कात्तिक १३, २०८०
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
रमेश भट्टराई ‘सहृदयी’ –
एकजना घनिष्ट मित्रले हातमा थमाइदिनुभयो “आदिबिम्ब” नामको पुस्तक । फुर्सद नभएरै निकै दिन यत्तिकै थन्क्याएर राखेको रहेछु । शीर्षक नियालें अहो ! मानिसको सभ्यता नियालिएछ क्यार । फेरि पुस्तकको बाहिरी आवरणमा नै सानो अक्षरमा लेखिएको रहेछ “राउटे बस्तीका कथा” । थाहा भयो, मेरा मित्र तथा नव साहित्यकार रामकृष्ण आचार्य ‘विशेष्य’ ले प्लाटिनम पब्लिकेसनबाट यो ऐतिहासिक गाथाको कथा बोकेको पुस्तकलाई बजार ल्याइसक्नुभएको रहेछ । मानव सभ्यतालाई, इतिहासलाई, हाम्रा आदिपुस्तालाई सम्झेर राउटे जातिको अवस्थालाई बडो सान्दर्भिक चर्चा गरिएको रहेछ ।
खुसी लाग्यो प्रा.डा. यादवप्रकाश लामिछाने सर जसले समाजको विसङ्गतलाई शल्यक्रिया गर्ने खुबी राख्नुहुन्छ– उहाँको विचार रहेछ । साथमा प्रा.डा. शुष्मा आचार्य जसको लेखनीले नारीत्व आभालाई समाजसँग तिखार्ने असीम कला राख्छ । आदरणीय गुरु तथा साहित्यकार डा. मधुसूदन गिरीको कलमी विश्लेषणलाई नियालेँ । आदरणीय गुरुहरूका साथमा प्रा.डा. रामचन्द्र लम्सालको विचार भावना पढेपछि आदिबिम्बको मूल बिम्बभित्रको महत्तालाई केलाएँ । तब लाग्यो लेखक आचार्यको यो आदिबिम्ब साँच्चै नवीन र यथार्थ साहित्यको एउटा पृथक आलोक हो ।
मानिसले सभ्यतासँग सिकेका रहस्य अमूल्य छन् । राउटेका कथा जुन समाजमा उस्तो प्रदर्शित थिएनन् जसलाई कथाकार आचार्यले बाहिर ल्याएर एउटा नौलो कार्य गर्नुभयो । सबैले थाहा पाउनुपर्ने विषयवस्तुलाई कथात्मक आयाम दिनुभयो । समाजलाई आदिम सभ्यताको धरातलमा टेकेर आडम्बररहित हुने बिम्बलाई बोध गराउन यस कृतिले हामी सबैलाई आग्रह गर्यो । भनौँ– मानवता र बाध्यताबिचको विश्वास र अन्धविश्वासका राम्रा नराम्रा विषयको चर्चाले सकारात्मक सोचतिर आकर्षित बन्नलाई कृतिले सुझायो ।
एउटा सभ्यता खोतलेँ ‘राउटेको बिहे’ शीर्षकमा – राउटे मुखिया दुलहादुलहीलाई भन्दै थिए “बिहे गरेपछि नुहाउनुपर्छ । खोलामा गएर नुहाऊ । नयाँ छाप्रो बनाउन लगाउँछु । त्यसैमा गएर बस । सात दिनसम्म काममा लगाउँदिन ।”
आहा ! मधुमास मनाउने बिदा । राउटे संस्कृतिले त न्याय दियो । मानवतालाई ओकल्यो । आवश्यकताभित्र दाम्पत्य जीवनको रहस्य खोतेलेको पो रहेछ ।
अर्को शीर्षक रहेछ ः मुखिनीको मृत्यु । हात–खुट्टाका लामा नङ, सिँगान चुहाउँदै खाना खाएका प्रसङ्गले बाल्यकाल र गरिबीको उत्कर्षमा म आफैंलाई विगततिर फर्काइदियो । आचार्यको लेखकीय कलासँग डुल्दै थिएँ । चस्स दुख्यो ! – मुखिनीले दोस्रो पटक पनि छोरी जन्माउँदा मुखियाले भने रे “छोरीलाई घाँटी निमोठेर मारिदेऊ ।” प्रकृतिको खुला आकाशमा जीवन जिउनेले आखिर लिङ्गभेद किन गरे ? तिनमा त अमानवीय स्वभाव पो रहेछ । खिन्न लाग्यो । तर फेरि असिनाले पिरोल्यो । मुखिनीको मृत्यु भएछ । सबै रोए तर जङ्लमै लासलाई गाडेर गन्तव्यहीन यात्रामा निस्केको कथा रहेछ । आखिर जीवन त गन्तव्यहीन छ । आपूmसँग तुलना गर्न मन लाग्यो – काठमाडौँ आयो । कोठा खोज्यो । फेरि सर्यो । घरबेटीले के भनछन्, के मिल्दैन । फेरि अन्तै सर्यो ।
“तिमीहरू घरमा बस्न्या मुन्छे जङ्गलमा बस्न हुनैन ।” राउटेसँग बास माग्दा यत्तिसम्मको मानवीय आदर हुँदो रहेछ । लाग्यो शिक्षितहरूभन्दा त अशिक्षितले मानवतालाई बोध गर्ने रहेछन् । हो, बच्चाले राउटे ‘र’ भनेर सिकोस् तर राउटेको जङ्गली जीवन एउटा आदिम सभ्यता हो जुन आजसम्म छ । मैले सुनेको थिएँ, सरकारले घर बनाइदिन्छु, तलब दिन्छु भन्यो तर राउटेको राजाले मानेनन् रे । विलासिता रुचाएनन् रे ।
