×

NMB BANK
NIC ASIA

ओरालो यात्रामा शेयर बजार, ४ अंकले घट्यो नेप्से

कात्तिक ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोवर मापक नेप्सेको ओरालो यात्रा आज पनि कायम रह्यो । साताको आज पहिलो दिन नेप्से चार अङ्कले ओरालो लाग्यो ।

Sagarmatha Cement
Muktinath Bank

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०३ विन्दुले ओरालो लागेर एक हजार १३३.७१ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत ०.७७ विन्दुले घटेर २४८.३५ विन्दुमा पुगेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेप्से आरोलो लागेसँगै कारोवार रकममा समेत गिरावट आएको छ । कूल १२८ कम्पनीको चार लाख २१ हजार ४७४ कित्ता शेयर रु ११ करोड ३३ लाख ५९ हजार ९५६ मूल्यमा खरीद बिक्री भए ।


Advertisment
Nabil box
Kumari

स्टकले धितोपत्र नविकरण शुल्क नबुझाएका कारण शुक्रबारदेखि कूल ८१ कम्पनीको शेयर कारोवारमा रोक लगाएपछि त्यसको प्रभाव बजारमा समेत परेको हो ।

Vianet communication
Laxmi Bank

नियमानुसार नविकरण शुल्क नबुझाएका कारण स्टकले ती कम्पनीको शेयर कारोवारमा रोक लगाएको हो । 

कारोवार भएका कूल ११ उपसमूह कै शेयर ओरालो लागेको छ । बैंकिङ ३.९३, होटल ५.७, विकास बैंक २.६६, जलविद्युत् २.०५, वित्त ०.३४, निर्जीवन बीमा १६.७३, उतपादन १३.३३, अन्य २.७२, लघुवित्त २.५५, जीवन बीमा २३.३७ र सामूहिक लगानी कोष ०.३१ विन्दुले घटेको छ । 

कारोवारका आधारमा आज प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु एक करोड नौ लाख ४६ हजार ७३६ मूल्य बराबरको शेयर कारोवार भएको छ । यस्तै एभरेष्ट बैंक रु ७३ लाख ५४ हजार ६००, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ५४ लाख ५१ हजार ४८९, एनआइसिएशिया बैंक रु ४८ लाख ५० हजार २०१, कृषि विकास बैंक रु ४५ लाख ८८ हजार ९७८ बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहे । 

स्टकका अनुसार आज एनआइबिएल प्रगति फण्ड ३.८४, सानिमा माई हाइड्रोपार ३.२१, एनआइबिएल फण्ड एक २.७१, सबैको लघुवित्त वित्तीय संस्था १.९९ र एनआइसि एशिया ग्रोथ फण्डका लगानीकर्ताले १.९७ प्रतिशतले कमाए । 

यस्तै सिनर्जी पावर ५.३३, सिटी एक्सप्रेस फाइनान्स ४.३१, गुराँस लघुवित्त वित्तीय संस्था ३.६८, आँखु खोला जलविद्युत् कम्पनी ३.६८, प्राइम लाइफ इन्स्योरेन्स ३.४१ र हिमालयन डिस्ट्रिलरीका शेयरधनीले ३.१८ प्रतिशतले गुमाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x