×

NMB BANK
NIC ASIA

बुटवल – बुटवल क्षेत्रमा युवाको प्रेरणाको स्रोत बनेकी छन् सीमा वन । अहिले रुपन्देहीको बुटवलस्थित कृषि विकास बैंक खस्यौली शाखा कार्यालय प्रबन्धक (प्रमुख) हुन् ।

Sagarmatha Cement
Muktinath Bank

गन्तव्य पहिचान नगरी भौतारिएका युवाका लागि आर्दशकी पात्र बन्न सक्छिन् उनी । २७ वर्षकै उमेरमा पहिलो पटकमै लोक सेवा आयोगले लिएको अधिकृत (सातौं तह) को परीक्षा उत्तीर्ण गरी सरकारी सेवामा प्रवेश गरेकी सीमा कम उमेरमै सरकारी बैंकको शाखा प्रमुख हुने महिलाको कर्मचारीमा पर्छिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवल उपमहानगरपालिका वडा नम्बर ९ निवासी ३४ वर्षीया सीमा अहिले बैंकको कार्यालय प्रमुख तथा उपसचिव (नवौं तह) की कर्मचारी हुन् । बैंकिङ क्षेत्रमा प्रवेश गरेको छोटो अवधिमै उनी उच्च पदीय जिम्मेवारी सफलताका साथ पूरा गरेकी छन् । ‘सफलताका लागि निरन्तर र नियमित रूपमा संघर्ष र मेहनेत आवश्यक पर्छ,’ वन भन्छिन्, ‘भाग्यमा होइन कर्ममा विश्वास गरेर सँधैं संघर्ष गरे सफलता टाढा छैन ।’


Advertisment
Nabil box
Kumari

उनले थपिन्, ‘कार्यालय प्रमुखको कार्यकक्षमा (कुर्चीमा) बसिरहेको अवस्थामा पनि सेवाग्राही आएर हाकिम सा'प कहाँ हुनुहुन्छ भनेर सोध्छन् । मलाई त्यो भनाइ सुन्दा झनै आनन्द लाग्छ । पाको मोटोघाटो र परिपक्क जस्तो देखिनेलाई कार्यालय प्रमुख हुन्छ भन्ने बुझाइ सेवाग्राहीको हुँदो रहेछ ।’

Vianet communication
Laxmi Bank

उनको कार्यालयमा २१ जना कर्मचारी छन् । जसमा धेरै पुरुष छन् । उनको निर्देशन सबै पालना गर्छन् ।

२०४१ सालमा बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १ मा निम्न वर्गीय परिवारमा जन्मिएकी हुन् सीमा । कक्षा ३ सम्म गाउँमै पढिन् । पढाइमा सँधैं अब्बल । सीमाको परिवार २०४९ मा बसाइसराइ गरी रुपन्देही झरेपछि सैनामैनास्थित रामापुर कलौनी, रामापुर माविमा कक्षा ८ सम्म अध्ययन गरिन् ।

कक्षा ९ मा उनी सैनामैनाकै सिद्धार्थ मेमोरियल एकेडेमी स्कूलमा भर्ना भइन् । सोही विद्यालयका एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरिन् । वन एसएलसीमा तत्कालीन दुधराक्ष गाविस प्रथम भएकी थिइन् । कक्षा ११ र १२ उनले सोही विद्यालयमा व्यवस्थापन विषय अध्ययन गरी रेगुलर रूपमा पास गरिन् । कक्षा १२ सकिँदै गर्दा उनी वैवाहिक जीवनमा बाँधिइन् ।

११/१२ उत्तीर्ण भएपछि बीबीएस अध्ययनका लागि उनी बुटवललस्थित लुम्बिनी वाणिज्य क्याम्पसमा भर्ना भइन् । बीबीएस प्रथम वर्ष अध्ययन गर्दै गर्दा उनको पहिलो सन्तानका रूपमा छोरा जन्मियो । बच्चाको रेखदेख, घरको कामले गर्दा उनी नियमित रुपमा कलेज गएर पढाइलाई निरन्तरता दिन सकिनन् । तर पनि घरमै बिहान बेलुका अध्ययन गरेर उनले बीबीएस नियमित रूपमा पास गरिन् ।

