×

NMB BANK
NIC ASIA

अदालतमा जे देखियो : इजलासमै आलमले सोधे – यो न्यायाधीश कस्तो हो ?

कात्तिक ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

गौर (रौतहट) – रौतहटमा नरसंहार गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद आफ्ताब आलमले गत असोज २६ गते पक्राउ परेर पहिलो पटक ७ दिनको थुना म्याद लिएको अवधिभित्र बयान दिएका थिएनन् ।

Muktinath Bank

आलमलाई दोस्रो पटक म्याद थपका लागि आइतवार रौतहट जिल्ला अदालत पुर्‍याउँदा पहिलेको जस्तै सिधै म्याद थप होला भनेर प्रहरीले अनुमान गरेको थियो । कात्तिक २ गते आइतवार ११ः४७ मा न्यायाधीश चानकमणि अर्यालको इजलाश बाहिर राखिएको सोफामा आलमलाई बसाइयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आलमलाई बिना हत्कडी, सांसदको लोगो लगाएको अवस्थामै अदालत ल्याइएको थियो । सेतो कुर्ता, पैजामा र कालो कोट सहितको पोशाकमा सांसदको लोगोमै उनलाई अदालत लगिएको थियो । सोफामा बसेको बेला उनका कानुनी सल्लाहकार आफ्ताब आलम (एउटै नाम) ले आलमलाई सल्लाह दिइरहेका थिए ।


Advertisment
Nabil box
Kumari

प्रहरीले तयार पारेको मिसिल इजलाशमा पुगिसकेको थियो । १९ मिनेट जति सोफामा बसेका आलम आफ्ना कानूनी सल्लाहकारसहित इजलाशभित्र प्रवेश गरे । त्यतिबेला न्यायाधीश आइसकेका थिएनन् । आलम इजलाश अगाडि वकिलहरू बस्ने कुर्सीमै बसे । एकपछि अर्को वकिलहरू आउँदै गए । केही समयपछि न्यायाधीश अर्याल इजलाशमा आए ।

Vianet communication
Laxmi Bank

न्यायाधीश अर्यालले सरसर्ती मिसिलको अध्ययन गरे । २ पटक बयान गर्दा आलमले बयान नगरेको भन्ने अनुसन्धान अधिकारीको पत्र पढेर न्यायाधीशले आलमलाई सोधे, ‘किन बयान नगर्नु भएको ?’ एक पटक बयान लिन आउँदा कानूनी सल्लाहकारसँग सल्लाह नगरेको र दोस्रो पटक आउँदा ‘ब्लड प्रेसर लो’ भएकाले बयान नदिएको आलमले जवाफ दिए । ‘आज बयान गर्न तयार छु’ भन्दै आलमले न्यायाधीशलाई जवाफ दिए ।

आलमको कुरा सुनेर न्यायाधीशले बयानका लागि थुनाको म्याद थप्ने कुरा गरे । त्यसपछि आलमका कानूनी सल्लाहकारले बहस गर्न माग गरे । बहसको तयारी शुरू भयो ।

न्यायाधीशले मिसिलमा २७ जना वकिलको वकालतनामा हेरेपछि सबैको परिचय पनि लिए । धेरै वकिल भएका कारण थप कुर्सी झिकाएर इजलाशलाई व्यवस्थित गरियो । वकिलसँगै बसेका आलमलाई दर्शक बस्ने बेन्चको बीचमा गएर बस्न न्यायधीशले आदेश दिए । म्याद हदको बहस नै गर्ने भनेपछि अदालतमा उपस्थित नभएका सरकारी वकिललाई समेत अदालतमा आउन सुरक्षाकर्मीलाई न्यायाधीशले अह्राए ।

