मंसिर ११, २०८०
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
कात्तिक ११, २०७६
काठमाडौं - नेपालीहरूको महान् चाड तिहार नजिकिँदै छ । नेपालीहरूलाई यतिबेला तिहारको रौनकले छाएको छ । घरहरू सिंगारिएका छन् । घर-घरमा बालिएको झिलिमिली बत्तीले तिहारलाई उल्लासमय बनाउँछ ।
दिदीभाइ तथा दाजुबहिनीबीचको सम्बन्धलाई प्रगाढ बनाउने चाडको रूपमा लिइने तिहार गीतसंगीत क्षेत्रमा लागेका कलाकारहरूलाई पनि राम्रैसँग लागेको छ ।
गीतसंगीतमा लागेका कलाकारहरूको तिहार योजना के छ ? कसरी मनाउँदै छन् ?
शिरीष देवकोटा,लोकगायक
लोकगायक शिरीष देवकोटालाई धेरैले रोइला मास्टर भन्छन् । उनका अधिकांश रोइला हिट छन् । शिरीषलाई तिहार मनपर्ने चाड हो ।
पाल्पाका शिरीष धेरैवर्षपछि आफू जन्मेहुर्केको ठाउँ पुगेका छन् । गाउँको मन्दिरमा अखण्ड हरिकिर्तन हुने भएकाले उनी शनिवार त्यसतर्फ गए । अनि आफूले खेलेको, पढेको ठाउँ डुले ।
'बुटवलमा दोहोरी गीत प्रतिष्ठानको भैलो कार्यक्रम छ । त्यसमा उपस्थिति जनाउँछु,' तिहार योजनाबारे उनी भन्छन्, 'त्यसपछि घर गएर सामूहिक टिका लगाउने योजना छ ।'
शिरीष पैसा हारजित हुने गरी तास कहिल्यै खेल्दैनन् । भन्छन्, 'तिहारको दिन दाजुभाइ, मामाहरूसँग बसेर तास खेलिन्छ । हारजितका लागि नभइ विशुद्ध मनोरञ्जनका लागि तास खेल्छौं ।'
सम्झना भण्डारी,लोकगायिका
पछिल्लो समय निकै व्यस्त र चर्चित गायिका हुन् सम्झना भण्डारी । वैदेशिक रोजगारीको कथा बोकेको 'कपलु कोरेर' गीत अहिले गुञ्जिरहेको छ ।
गायिका सम्झना भण्डारी तिहारमा काठमाडौंमै हुन्छिन् । जन्मघर लमजुङ नजाले उनले बताइन् ।
'तिहारमा काठमाडौं नै हुन्छु । घरतिर जान्नँ,' तिहार योजनाबारे उनी भन्छिन्, 'तिहारअघिका कार्यक्रमहरू सकेर काठमाडौं फर्किए । तिहारका बीचमा हुने कार्यक्रममा कतै जादिनँ ।'
सुनिल गिरी,गायक
लोकपप गायक सुनिल गिरी 'को होला त्यो' मार्फत स्रोतादर्शकमा चिनिएका छन् । उनले गाएका अधिकांश गीत हिट छन् । पछिल्लो समय बजारमा उनको 'यात्री' आएको थियो । जसले पर्यटन प्रवर्द्धनका लागि केही हदसम्म सहयोग पुर्याउने छ ।
यसवर्षको तिहार गिरीले पोखरामा मनाउनेछन् । तिहार योजनाबारे उनी भन्छन्- पोखरामा बहिनी छिन् । त्यसैले यसवर्ष टिका पोखरातिरै लगाउने कुरा छ ।
तिहारअघिदेखि तिहारपछिसम्मै उनी कार्यक्रममा व्यस्त हुन्छन् । भन्छन्- देउसीभैलो खेल्दिनँ ।
तास भने उनी कहिल्यै पनि खेल्दैनन् ।
सम्झना लामिछाने मगर,लोकगायिका
'फूल फुलेर पहेँलै भयो'बाट चर्चामा आएकी गायिका सम्झना लामिछाने मगरलाई यसवर्ष तिहारले खासै छोएको छैन ।
हजुरबुबाको देहावसान भएका कारण उनले तिहार मनाउन पाउने भइनन् ।
भन्छिन्, 'हामी दु:खमा छौं । टिका लाउन भएन । सम्पूर्ण नेपालीलाई तिहारको शुभकामना दिँदै सबैको भलो चिताएर बस्छु अब ।'
विक्रम परियार,लोकगायक
'चौतारीको बर'बाट चर्चामा आएका गायक हुन् विक्रम परियार ।
परियार यतिबेला लोकदोहोरी प्रतिष्ठान उपत्यका समन्वयन समितिले आयोजना गरेको भैलो खेलिरहेका छन् । उनी लोकदोहोरी प्रतिष्ठान उपत्यका समन्वयन अनामनगर इकाइका सहसचिव पनि हुन् ।
तिहार योजनाबारे उनी भन्छन्, 'तिहार काठमाडौंमा मनाउँछु । घर जाँदिनँ होला । तिहारलगत्तै दुई वटा कार्यक्रमहरू छन् । त्यसमै सहभागी हुन्छु ।'
शर्मिला गुरुङ, लोकगायिका
३५ सयभन्दा बढी गीत गाइसकेकी शर्मिला गुरुङलाई तिहारको रौनकताले छोइसकेको छ । रानीघाटैमा, बल्लै भो भेट, राम्दी पुल, मेरो माया छ भने राधालगायत हिट गीत दिएकी शर्मिलाले यस वर्षको तिहार काठमाडौंमै मनाउँदैछिन् ।
तिहार योजनाबारे उनी भन्छिन्, 'तिहार काठमाडौंमा नै मनाउँछु । भाइ अस्ट्रेलिया छ ।'
तरपनि उनले तीन-चार जनालाई टिका लगाउनेछिन् ।
आफू राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले आयोजना गर्ने देउसी भैलोमा सहभागी हुने उनले बताइन् ।
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...