महाराज पराजित बने र व्यवस्थाहरू गर्ल्याम्म ढले । त्यही  स्वर आज आफ्नो सन्तानकाे उपचार खर्च नभएर अस्पतालकाे ढाेकामा  सन्तापले जलिरहेछ । लाेकतन्त्रमा याे भन्दा पीडाकाे अनुभूति के हाेला । युवाहरू एकपटक जीवन दाइकाे खुशीका लागि जाग ।' हुन पनि घिमिरेको यो विचार एकदमै सही हो । आज शक्ति केन्द्रको नजिक हुनेहरूले सरकारी उपचार खर्च पाएका छन् । नेताको उपचारको नाममा राज्य कोषको करोडौं पैसा खर्च गरिन्छ । तर जनगायकको छोरा उपचार गर्न पैसा नहुँदा अस्पतालमा छटपटिएप बस्नुपरेको छ ।  के सरकारसँग दयामाया भन्ने जिनिस छ ? 

यसरी जीवनभर जनताका दुःख र पीडाका गीत गाउने, जनतामा जागरण ल्याउने र एउटा साधारण तर आदर्श जीवन बाँच्ने गायक शर्मा अहिलेको पूँजीवादी दुनियाँको चपेटामा नराम्रोसँग फसेका छन् । र उनको आदर्शलाई धनदौलत, सत्ता, शक्ति, भौतिक विलासिताको झुण्डले जिस्काइरहेको छ । जीवन शर्माले कुनैबेला स्तम्भकार भेट हुँदा भनेका थिए, 'आधुनिक समाजको अन्तिम लक्ष्य पद, पैसा र प्रतिष्ठा । तर मेरो बुझाइमा यी तीनकुरा पुँजीवादका सबैभन्दा रद्दी चीज हुन्,' उनले थपेका थिए, 'मैले जीवनरूपी कम्प्युटरबाट सबैभन्दा बढी क्षमताका तीनओटा फोल्डर डिलिट गरेको छु- पैसा, पद र प्रतिष्ठा । तर पूँजीवादी समाजमा पैसाअनुसारको इज्जत हुन्छ । पदका लागि पनि पैसा चाहिन्छ । पूँजीवादमा पैसाले सबैथोक गर्न सकिन्छ । पैसा नभए सबैकुरा असम्भव । तर के हामी यही समाजको निर्माण गर्न उद्धेलित भएका हौं ?' 

रक्तिम सांस्कृतिक अभियानका तत्कालीन अध्यक्ष समेत रहेका शर्मामाथि पार्टी अध्यक्ष मोहन विक्रमको लाइन नपक्रिएको आरोप समेत लगाइएको थियो । उनले नाफाको लागि आफ्नो कला प्रयोग गरेनन् गरे त केवल जनवादी संगीतको संस्कृतिक रुपान्तरणका कर्महरू । शोषितपीडितका गीतसंगीतको साटो अन्य क्षेत्र वा बिकाउ गीतसंगीत रचनामा लागेको भए उनको जीवन केही सहज बन्थ्यो होला । उनका अगाडि दुई बाटा थिए- एउटा सुखसयल र आनन्दको बाटो । र अर्को दु:खको । उनले दु:खको बाटो रोजे । शोषितपीडित जनताको पक्षमा गीत गाउँदै मर्नु ।

यो पूँजीवादी युगमा दु:खकै बाटो हो । उनले आफ्नो जीवनमा आर्थिक मुनाफाको काम खासै गरेनन् । बरू  पार्टी हितविपरीत जापानमा गएर गीत गाएको तथा नेकपा अध्यक्ष केपी ओली र प्रचण्ड सहभागी कार्यक्रममा सहभागी भएर गीत प्रस्तुत गरेकोलगायतका आरोप लगाउँदै उनलाई मसालले पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको थियो । उनलाई  स्पष्टिकरणको मौकासमेत दिइएन ।  

जीवन शर्मालाई नजिकबाट चिन्ने पत्रकार दिल श्रिसले लेखेका छन्, 'जीवन शर्मा एउटा व्यक्ति मात्र होइनन् । यो समाजमा आदर्श जीवन बाँच्न चाहने र खोज्नेहरूका लागि उदाहरण हुन् । प्रेरणा हुन्, उर्जा हुन्, उत्प्रेरक हुन् । उनी अहिले यो आदर्श जीवनको कठिन परीक्षामा छन् । यो बेला उनलाई स्वार्थ, सत्ता, शक्तिको आडमा धनसम्पति नकमाएकोमा पश्चाताप र ग्लानीको कुनैपनि हिसाबले महुसूस नगराउनु नेपाली समाजको अहिलेको सबैभन्दा चुनौति र दायित्वको विषय हो । यसर्थ सबै जागरण, कला, परिवर्तनका पक्षधर सबैले जनवादी गायक शर्माका छोराको उपचारमा जति सकिन्छ सहयोग गरौं । त्यो दया, माया र करुणाका हिसाबले होइन, नितान्त परोपकारी, सामाजिक दायित्वसहितको भावनाले जहाँ छौं, त्यहीँबाट क्षमता अनुसारको सद्भाव जनाऔं । यदि यसो गर्न सकियो भने एउटा आदर्श सदैव बाँचिरहनेछ । अरू थुप्रैलाई आदर्श जीवन बाँच्न प्रेरित गरिरहनेछ । र गाइरहनेछन् सिमली छायाँमा बसी । गुञ्जिरहनेछ चाहिँदैन मलाई शिशाको महल । 

मनमोहन कार्डियो महाराजगन्ज (शिक्षण अस्पताल) मा छन् जीवन शर्मा । छोराको स्वास्थ्य अवस्था खराब बन्दैछ । एउटा मेजर अपरेशन सकियो अर्को बाॅकी छ । उपचार निकै महंगो छ । हिजो जीवन शर्मालाई अस्पताल पुगेर भेटेका नेपाल लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले लेखेका छन्, 'आदरणीय जनगायक जीवन शर्माको छोरा अस्वस्थ भई उपचार गराइरहनु भएको छ । आज राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको तर्फबाट उहाँको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लियौं र केही संस्थागत सहयोग पनि गर्‍यौं ।  माया र आत्मियताले गरिने सहयोगलाई शर्मा परिवारले स्वीकार गरेको पाइयो तर केहिले अतिरञ्जित गरेर दयाको भावना देखाएकोप्रति भने गुनासो रहेको पाइयो ।' 

हो केही हदसम्म अतिरञ्जित भएका छन् । उपचार  खर्च के कति, कस्तो हो त्यो बुझ्नका लागि जीवन शर्माको मोबाइल नम्बर ९८४१४६५५१४ हो । आर्थिक सहयोगका लागि ग्लोबल आईएमई बैंक लिमिटेड कान्तिपथ शाखा अर्जुन आचार्यको खाता नम्बर: 0107010046787 मा आर्थिक सहयोग गर्न सकिनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...

पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

माघ ७, २०७९

जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

असार २५, २०७९

सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...

असोज ८, २०७९

समाजमा विभिन्न किसिमका मानिसहरू भेटिन्छन्, सबैले आफ्नै कुरालाई ध्यान दिइरहेका हुन्छन् । जहाँकहीँ होस्, चाहे पार्टी, पिकनिक, समारोह, गोष्ठी, भेटघाट सबैतिर आफ्नै बखान गर्छन् आफ्नै नाम, काम, धाम, पेशा र व्यवसायको । ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x