विद्यार्थीहरुको गुणीय चक्रको १५ औं राष्ट्रिय सम्मेलन हुँदै

असोज ३०, २०७६

काठमाडौं – क्वेष्ट नेपालद्धारा आयोजित विद्यार्थीहरूको गुणीय चक्रको १५औं राष्ट्रिय अधिवेशन कार्तिक २ देखि ४ गतेसम्म हुने भएको छ । 

सम्मेलन डिएभी सुशील केडिया विश्वभारती स्कूल, जावलाखेल, ललितपुरमा आयोजना हुन लागेको हो ।


ADVERTISEMENT

यस कार्यक्रमको उद्घाटन प्रदेश नं ३ का प्रदेश प्रमूख अनुराधा कोइरालाले गर्दै छन् भने समापन शिक्षा, विज्ञान तथाप्रविधिमन्त्रालयका सचिव महेश प्रसाद दाहालले गर्दै छन् । 

सम्मेलनमा सहभागी विद्यार्थीहरुको हौसलाका लागि अमेरिका, बंगलादेश, र भारतबाट अन्तर्राष्ट्रिय पाहुनाहरुको समेत सहभागिता रहनेछ ।

यस सम्मेलनमा झापा, सुनसरी, मोरङग, बारा, मकवानपुर, धनुषा, चितवन, नवलपुर, कास्की, स्याङ्जा, रुपन्देही, पाल्पा, धनगढी, सुर्खेत, काभ्रे, काठमाण्डौ, भक्तपुर र ललितपुरबाट १४० विद्यालयका १००० (६०० जवानआवासीय र ४०० जवान गैर आवासीय) विद्यार्थीहरू, २०० पर्यवेक्षक, शिक्षक शिक्षिका, प्रधानाध्यापक तथा शिक्षाविद्हरुले सहभागिता जनाउने छन् ।

क्वेष्ट नेपालका अध्यक्ष राजकुमार महर्जनले सम्मेलनको अध्यक्षता गर्नेछन् भने डिएभी सुशील केडिया विश्वभारती स्कूल, जावलाखेल, ललितपुरका अध्यक्ष अनिल केडियाको आतिथ्यमा ३ दिने राष्ट्रिय सम्मेलन सम्पन्न हुनेछ ।
 

असोज ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार