×

NMB BANK
NIC ASIA

हिजो दिनभरः एनआरएन विश्वसम्मेलनमा तनावदेखि टेलिकमको आकर्षक अफरसम्म

कात्तिक १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

गैरआवासीय नेपाली सङ्घमा विवाद

Muktinath Bank

    गैरआवासीय नेपाली सङ्घको मतगणना जारी छ । बिहीबार बिहान १० बजेदेखि शुरु भएको मतदान साँझ ६ बजेसम्म चलेको थियो । शान्तिपूर्ण रुपमा मतदान सकिएको र अहिले मतगणना जारी रहेको सङ्घका महासचिव बद्री केसीले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    निर्वाचनमा शुरुमा विद्युतीय मेशिनबाट मतदान हुने भनिएता पनि विवाद भएपछि मतपत्र प्रयोग गरिएको थियो । निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी रहेका छन् ।  नयाँ नेतृत्वका लागि अध्यक्षमा कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा भइरहेको छ भने महासचिवमा जानकी गुरुङ र डा हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।  निर्वाचनले दुई वर्षका लागि ४२ सदस्यीय कार्यसमिति चयन गर्नेछ । 
यसैबीच एनआरएन मतगणनास्थलमा पटक पटक विवाद हुँदै आएको छ । विश्व सम्मेलनस्थलमा एनआरएनहरुले कुर्सी तोडफोटदेखि अनेक विवाद गर्दा यो पटकको सम्मेलन नै विवादमा तानिएको छ । जसका एनआरएनमाथि विभिन्न टिकाटिप्पणी भइरहेका छन् । 


Advertisment
Nabil box
Kumari

मन्त्री विष्टको आग्रह
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आप्रवासन क्षेत्र सुधारमा द्विपक्षीय तथा क्षेत्रीय सहकार्यका लागि आह्वान गरेका छन् । 

Vianet communication
Laxmi Bank

    संयुक्त अरब इमिरेट्स (युएइ)मा जारी अबुधावी डायलगको पाँचौँ मन्त्रिस्तरीय बैठकअन्तर्गत ‘अन्तर क्षेत्रीय सहकार्य’ विषयको उच्चस्तरीय छलफलमा भाग लिँदै उनले नेपालको एकल प्रयासबाट मात्रै आप्रवासन क्षेत्र सुधार हुन नसक्ने बताए । उनले द्विपक्षीय तथा क्षेत्रीय प्रयासबाट नै आप्रवासी कामदारले महत्वपूर्ण लाभ हासिल गर्नेमा नेपाल विश्वस्त रहेको बताए ।

    “मलाई विश्वास छ बिहीबारको छलफलले क्षेत्रीय परामर्श प्रक्रियाबीचको आपसी सहकार्यलाई अघि बढाउन सहयोग पु¥याउनेछ”, मन्त्री विष्टले भने । आप्रवासनको क्षेत्रमा देखिने गरी सुधार ल्याउन निरन्तर संवादको खाँचो रहेको उनको भनाइ थियो । 

    
धितोपत्र बजारमा झिनो सुधार

साताको अन्तिम दिन बिहीबार धितोपत्र बजारमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार शेयर कारोवार मापक नेप्से परिसूचक ०.७१ अङ्कले बढेर एक हजार १३७.७५ मा पुगेको छ । 

    यस्तै सेन्सेटिभ परिसूचक पनि ०.५४ अङ्कले बढेर २४९.१२ मा पुगेको छ । परिसूचक बढे पनि कारोवार रकम भने सामान्य नै रह्यो । स्टकका अनुसार बिहीबार कूल १६० कम्पनीका नौ लाख ९८ हजार कित्ता शेयर रु १८ करोड २९ लाख ९४ हजार ९०५ मा खरीद बिक्री भए । 

    कारोवार भएका कूल ११ उपसमूहमध्ये सात उपसमूहको शेयर बढे भने चार उपसमूहको शेयर घटे । बैंकिङ ०.७५ अङ्कले बढ्दा जलविद्युत् ३.७९, फाइनान्स २.४४, निर्जीवन बीमा ३६.८६, माइक्रो फाइनान्स २.७१, जीवन बीमा १३.०७ र सामूहिक लगानी कोषको शेयर ०.१ अङ्कले बढ्यो । यसैगरी होटल १.८८, विकास बैंक १०.१३, उत्पादन २.६९ र अन्य उपसमूहको शेयर २.६ अङ्कले घटेको छ । 

मन्त्रिपरिषद् बैठक निर्णय
मन्त्रिपरिषद बैठकले विभिन्न ११ वटा निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले सरकारी, सार्वजनिक, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरुको हिनामिना सम्बन्धी छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवीको छानविन समितिको म्याद मंसिर २८ गतेसम्मका लागि थप गरिएको छ । 

व्यवसाय सञ्चालनको सहज वातावरण निर्माणका लागि संस्थागत संरचना स्वीकृत गर्ने निर्णय गरेको छ । जसले बैंक व्यवसायको इन्डेक्समा सुधार ल्याउन बढाउन मद्धत पुग्ने सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । 