उनले एमबीएस पनि वाणिज्य क्याम्पसमै पढिन् । प्रथम श्रेणीमा एमबीएस उत्तीर्ण गरिन् । २०६७ सालमा लोक सेवा आयोगले कृषि विकास बैंकका लागि ३२ जना सातौं तहका कर्मचारी माग गर्‍यो । उनले परीक्षा दिइन् । पहिलो पटक नै नाम निकाल्न सफल भइन् । उनको गुल्मी सदरमुकाम तम्घासको कृषि विकास बैंकमा पोस्टिङ भइन् । एक वर्ष त्यहाँ वर्ष काम गरिन् । २०६८ मा बुटवल ट्राफिकचोकस्थित बैंकमा सरुवा भइन् । ५ वर्ष उनले त्यहाँ कर्जा शाखामा काम गरिन् ।

लोकसेवाले लिने आन्तरिक परीक्षा उत्तीर्ण गरी २०७४ माघ १३ गते कृषि विकास बैंक खस्यौली शाखा बुटवलको शाखा प्रमुखको रूपमा कार्यरत छिन् ।

उनी भन्छिन्, ‘महिलाहरू घरभित्र सीमित हुने र हाम्रो संस्कारले भान्सामा सुहाउने महिलाहरू बाहिर निस्कनु आफैंमा चुनौतीपूर्ण कार्य हो । घर परिवारको सपोर्ट नहुनु महिलाको सबैभन्दा ठूलो समस्या हो । यस्ता समस्याहरूलाई चिर्दै आफ्नो क्षमता विस्तारको लागि लाग्नु आवश्यक छ ।’

उनलाई यो स्थानसम्म पुर्‍याउन परिवारको ठूलो साथ र सहयोग छ । वनको अब बैकिङ क्षेत्रमा क्षमता विकास गर्दै बैंकको रिजनल लेबल डाइरेक्टर बन्ने लक्ष्य छ ।

उनले शाखाको नेतृत्व सम्हालेपछि बैंकले धेरै सूचकहरूमा सकारात्मक सुधार ल्याएको छ । बैंकमा निक्षेप संकलनमा शत प्रतिशतले वृद्धि भएको छ । शाखालाई देशकै उकृष्ट शाखाको रूपमा घोषित भएको छ । उनकै पहलमा बुटवलस्थित लुम्बिनी प्रादेशिक हस्पिटलमा एक्सेन्टर काउन्टर स्थापना गरिएको वनको भनाइ छ । वनले व्यवस्थापनको अध्ययन पूरा गरेर पढाइलाई छाडिनन् । एलएलबी अध्ययन पूरा गरी अधिवक्ताको लाइसेन्स पनि लिइसकेकी छन् । महिला र युवाको क्षेत्रमा केही गर्ने सोच उनको छ । उनी बैंकिङ इन्टरनल सेन्टर सञ्चालन, लोन सम्बन्धी तालिम पनि प्रशिक्षक हुन् ।

‘महिला हुनु आफैंमा हामी कमजोर होइनौं । हाम्रो अनि यो समाजको सोचलाई हामी आफैं परिवर्तन गर्नुपर्दछ । सुधारको कुरा हामी आफैंबाट शुरू गरौं । सोचलाई सकारात्मक बनाऔं । सफल हुन गाह्रो छैन । आफ्नो करिअर हामी आफैं बनाउने हो । त्यसप्रति तत्पर रहनुपर्दछ,’ सीमाले भनिन् ।

सरकारी बैंकको सेवा प्रवाहप्रति जनता सन्तुष्ट छैनन भन्ने  लोकान्तरको प्रश्नमा सीमा अहिले त्यस्तो नरहेको बताउँछिन् ।

‘केही वर्ष अगाडिसम्म सरकारी बैंक मालपोत, नापी र प्रशासन जस्तै अन्य विकल्प नै थिएन । अहिले निजी क्षेत्रका बैंकहरू छन् । तीव्र प्रतिष्पर्धा छ । सेवा राम्रो नभए सेवाग्राहीले विकल्प खोज्छन् । अहिले सरकारी बैंकहरूको सेवा राम्रो छ । एकपटक सेवा लिएर त हेर्नुहोस्,’ वनले भनिन् ।

सरकारी बैंकप्रति अहिले गुनासो नरहेको उनले सुनाइन् । उनले नेपाल राष्ट्र बैंकले थालेको हरेक नेपालीको बैंक खाता खोल्नुपर्ने निर्देशन, वित्तीय साक्षर हुने, पैसा घरमा होइन बैंकमा राख्ने बानीको विकास गरिनुपर्ने उनको भनाइ छ । उनका हाल दुई छोरा छन् । उनीहरू बुटवलस्थित न्यू होराइजन माविमा अध्ययनरत छन् । उनले आफ्नै कमाइले बुटवल राजमार्ग चौराहामा घर किनिसकेकी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x