कात्तिक ८, २०८०
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
राजन पराजुली
उस्
फेरी आएछ निधार खाली बनाउने चाड
पोहोर साल झै यसपाली पनि
आगनको छेऊ भर सय पत्रि फूल टन्न फुलेको होला
बहिनी तिम्रा ति कमला हातले
फूलका गुच्छाहरू लाई सुम्सुमाउदै
आँखा देखि आकाश बाट पानी बर्सिए झै
आँशूका ढिकाहरूले
परदेसियको दाजुलाई सम्झि सम्झि
अनुहार पखालि रहेको होला
हर पल ति तिम्रा दुई नयनले
परदेशीयको दाजु कति बेला आउला भन्दै
बाटोमा टुलु टुलु हेरि रहेको होला
मन भित्र ठूलो पीडा बोकेर
आँखा भित्र आँशूको भेल लुकाएर
छर छिमेकमा देखावटी मुस्कान देखाएर
मुसुक्क हासेकी हौली
उस्
फेरी आएछ निधार खाली बनाउने चाड
दादा परार पनि खालि भयो निधार
पोहोर पनि उस्तै खालि भयो निधार
यस पटक त हजुरले मेरा खालि निधारमा
सप्त रंगि टिकाले भरि दिनु हुन्छ नि हगी
तिमिले आँशू खसाउदै फोनमा भनि रहदा
मेरो निधारमा साँहुकोमा बन्धकि राखेको
गैरि खेत झल झल टल्कि रहेको थियो
दादा यस पटक त सयपत्रि फूल
ओईलाउदैन नि
तिमिले फोनमा यी शब्द बोलि रहदा
मेरा दुई आँखा अगाडि झल झल
आमाको फाटेको गुनियो टल्कि रहेको थियो
उस्
फेरी आएछ निधार खाली बनाउने चाड
घरको नजिक रहेका सयपत्रि फूल
मखमली फूल अनि रेडियोमा गुन्जीएको
तिहारे गितहरूले तिम्रो मुटु भक्कानाई दिने छ
मझेरीको कुनामा बसि रहेको बेला
घर अगाडिको बाटो हुदै छिमेकी परदेसी दाजु
ठूलो झोला बोकेर आएको देख्दा
तिम्रा आँखाले एक्कासी मलाई सम्झिएर
मझेरीमा आँशूको ठूलो भेल बग्ने छ
ओ ए,
दाजुभाइ लाई तिहारमा दिनको लागि
समान किन्न जाउन तिम्रा साथिले भन्दा
तिम्रो मुटु भक्कानिए आउने छ
बहिनी तिमि उता खालि निधार लियर
रूदै रूदै भौतारिने छौँ
यता म खालि निधार टल्काउदै
साँहुकोमा पसिना बगाई रहने छु
उस्
फेरी आएछ निधार खाली बनाउने चाड
मेरो खाली गलामा फूलको माला होईन
हर बखत साँहुले तेरो दाईले रिण कहिले तिर्छ
भन्ने शब्द अड्कि रहन्छ
जब सामाजिक संन्जालमा तिहारको रमझम देख्छु
सयपत्रि फूल देख्छु, मखमलीको माला देख्छु
सप्त रंगि टिकाहरू देख्छु
मेरो यो मन भारी भयर आउछ
हतपत बहिनी तिम्रो तस्वीर निकालेर
आँखाबाट बरर् आँशूका ढिका बगाउछु.........
चितवन
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...