कार्तिक ५ र ६ गते काठमाडौंमा हुने नेपाल बंगलादेश वाणिज्य सहसचिव स्तरीय प्राविधिक समितिको चौथो बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा १५ सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । 

बाँके नेपालगञ्ज नगरपालिका वडा नम्बर २ का मृतक अधिराजकुमार शर्माका पिता जयलाल शर्मा अर्जेललाई १० लाख रुपैँया र काभ्रपलाञ्चोक पाँचखाल नगरपालिका वडा नं। ४ बस्ने सानुमाया लामालाई ३ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको छ ।  


अदालतको फैसलाले महसुल उठाउने बाटो खुल्यो 
    
ट्रङ्क र डिडिकेटेट लाइनको सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण र उद्योगी तथा व्यवसायीबीच देखिएको विवादलाई अदालतले नै निरुपण गरिदिएको छ । पाटन उच्च अदालतको फैसलापछि उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले बुधबार चार उद्योगीको विपक्षमा फैसला सुनाएको छ ।

    ट्रङ्क लाइनबाट लिएको विद्युत् महसुल बढी भएको र प्राधिकरणले गैरकानूनीरुपमा आफूहरुलाई महसुल लगाएको भन्दै उद्योगी अदालत गएका थिए । उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय नारायणप्रसाद पोखरेल र हरिप्रसाद पौडेलको संयुक्त इजलासले चार उद्योगको विपक्षमा फैसला सुनाएको हो । 

    बुधबार सर्वोत्तम सिमेन्ट प्रालि, लक्ष्मी स्टिल प्रालि, बुटवल सिमेन्ट र पाल्पा सिमेन्ट इन्डस्ट्रिज प्रालिको रिट निवेदन खारेज गरिदिएको हो । उनीहरुले रु ५२ करोड बराबरको महसुल प्राधिकरणलाई तिर्नुपर्ने भएको छ । उक्त इजलासका अनुसार सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल र बुटवल सिमेन्टले गत वैशाख १७ गते रिट दायर गरेका थिए भने पाल्पा सिमेन्टले गत जेठ २९ गते रिट दायर गरेको थियो । 

    प्राधिकरणले तय गरेको महसुल कानूनसम्मत नभएको र आफूहरु अन्यायमा परेको भन्दै उद्योगी अदालत गएका थिए । 

तीन महीनाभित्र निर्णय गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न हुने वा नहुने आदेश पाएको तीन महीनाभित्र निर्णय गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले बिहीबार मधेशको थरुहट आन्दोलनका क्रममा भएका घटनाको यथार्थ छानबिन गर्न बनेको सो आयोगको प्रतिवेदन सार्वजनिक गर्न हुने वा नहुने निर्णय गर्न आदेश दिएको हो । सर्वोच्च अदालतले गृह मन्त्रालयको सो आयोगको प्रतिवेदन सार्वजनिक गर्न मिल्ने हो होइन तीन महीनाभित्र निर्णय गर्न आदेश दिएको छ ।

सातवटै प्रदेशमा ट्रमा सेन्टर स्थापनाको तयारी
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशमा चोटपटक उपचार केन्द्र(ट्रमा सेन्टर) स्थापना गर्ने भएको छ ।  सडक दूर्घटना तथा विपद्मा परेकालाई विशेषज्ञसहितको उपचार गर्नट ट्रमा सेन्टर खोल्न लागेको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले जानकारी दिए । 

    विश्व ट्रमा दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले सो जानकारी दिँदै स्वास्थ्य क्षेत्रको गुणस्तरीय विकासका लागि बजेट, जनशक्ति तथा पूर्वाधारको अभाव रहेको चर्चा गरे । 

टेलिकमद्वारा अटम अफर 
नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर उपलब्ध गराउने भएको छ । टेलिकमले बिहीबार प्रेस विज्ञप्ति जारी गरी उक्त अफरअन्तर्गतको सेवा बिहीबारदेखि ९० दिनसम्म लिन सकिने व्यवस्था गरिएको जनाएको छ ।  

        यसअघि उपलब्ध समर अफरअन्तर्गतका प्याकेजमा केही थप सुविधासहित अटम अफर ल्याइएको छ । पहिले उपलब्ध भएका डे डाटा प्याक, डे भ्वाइस प्याक र एफटीटीएच कम्बो प्याकलाई परिमार्जन गरी अझै ग्राहकमैत्री बनाइएको छ । डे डाटा प्याकअन्तर्गत अब १० रुपैयाँमा बिहान ६ देखि बेलुकी ६ बजेसम्म एक दिनका लागि ८० एमबी डाटा चलाउन सकिने छ ।

डे भ्वाइस प्याकअन्तर्गत १० रुपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म गरी १०० मिनेट कम्पनीकै नेटवर्कमा भ्वाइस कल गर्न सकिने छ । एफटीटीएच कम्बो प्याकअन्तर्गत अन्य कम्बो प्याकको मूल्य उही भए पनि १५ एमबीपीएसको कम्बो प्याकको मूल्य भने घटाइएको छ । पहिलेको रु एक हजार २०० को प्याकलाई रु एक हजार, रु तीन हजार ४०० को प्याकलाई रु तीन हजार, रु ६ हजार ४०० को प्याकलाई रु पाँच हजार, रु पाँच सय र रु १२ हजार ३०० को प्याकलाई अब रु १० हजार ५०० मात्र पर्ने भएको छ ।

निगमको ओसाका उडान 
राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले ओसाका (जापान) उडानमा आशातित व्यापार गरेको छ ।

    निगमका प्रवक्ता गणेशबहादुर चन्दले निगमको ओसाका उडान नियमित भइरहेको र आशातित व्यापार गर्न सफल भएको जानकारी दिए ।  “निगमको ओसाका उडान नियमित भइरहेको छ । अक्टोबरबाट दुईतर्फी यात्रुको सङ्ख्या बढेको छ । यात्रुको सङ्ख्या प्रति उडान १५० देखि २०० सम्म हुने गरेको छ । यसले हामीलाई उत्साहित बनाएको छ”, उनले भने ।

निगमले वाइड बढी ए–३३० जहाजमार्फत जापानको ओसाका कन्साइ इन्टरनेशनल एयरपोर्टमा साताको दुई दिन मङ्गलबार र शनिबार उडान भर्दै आएको छ । निगमले सो गन्तव्यमा गत भदौ १२ गतेदेखि सिधा उडान सेवा शुरु गरेको थियो । शुरुका दिनमा यात्रुको कमी रहे पनि पछिल्लो समय यात्रुको अकुपेन्सी क्रमशः बढिरहेको र व्यापार पनि सन्तोषजनक रहेको निगमले जनाएको छ । नेपालमा पर्यटकीय याम शुरु भएकाले पनि जापानबाट आउने पर्यटकले गर्दा निगमलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ । 

    
हत्या गरी लुट्ने एक व्यक्ति पक्राउ

रुपन्देहीको रोहिणी गाउँपालिका–३ बैकुण्ठपुरमा एक महीना अघि दिउँसौ गोली प्रहार गरी रकम लुट्ने समूहको एक जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । लुटेरा समूहका व्यक्ति भारतबाट नेपाल प्रवेश गर्न लाग्दा विशेष सुराकीको आधारमा बुधबार बेलुका करीब ८ बजेको समयमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका तर्फबाट प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बिहीबार जारी गरेको प्रेस नोटमा जनाइएको छ । 

रुपन्देही शिद्धार्थनगर नगरपालिकाको–८ स्थित हिमालयन बैंकबाट गत भदौ २९ गते रु पाँच लाख रकम निकालेर घरतर्फ जाँदै गरेका ओमसतिया गाउँपालिका पटखौली निवासी महेन्द्रकुमार कुर्मीलाई गोली हानी रकम लुट्ने समूहका व्यक्तिलाई प्रहरीले नेपाल भारत सीमाबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

हत्या गरिएका पछि उक्त दिन पत्नी लक्ष्मी पाशी र सानो दूधे बालकसहित लु ९ प ८२३५ नम्बरको मोटरसाइकलमा चढी आफ्नो घर ओमसतियातर्फ जाने क्रममा रोहिणी गाउँपालिका–३ बैकुण्ठपुर हुलाकी सडकमा मोटरसाइलमा पिछा गर्दै आएका लुटेराहरुको समूहले करीब दिउँसो २ बजेको समयमा गोली हानी उक्त रकम लुटेर लगेको थियो ।

प्रहरीले उक्त हत्या तथा लुटपाटको घटनामा सङ्लग्न रहेका व्यक्तिहरू भारतबाट नेपालतर्फ प्रवेश गर्दैछन् भन्ने विशेष सूचनाका आधारमा बुधबार बेलुका ८ बजेको समयमा विशेष अनुसन्धान टोली जिल्लाको सिद्धार्थनगर नगरपालिका–२ स्थित मेउडिहवा फुलपुर भन्ने स्थानमा जाँच गर्ने क्रममा सेतो रङ्गको हेलमेट लगाई युपी ५३ डिबि ९९८३ नम्बरको कालो रङ्गको पल्सर मोटरसाइकल आएका भारतको गोरखपुर थाना कम्पियरगञ्ज मछरी गाउँ बस्ने वर्ष ४० को मनिष हरिजन (चमार) नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अख्तियारको नियन्त्रणमा 

     अख्तियार दुरुपोग अनुसन्धान आयोगले अस्थायी प्रहरी पोष्ट, कठुरधार महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक वृजेशप्रसाद चौधरीलाई रु १३ हजार घुस रकमसहित बिहीबार नियन्त्रणमा लिएको छ ।

    नेपाल भारत सीमा बजारबाट घरमा प्रयोग गरिने सामान खरीद गरी ल्याउन सहज गराइदिन्छु भनी सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको बर्दिबासबाट कार्यालयबाट खटिएको टोलीले निज चौधरीलाई नियन्त्रणमा लिएको हो । घुस रकमसहित कार्यालय परिसरबाट नियन्त्रणमा लिइएका चौधरीको अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x