दर्शक बीचमा आएर आलम बस्दा म छेउमै बसेको थिएँ । त्यो कुराको जानकारी आलमलाई थिएन । आरोपी आलमले छेउमै रहेका आफ्ना वकिल आलमलाई ‘यो न्यायाधीश कस्तो हो ?’ भनेर सोधे । वकिलले ‘अहिलेको समयमा यो न्यायाधीश ठीक हो’ भनेर जवाफ दिएपछि आलम आश्वस्त जस्तो देखिए । आलमले पटक–पटक घडीमा समय हेरिरहेका थिए ।
सरकारी वकिल आएपछि म्याद थपको बहस शुरू भयो । यसबीच दर्शकदीर्घामै मैले लोकान्तर प्रतिनिधि भएको जानकारी आलमलाई दिए ।

बहस सकिएपछि बाहिर प्रतिक्रिया दिनुहोला भनेर मैले भनेपछि आलमले ‘हुन्छ’ भनेर सहमति जनाए । ‘घटना भएको बेला नै सबै अनुसन्धान भइसकेको थियो । केही मानिसहरूलाई पक्राउ समेत गरेको थियो । मैले आफैंले पनि सरकारी वकिलको कार्यालय उपस्थित भएर बयान गरेको थिएँ । त्यसपछि जिल्ला सरकारी वकिल, उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधीवक्ताको कार्यालयले मुद्दा नै नचलाउने निर्णय गरेको हो,’ बहस चलिरहेकै बेला सानो स्वरमा आलमले लोकान्तरलाई भनिरहेका थिए । बहस चल्दै गर्दा ‘मेरा वकिलले दिएका तर्कबारे लेख्नुस् पत्रकारज्यू’ भनेर आलमले लोकान्तर प्रतिनिधिलाई भनिरहेका थिए ।

२०६४ सालमा नै अनुसन्धान भइसकेको, बयान कार्य समेत भइसकेकाले ‘अब के को बयान ?’ आलमका वकिलले प्रश्न गरिरहेका थिए । ७ दिनको म्यादमा पनि अनुसन्धान गर्न नसकेको प्रहरीले अब थप अनुसन्धानकै नाममा सांसद जस्तो व्यक्तिलाई प्रहरी हिरासतमा राख्न नमिल्ने भएकाले बिना बयान अभियोजन पक्षले अभियोगपत्र दर्ता गराउनुपर्ने वकिलको माग थियो । 

सरकारी वकिलले जवाफ दिने क्रममा फरार प्रतिवादी पक्राउ गर्न बाँकी रहेको, घाइतेको फरेन्सिक परीक्षण प्रतिवेदन आउन बाँकी रहेको, वारदातमा प्रयोग गरिएको ट्रयाक्टरको पहिचान भई सनाखतको काम हुन बाँकी रहेको, ज्यान मार्ने उद्योग, बम बिस्फोटको नयाँ मुद्दाहरू समेत परेकाले गम्भीर अनुसन्धानको कामका साथै प्रतिवादी आलमको बयान कार्य नै बाँकी रहेकाले म्याद थप आवश्यक रहेको बताए ।

करीब २ घण्टाजति बहस सकिएपछि न्यायाधीश अर्यालले बयान कार्यका साथै अन्य अनुसन्धानको कार्य गर्न प्रहरी हिरासतमा नै राख्न भनेर दोस्रो पटक ५ दिनको लागि म्याद थप गर्ने आदेश गरे । आदेशपछि बाहिरिने क्रममा आलमले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ‘घटना नै नभएको, झूटा मुद्दा दर्ता गरेर फसाउन खोजिएको, महान्यायाधीवक्ताको कार्यालयले नै मुद्दा नचलाउने निर्णय गरिसकेको’ संक्षिप्त प्रतिक्रिया दिएका थिए । 

आलमलाई प्रहरीले भ्यानमा लैजाँदै गर्दा अदालत बाहिर भेला भएका अनुमानित १ हजार समर्थकले आलमको पक्षमा नाराबाजी गरेका थिए ।

यो पनि पढ्नुस् –

सरकारी वकिलसामु आलमका ५ घण्टा : ३४ प्रश्न, जवाफ एउटै – केही भएकै छैन !

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x