टर्कीको आक्रमणपछि उत्तरपूर्वी सिरियाबाट ३ लाख सर्वसाधारण विस्थापित

असोज ३०, २०७६

काठमाडौं –टर्कीले उत्तरपूर्वी सिरियाको कुर्द नियणन्त्रित क्षेत्रहरूमा गरेको आक्रमणको कारण ३ लाखभन्दा बढी मानिसहरुलाई विस्थापित भएका मानव अधिकारबादी संस्थाले बिहीबार जानकारी दिएको छ । 

 मानवअधिकारबादी संस्था ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’का प्रमुख रामी अब्देल रहमानले यो आक्रमण शुरू भएदेखि हालसम्म ३ लाख भन्दा बढी सर्वसाधारण विस्थापित भइसकेका बताएका छन् ।


ADVERTISEMENT

बाध्य भएर विस्थापित हुने व्यक्तिहरूको संख्या अझै बढ्न सक्ने पनि उनले थप जानकारी दिएका छन् । 

 विस्थापितहरुले आफन्तहरूसँग सुरक्षित क्षेत्रमा सर्न खोजेको भए तापनि कोही बगैचामा सुतिरहेका थिए भने कोही ४० वटा विद्यालयमा आपतकालीन शरणस्थलमा पुगेका भएका अब्देल रहमानले बताएका छन् ।
 
उत्तरपूर्वी सिरियाको कुर्दिश समर्थकहरूले नियन्त्रण गरिरहेको क्षेत्रहरूमा गत अक्टोबर ९ बाट हमला शुरू भएको थियो ।

उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फर्काउने संयुक्त राज्य अमेरिकाको निर्णयपछि टर्कीले हवाई र स्थलगत आक्रमण शुरू गरेको थियो । 

उत्तरपूर्वी सिरियाको कुर्दिश लडाकुको नियन्त्रणमा रहेको यस इलाकाबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले आधिकारिक रूपमा अमेरिकी सहयोग रोकेर असाधारण कदम चालेको भन्दै आलोचना भइरहेको छ । 

असोज ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस