×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री ओली भन्छन्– पहिले गीतमा देखाउँथ्यो, ४२ महिनामा त यताबाट छिरेर उता निस्किन्छ !

कात्तिक ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सडक यातायात नयाँ युगमा प्रवेश गरेको जिकिर गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको सोमवार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो जिकर गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलापहिला गीतमा देखिने कुरा ४२ महिनापछि वास्तविकतामा देखिने उनको जिकिर छ ।


Advertisment
Nabil box
Kumari

'पहिला–पहिला गीतमा काठमाडौंबाट यसो छिरेर उता हेटौंडा निस्केको देखाउँथ्यो,' प्रधानमन्त्री ओलीले भने, 'अब यता (नागढुंगा)बाट छिरेर उता (नौबीसे) निस्केको त ४२ महिनामा भइहाल्छ।'

Vianet communication
Laxmi Bank

टोखा–छहरे, बेत्रावती–स्याफ्रुबेसी सुरुङमार्ग पनि अध्ययनको चरणमा रहेको प्रधानमन्त्री ओलीले बताए ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा सोमवार विशेष कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले सुरुङमार्ग शिलान्यास गरेका हुन् ।

आयोजना ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । 

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइक) को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा साढे २ वर्ष अघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया शुरू भएको थियो ।

यसका लागि २२ अर्ब लाग्नेमा जाइकाले १६ अर्ब सहुलियत ऋण उपलब्ध गराउने छ भने नेपाल सरकारले आन्तरिक स्रोतबाट ६ अर्ब परिचालन गर्ने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।

प्रवेश मार्गसहित ५.५६ किमी सुरुङमार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने  विश्वास गरिएको आयोजनाका निर्देशक श्यामप्रसाद खरेलले बताए ।

उनका अनुसार आयोजना प्रभावित क्षेत्रमा मुआब्जा वितरणमै करीब ६ अर्ब खर्च हुनेछ ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भइरहेको र हालसम्म मुआब्जा वितरणको ८५ प्रतिशत काम सम्पन्न भएको उनले बताए । 

धादिङको धुनिवेशी नगरपालिका–९ का प्रभावितलाई मुआब्जा दिने निर्णय भइसकेको हुँदा छिटो वितरण प्रक्रिया पनि शुरू गरिने आयोजनाले जनाएको छ ।

यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि सुरुङ निर्माण भएपनि यातायात नै सञ्चालन हुनेगरी पहिलोपटक सुरुङमार्ग निर्माण हुन लागेको हो ।

उक्त मार्गमा दुईवटा साना ‘फ्लाई ओभर’समेत निर्माण गरिने आयोजना निर्देशक खरेलले बताए ।

सुरुङमार्गकै मुखमा र सतुंगलमा ‘फ्लाई ओभर’ बनाउन लागिएको छ । सडक पूर्वाधारमा यहाँ निर्माण हुन लागेको ‘फ्लाई ओभर’ पनि नेपालकै पहिलो हो ।

सुरुङमार्गका लागि असोज ६ गते जापानस्थित  हाजमा आङदो कर्पोरेशनसँग सम्झौता भएको थियो । 

सुरुङमार्गलाई जोड्न ३ किलोमिटर प्रवेश मार्गसमेत निर्माण हुनेछ । 

सोही परियोजनाअन्तर्गत स्थानीय उत्पादन संकलन केन्द्र (सर्भिस सेन्टर) समेत निर्माण हुने आयोजनाले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x