×

NMB BANK
NIC ASIA

रौतहट 'नरसंहार'

आलमका छिमेकीको बयान : २२ जनालाई जिउँदै इँटाभट्टामा जलाएको दिन के–के भएको थियो ?

कात्तिक १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –चुनावमा बुथ कब्जा गर्न आफैंले बनाउन लगाएको बम विस्फोटमा परी घाइते भएका २२ जनालाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप लगेका कांग्रेस सांसद अफ्ताब आलम अहिले प्रहरी हिरासतमा छन् ।

Sagarmatha Cement
Muktinath Bank

जिल्ला अदालत रौतहटबाट ७ दिनको म्याद लिएर उनलाई प्रहरी हिरासतमा राखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरीको अहिलेको नेतृत्व १२ वर्षअघिको त्यस्तो घटनाको अनुसन्धानमा जुटेको छ जसलाई लुकाउन प्रहरीकै तत्कालीन जिल्ला नेतृत्वले भूमिका खेलेको आरोप छ ।


Advertisment
Nabil box
Kumari

जिल्ला प्रहरी कार्यालय रौतहट अहिले एसपी भूपेन्द्र खत्रीको नेतृत्वमा छ ।

Vianet communication
Laxmi Bank

उतिबेला सत्ता, शक्ति र पैसाको बलमा लुकाइएको घटना अहिले आएर सार्वजनिक भएको छ ।

आलमले त्यतिबेला हत्या गरेका मध्ये २ जना नेपाली भएको खुलेको छ । 

त्रिलोकप्रताप सिंह र ओशी अख्तर नाम गरेका ती दुई युवा आलमलाई चुनाव प्रचारमा सघाउन गएका थिए । 

विस्फोटमा घाइते भएका उनीहरूलाई बेहोश बनाउने सुइ लगाएर जिउँदै इँटाभट्टामा हालिएको पीडित परिवारको आरोप छ ।

त्यतिबेला भएको विस्फोटको घटनाका प्रत्यक्षदर्शीमध्ये एक हुन्, किरण साह ।

साह २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट रौतहट क्षेत्र नम्बर १ मा उम्मेदवार समेत बनेका थिए ।

आलमले चुनाव जित्दा राजपा सहितको मधेसी गठबन्धनका उम्मेदवार साह निकटतम प्रतिद्वन्द्वी थिए ।

२०६४ साल चैत २७ गते अर्थात् संविधान सभा चुनावको अघिल्लो दिन के भएको थियो ?

साहसँग गरिएको कुराकानीको सम्पादित अंश:

२०६४ साल चैत २७, ऐतिहासिक संविधान सभाको पहिलो चुनावको अघिल्लो दिन गाउँमा चुनावी रौनक थियो । 

औपचारिक प्रचारप्रसार सकिएपनि मतदानका लागि अन्तिम तयारी चलिरहेको थियो ।

रौतहटमा मेरो र अफ्ताब (पक्राउ परेका सांसद अफ्ताब आलम) को घर नजिकै छ, मुस्किलले ३ सय ५० मिटरको दूरीमा पर्छ । 

चुनाव हुनुभन्दा अघिल्लो दिन हामी घरमै थियौं, जुन दिन त्यो अकल्पनीय घटना भयो ।

साँझ करीब ६ बजेर १५ मिनेट जाँदा भयानक बम धमाकाको आवज आयो ।

मेरो घरबाट आगोको मुस्लो नै स्पष्ट देखियो ।

गाउँका अन्य मानिसहरूसँगै हामी पनि पानीको बाल्टिन बोकेर त्यतातर्फ लाग्यौं ।

त्यहाँपुग्दा घाइतेहरू छट्पटाइरहेका थिए । केही क्षतविक्षत भएका थिए ।

केहीका त शरीका टुक्राहरू नै पंखामा अड्किएका थिए । 

तत्काल जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय रौतहटमा खबर गर्‍यौं । 

जिल्ला प्रशासनमा दुर्गा सुवेदी प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रशासन कार्यालयमा एसपी लक्ष्मण न्यौपाने प्रहरी प्रमुख हुनुहुन्थ्यो ।

उहाँहरूले ल ठीक छ, हामी हेर्छौं भन्नुभयो ।

केही समयमा प्रहरी पुग्यो । प्रहरीले तत्काल घटनास्थललाई सिल गर्‍यो ।

स्थानीयलाई त्यहाँबाट बाहिर धपाइयो ।

घटनास्थल त सिल गर्नु त स्वभाविक थियो तर, प्रहरीकै संरक्षणमा घटनालाई दबाइयो ।

मृतक केहीलाई खाडल खनेर पुरे । घाइते अवस्थामा छट्पटाइरहेकाहरूलाई बेहोश बनाउने सुइ लगाएर इँटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाए ।

गाउँमा अफ्ताबको आतंक थियो । कोही बोल्यो भने बाँकी राख्दैनौं भन्थे ।

तिमीहरूको घरमा पनि त्यसैगरी बम विफोट गराइदिन्छु भनेर धम्की दिन्थे ।

पीडित परिवारका तर्फबाट जाहेरी दिन जिल्ला प्रहरी कार्यालय रौतहटका तत्कालीन एसपी लक्ष्मण न्यौपानेसमक्ष पुगेका थियौं, तर उहाँले जाहेरी लिन मान्नुभएन ।

पछि हामीले हुलाकमार्फत जाहेरी दियौं ।

जिल्ला सरकारी वकिलको कार्यालयमा सरकारी वकिल ध्रुवमणि अधिकारी थिए ।

उनले त्यो बेलामा वकिलले त्यो मुद्दालाई नचलाउने बताए ।

यहाँका जनताले यस्ता अपराधीलाई सर्वस्वहरण सहित जन्मकैद हुनुपर्ने अपेक्षा रोखका छन् ।

अर्कै थियो षड्यन्त्र !

उक्त स्थानमा बम बनाइँदै गरेको भन्ने जनाकारी जिल्ला प्रशासन कार्यलाय र जिल्ला प्रहरी कार्यलयमा तत्कालीन नेकपा एमालेका उम्मेदवार शैलेन्द्र साहले दिएका थिए ।

आफ्ताब आलमले सयजना भारतीय गुण्डाहरू ल्याएर बम बनाइराखेका छन्, सर्व साधारणलाई क्षति पुग्छ । चुनावको समयमा जनतालाई तर्साउने काम हुन्छ भन्दै शैलेन्द्र साहले निवेदन दिनुभएको थियो ।

त्यो बेलामा नेपाली कांग्रेसको सरकार थियो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । गिरिजाबाबुको छायाँमा हुर्केका अफ्ताब आलमले प्रशासनलाई हातमा लिएका थिए ।

विपक्षका जनतालाई तर्साउने, मार्ने अनि बूथ कब्जा गर्ने षड्यन्त्र गरिएको सूचना हामीले पाएका थियौं ।

चुनावका दिन पड्काउने गरी तयार गरिएको बम भण्डारण गरिएको स्थानमा चुरोटको ठूटो परेपछि अचानक विस्फोट भएछ । विस्फोटका कारण उसको पहिलो योजना विफल भएको थियो ।

पढ्नुहोस्, यो पनि : EXCLUSIVE– आलमले जिउँदै इँटाभट्टामा पोलेका पिन्टुका बुवाले खोले रहस्य, यस्तोसम्म भएको थियो !

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x