×

NMB BANK
NIC ASIA

ओलीसँगको खटपटबारे मुख खोले प्रचण्डले, अब नयाँ समझदारी गरेर अगाडि बढ्ने !

कात्तिक ५, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं – सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २ अध्यक्षबीच खटपट शुरू भएको समाचार आइरहेको समयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समझदारीमा अगाडि बढ्ने सहमति भएको बताएका छन् ।

Muktinath Bank

प्रचण्डले सोमवार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग २ घण्टा वार्ता गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाको जिल्ला कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि पाँचथर पुगेका प्रचण्डले कार्यक्रमस्थलमै आयोजित पत्रकार सम्मेलनमा ओलीसँग २ घण्टा बसेर समग्र स्थितिको समीक्षा भएको बताए । ‘हिजो मात्र पनि सम्माननीय प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र म २ घण्टा बसेर समग्र स्थितिलाई अब कसरी लाने भनेर समीक्षा गरेका छौं र एउटा समझदारीमा फेरि अगाडि जाने संकल्पसहित आएका छौं,’ प्रचण्डले भने, ‘अरु होहल्ला र प्रचारबाजीको भ्रममा नपर्न आग्रह गर्छु ।’


Advertisment
Nabil box
Kumari

पछिल्ला दिनमा प्रधानमन्त्री ओलीसँग प्रचण्डको असहमति रहेको समाचार प्रकाशमा आएका छन् । प्रचण्डले पार्टी एकताको बेलामा भएको सहमति अनुसार नै आफूहरू यहाँसम्म आएको बताए ।

Vianet communication
Laxmi Bank

‘सहमति कार्यान्वयन नभएको भए यहाँसम्म आउनै सक्दैनथ्यो । अरु सबै समझदारी महाधिवेशनसम्म कार्यान्वयन गर्दै जाने हो,’ पत्रकारको एक प्रश्नको जवाफमा प्रचण्डले भने । 

प्रचण्डले अहिलेसम्म आधार वर्ष भएपनि सरकारले बाँकी वर्ष विकास निर्माण र द्रूतगतिको हुने विश्वास व्यक्त गरे । प्रचण्डले मन्त्रिमण्डल हेरफेर गर्ने विषय प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय भएको टिप्पणी गरे । ‘यो प्रधानमन्त्रीको क्षेत्राधिकारको कुरा हो, प्रधानमन्त्रीले चाहँदा मन्त्रिपरिषद् हेरफेर हुन्छ, नचाहँदा हुन्न,’ प्रचण्डले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x