कारबाहीमा तालिबानका सहयोगी मारिए

कात्तिक १, २०७६

काबुल– अफगानिस्तानको तखार प्रान्तमा विशेष सुरक्षा फौजले गरेको कारवाहीका क्रममा तालिबान लडाकूका विशेष सहयोगी सलाहुद्दीन उर्फ इब्राहिमी मारिएका स्थानीय सञ्चार माध्यमले बिहीबार जानकारी दिएको छ ।

सलाहुद्दीन खासगरी आदिवासी नेताहरू लक्षित हमलामा संलग्न रहँदै आएको बताइएको छ । विशेष फौजले तखार प्रान्तमा गरेको एक अर्को छुट्टै कारबाहीका क्रममा नौ जना तालिबानी लडाकूलाई गिरफ्तार गरेको छ । 


ADVERTISEMENT

तालिबान लडाकू समूहले सुरक्षा बलले हालै गरेका यस कारबाहीको विषयमा केही टिप्पणी गरेका छैनन् । 

तालिबानले यस क्षेत्रको स्थायित्व र सुरक्षालाई चुनौती दिँदै वर्षौंदेखि अफगानिस्तानमा तैनाथ अमेरिकी फौज र अफगान सरकारविरुद्ध युद्ध गरिरहेको छ ।

राजनीतिक उथलपुथलका कारण इस्लामिक स्टेट्स र अल–कायदा जस्ता लडाकू समूहहरू देशैभरि सक्रिय छन् ।

केही महिनादेखि तालिवान र संयुक्तराज्य अमेरिकी विशेषदूतबीच वार्ता भइरहेका थिए, तर अमेरिकी राष्ट्रपतिले एकाएक वार्ता अन्त्य भएको घोषणा गरेपछि थप अन्यौल बढेको छ । 
 

कात्तिक १, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार