मंसिर ४, २०८०
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
रौतहट – रौतहट बम विस्फोटको एक सातासम्म भोकप्यासै नभनी छटपटाएका श्रीनारायण र रुक्साना खातुन त्यसपछि घटनाको निष्पक्ष छानबिन हुनुपर्ने भन्दै अगाडि आए ।
घटनाको ११ दिनपछि श्रीनारायण र रुक्सानाले आलमसहित ५ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिए । तर तत्कालीन एसपी लक्ष्मण न्यौपाने (जो पछि टीकापुरमा भएको आन्दोलनमा मारिए) ले उनीहरूको जाहेरी दर्ता गरेनन् ।
अख्तरकी आमा रुक्सना खातुन । उनको पनि हत्या भइसकेको छ । प्रत्यक्षदर्शी एवं पीडितका परिवार भने घटनाको राति नै एसपी न्यौपाने, तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारी र सशस्त्रका तत्कालीन एसपी रामकृष्ण लामा फरहदवास्थित गोठमा पुगेको दाबी गर्छन् । घटनाको भोलिपल्टै एसपी न्यौपानेले कान्तिपुरकर्मीलाई घटनै नभएको दाबी गरेका थिए ।
मानवअधिकारकर्मी, विपक्षी दल र सञ्चारकर्मीको चासो बढेपछि एसपी न्यौपानेले घटनास्थलको मुचुल्का उठाए तर जिप्रकामा रहेको घटनाको पुरानो फाइलमा न घटनास्थलको तस्बिर भेटिन्छ न अन्य घटनाको पूर्ण विवरण नै । घटनास्थलको भनिएको उक्त मुचुल्कामा बम विस्फोट भन्ने नै उल्लेख छैन । घटनापछिका दिनहरूमा प्रहरीको भूमिका शंकास्पद मात्रै होइन, शक्तिकेन्द्रमा रहेका आलमको स्वार्थ पूरा हुने गरी नाम मात्रको कागजी प्रक्रिया अगाडि बढाइएको देखिन्छ ।
घटनाबारे अनुसन्धान गर्नुपर्ने माग बढ्दै गएपछि एसपी न्यौपानेले २०६५ वैशाख १६ मा इँटाभट्टाको माटो र वैशाख १७ मा इँटा निकालेर परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएका थिए । कान्तिपुरसँग सम्पर्कमा आएका केही प्रहरी अधिकारीहरूले आलमको स्वार्थलाई बल पुर्याउने गरी तत्कालीन एसपी न्यौपानेले शव पोलिएको भन्दा फरक इँटाभट्टाको माटो र इँटा परीक्षणमा पठाएका थिए ।
मृतक ओसीकी आमा रुक्सानाले घटनाको केही दिनपछि विस्फोट भएको गोठ नजिकै छोराको स्वेटर, मोजा र जुत्ता फेला पारेकी थिइन् । उनले उक्त सामग्री प्रहरीलाई अनुसन्धानका लागि भन्दै दिएकी पनि थिइन् । तर आलमको राजनीतिक प्रभावमा परेको प्रहरी प्रशासनले घटनाको गम्भीर अनुसन्धान अगाडि बढाउनै चाहेन ।
आलम र उनका मान्छेहरूले श्रीनारायण र रुक्सानालाई अनुसन्धानका निम्ति बिन्ती बिसाउँदै नहिँड्न भन्दै कैयन् पटक धम्काए । ज्यानै मार्नेसम्मको धम्की पनि उनीहरूले कैयन् पटक पाए । श्रीनारायणले सुनाए, ‘पैसाको प्रलोभन दिएनन् कि, ठूलाबडासँग जोरी नखोज भन्दै धम्काएनन् कि ? के मात्रै गरेनन् तर मैले हरेस खाइनँ ।’ जाहेरी दर्ता नभएपछि उनीहरूले हुलाकबाट जाहेरी पठाए । आलमको शक्ति प्रभावमा परेको प्रहरीले अन्तमा मुद्दा दर्ता त गर्यो तर असार ९ गते नाटकीय शैलीमा एकै दिन पक्राउ पुर्जी जारी गरियो, पक्राउ गरियो र कर्तब्य ज्यान जस्तो गम्भीर मुद्दामा त्यही दिनमै अनुसन्धान सकेको नाटक गरेर सरकारी वकिलको कार्यालयमा मुद्दाको फाइल पेस गरियो । सरकारी वकिलको कार्यालयले उही रफ्तारमा त्यसै दिनै आलमसहित पाँचै जनालाई कागज गरेर हाजिरी जमानीमा छाडिदियो । सरकारी वकिलको कार्यालयको यही निर्णयलाई महान्यायाधिवक्ताको कार्यालयले २०६५ असार ३० गते सदर गरिदियो ।
एसपी न्यौपाने सरुवा भएपछि जिल्ला प्रहरीको नेतृत्व सम्हाल्न २०६५ साउन ६ गते एसपी जयबहादुर चन्द रौतहट आए । करिब चार महिना मात्रै जिल्ला प्रहरीको नेतृत्व सम्हालेका उनले यो मुद्दामा कपोकल्पित ब्यहोरा उल्लेख गरी ‘सम्मानित अदालतसमक्ष दर्ता गराउन दर्ता भएको रिट निवेदन खारेजभागी छ’ भन्दै सर्वोच्चलाई लिखित जवाफ पठाए । कर्तब्य ज्यान जस्तो गम्भीर प्रकृतिको मुद्दाको विस्तृत प्रकृति र विवरण नै नबुझी आखिर किन एसपी चन्दले त्यस्तो लिखित जवाफ सर्वोच्चलाई पठाए ? कान्तिपुरको यही प्रश्नमा उनले त्यसबारे आफूलाई पूरै जानकारी नभएको तर्क गरे । उनले भने, ‘मलाई यसबारे खासै यादै भएन । मैले आलमलाई किन जोगाउनुपर्यो र ?’ उनले शक्तिकेन्द्रको प्रभावमा परी आफूले आलमलाई जोगाउन लागिपरेको भन्ने आरोप वकबास भएको बताए ।
यति हुँदा पनि श्रीनारायण र रुक्सानाले हिम्मत हारेनन् । उनीहरूले सरकारी वकिलको कार्यालय र महान्यायाधिवक्ताको निर्णयउपर सर्वोच्च अदालत धाए । श्रीनारायण खेतीपातीको आयस्ताबाट जोगिएको बाटो खर्च बोकेर प्रत्येक महिना केही साताको अन्तरमा काठमाडौं धाउँथे । उनले औंला भाँचेर हिसाब सुनाए, ‘त्यसपछिका वर्षमा म ७२ पटक काठमाडौं धाएँ ।’
उनी र रुक्सानाले न्यायको याचना गर्दै कहिले पत्रकार सम्मेलन गरे, कैयन् पटक राष्ट्रिय मानवअधिकार आयोग धाए, कैयन् पटक अनेकन कानुन व्यवसायीसँग सहयोगको हात पसारे । महिनौंको दौडधुपपछि २०६९ जेठ १६ मा तत्कालीन न्यायाधीश सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले मुद्दा नचल्ने सरकारी वकिलको कार्यालय र महान्यायाधिवक्ता कार्यालयको निर्णय खारेज गरिदियो । विस्तर्त खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...