कात्तिक २४, २०८०
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
खस्यौली – रुपन्देहीको बुटवलस्थित आन्तरिक राजस्व कार्यालयबाट व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या बढ्दै गएको छ ।
हालसम्म कूल ६० हजार ३५२ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिएको कार्यालयले जनाएको छ । प्यान लिने संख्यामध्ये चालू आर्थिक वर्षको २०७६/०७७ को कात्तिक १५ गतेसम्म झण्डै ७ महिनाको अवधिमा २८ हजार ६८४ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर ९प्यान० लिएको आन्तरिक राजस्व कार्यालय बुटवलका प्रमुख कर अधिकृत अर्जुन ढकालले जानकारी दिए ।
व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेमा अधिकांश सरकारी कर्मचारी भएको बताइएको छ । विक्रम संवत् २०७६ असार मसान्तसम्म व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या ३१ हजार ६६८ रहेको छ ।
‘सरकारले यसलाई व्यवस्थापन गर्न खोजेकाले पनि प्यान अनिवार्य भएको छ,’ उनले भने । व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या पनि बढ्दै गएको छ ।
हालसम्म ५२ हजार २३२ ले व्यावसायिक प्रयोजनका लागि स्थायी लेखा नम्बर (प्यान) लिएका छन् । उक्त संख्यामध्ये चालू आव २०७६/०७७ को कात्तिक १५ गतेसम्म ४ हजार ९९२ जनाले व्यावसायिक प्यान लिएका छन् । विक्रम संवत् २०७६ असार मसान्तसम्म ४७ हजार २४० जनाले व्यावसायिक प्रयोजनका लागि स्थायी लेखा नम्बर लिएका छन् ।
मूल्यअभिवृद्धि कर (भ्याट) मा हालसम्म ८ हजार ६३९ जनाले दर्ता गराएका छन् भने विक्रम संवत् २०७६ कात्तिक १५ सम्म १ हजार २७० जनाले दर्ता गराएका छन् । हालसम्म भ्याटमा दर्ता गराउनेको संख्या ७ हजार ३६९ रहेको छ ।
स्थायी लेखा नम्बर (प्यान) आयकर, मूल्यअभिवृद्धि कर एवं अन्तशुल्क सम्बन्धी सबै कारोबारको लागि प्रयोग हुने बताइएको छ ।
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...