कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
असोज ३०, २०७६
बुटवल– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले मृत्युमार्गको रूपमा चिनिएको सिद्धबाबा सडक खण्डमा यसै आर्थिक वर्षदेखि सुरूङमार्ग निर्माणको काम शुरू हुने बताएका छन् ।
केही महिनाभित्र सुरूङ मार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सम्पन्न गरी टेन्डरको प्रक्रिया जाने पौडेलले बताए ।
उनले भने, ‘यो सडक खण्डमा हामीले १.३ किलोमिटर सुरूङ मार्ग बनाउँछौ । पहिरोको जोखिमबाट यो सडकखण्ड प्रयोग गरेर यात्रा गर्ने यात्रुलाई सुरक्षित बनाउन यसै आर्थिक वर्षबाट सुरूङ मार्गको काम अगाडि बढ्छ ।’
रूपन्देही उद्योग संघको ४१औं साधारण सभा तथा २१औं अधिवेशनको बिहीबार बुटवलमा उद्घाटन गर्दै पौडेलले बुटवल–पाल्ला सडक खण्ड अन्तर्गतको यो सडकलाई सुरक्षित बनाउन सुरुङ मार्ग सरकारले निर्माण गरेरै छाड्ने स्पष्ट पारे ।
यो सडक खण्डलाई प्रदेश सरकारले पनि गत वर्ष र यस आर्थिक वर्षमा गरी १०/१० करोड रुपैयाँ विनियोजन गरेको छ ।
पौडेलले भने, ‘सिद्धबाबा सुरुङ मार्ग कालीगण्डकी तिनाउ डाइभर्सन यस क्षेत्रका महत्त्वपूर्ण आयोजना हुन् । यी सम्भव छैनन् भन्ने आशंका नपाल्नुहोस्, बनेरै छाड्छन् ।’ केही समय अगाडि सिद्धबाबा आएर एक टोलीले त्यहाँको भौगर्भिक अध्ययन गरेर गइसकेको छ । रुपन्देही लगानीका लागि उपयुक्त ठाउँ भएकाले ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई पौडेलले आग्रह गरे ।
रूपन्देहीमा लगानी गर्न निजी क्षेत्रले मुलुकभरका उद्योगी व्यवसायीलाई यहाँ डाक्नुपर्ने पौडेलको सुझाव छ ।
निजी क्षेत्रको योगदानविना समृद्ध राष्ट्र निर्माण सम्भव नभएको भन्दै पूर्व अर्थमन्त्री समेत रहेका नेता पौडेलले उत्साहका साथ लगानी गर्न उद्योगी व्यसासायीहरूलाई आग्रह गरे ।
‘लगानी अभिवृद्धि, रोजगारी सिर्जना, राष्ट्रिय आयमा वृद्धि र उत्पादन वृद्धि राज्यको लक्ष्य छ । त्यो लक्ष्यमा निजी क्षेत्र पनि जुटनुपर्छ,’ नेता पौडेलले भने ।
उद्योगी व्यवसायीका समस्या समाधान गर्न सरकार सधैं तयार रहेको पौडेलले स्पष्ट पारे ।
रूपन्देहीमा नयाँ औद्योगिक क्षेत्रका लागि जग्गा अभाव छ । पौडेलले उद्योग संघले रुपन्देहीको सिक्टहनमा निर्माण गर्न लागेको औद्योगिक क्षेत्रको लागि आफूले सक्दो सहयोग गर्ने बताए ।
उनले रुपन्देहीलाई व्यवसायिक औद्योगिक हबका रूपमा विकास गर्न आफू सधैं जुटेको पनि बताए ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...