प्रेम पनि क्या गजबको । राउटेको जङ्गली प्रेम भित्र सभ्यता खोज्दा प्रेम विवाह त अस्वीकृत पो हुँदो रहेछ । दुःख लाग्यो । आखिर किन राउटेहरू पनि सभ्यतामय प्रेम चाहँदा रहेछन् । प्रेम विवाह भएमा चारपाटा मुडेर राउटे बस्ती घुमाइदिँदा रहेछन् फेरि प्रेम र इज्जतको धब्बा पढेर पनि सभ्यताभित्र विरोधाभास देखियो ।
अर्को पक्ष भने राम्रो लाग्यो मादल बजाएर नाच्दा रहेछन् । सङ्गीतको प्रेम सभ्यता हाम्रो इतिहास रहेछ क्यार । मुखियासँग ननाचेकाले मुखियाले भनेछन् – “जङ्गल हाम्रै हो...... मुखियासँग नाच्न अप्ठेरो मान्नुपर्दैन ।” फेरि प्रजातान्त्रिक नेतृत्वको आदर्शताभाव पनि त रहेछ । मुखियाले बालबच्चालाई प्रेम गरेको विषय आहा ! दिलचस्पी लाग्यो ।
कथाको गाँठो खुल्दै गयो । अनि तिनीहरूको इच्छा कस्तो हुन्छ ? लेखकीय भावमा आचार्यले सायद राउटे विचारको भावना ओकलेछन् । राउटे बनेर पनि सभ्यता खोतलेछन् । “केटी माग्न जाँदा खसीको मासु लिनुपर्छ ।” चलन बदलिएछ राउटे युगमा । समय बलवान छ । पहिले बाँदर गुनाको मासुले काम चलाइन्थ्यो रे । अहिले बाउआमा खसीको मासुमा लोभिएर पग्लिने कथाले अर्को सभ्यता दर्शायो । पसले कहाँ हातैले नापेर कपडा लिनुपर्ने तिनको स्केल पद्धति अझै अनौठो लाग्यो ।
तर, मुखियाका विरुद्धमा बोल्यो भने त सर्वश्वहरणसहित समाज बहिष्कार हुनुपर्ने रहेछ । छाप्रो भत्काइदिए रे । लालाबालाको बिजोक तुल्याएको कथाले पीडा बोध भयो । तर, हृदयको आवाजले साँच्चै छोयो । जयबहादुरको कथा जसले प्राण त्याग्न चाहेर पनि बाँच्ने आँट गर्यो । राउटेहरूको संवेदनाभित्र मानवताको आभास भएको रहेछ ।
राउटेहरू त वास्तवमा कलामा निपुण रहेछन् । काठका सामान बनाउने रहेछन् । अलिकति आदिमतापरक भएकाले हुँदो हो सायद, झारफुक र तन्त्रमन्त्रको विश्वास रहेछ । भूतप्रेतादि धपाउने र वनदेवीलाई खुसी बनाउने परम्परा रहेछ । आखिर हामीमा पनि त छ । केही सभ्यता पछि परे पनि तिनले आधुनिकतासँग सम्बन्ध जोड्न खोजिरहेका छन् । केही विकृति, केही सभ्यता । केही बेथिति, केही आदिमता । केही उत्तरआधुनिक अध्ययनको विषय बडो कलात्मक लाग्यो ।
अलि अर्को कोणबाट आदिबिम्बभित्र राउटे जातिका महिलाको दमनलाई पोखिएको रहेछ । अझ मन पोल्यो । अहो ! कस्तो विडम्बना ! सुत्केरी अवस्थामा पनि चिसो भुइँमा सुत्नुपर्ने बाध्यता किन बनाइयो ? बालविवाहका व्यथा, विधवा नारी माथि भएका बलात्कारका कुत्सित घटना झनै दर्दनाक लाग्यो । अनि फेरि हेरेँ भाउजू बेहोर्ने चलन । तर, स्वेच्छाले नारी अधिकार सुरक्षित नभएको दर्द भेटेँ । ‘निर्वस्त्र छाउ’ शीर्षकको कथाले रजस्वला हुँदा महिलाको दुरावस्थाको चित्रण साथमा राउटेको छोरो धनबहादुरको अत्याचारले प्रतिशोधको आभा उम्लियो ।
अर्को पक्षमा मन गयो । अलिकति कार्ल माक्र्सको साम्यवादको सिँढीमा वर्गीय द्वन्द्वको झझल्को रहेछ । दासतामय शासनले राउटे समाजमा अन्याय हुँदो रहेछ । राउटे राजाले आधा शरीर ढाकेर, आधा पेट खाएर राउटे मुखिया रिझाउने कथा “राउटे जागरण” नामक शीर्षकले मनमा पीडाको फोहरा उठ्यो । अर्को कथाले अन्याय भएको महसुस भयो – प्रधानमन्त्रीको भेटघाटले कस्तो अनुभूत गरायो भन्ने प्रश्नमा – ...कस्तै लाग्न्या छैन । कसैले रुपियाँ दियाका छैनन् । रुपियाँ दिया भन्या राम्रै लाग्न्या छ । दोहोरो अप्ठ्यारो विचार भेटियो । एकातिर कताकता दयाको भावनालाई, कलालाई प्रोत्साहन पनि गरेको अर्कोतिर नारी शोषण र तल्ला वर्गको श्रमको शोषण गरिने कठोर शासनपद्धति जुन उनीहरूको समुदायकै कानुनी पभाव रहेछ क्यार ।
निष्कर्षतः बीसवटा शीर्षकका पृथक प्रसङ्गले सजिएको पुस्तक ‘आदिबिम्ब’ ले राउटे र राजनीति, राउटे र आजको मानव, राउटे र सभ्यता आनि आजको समाजलाई बोलेको भेटिन्छ । परिवर्तन छ, उत्तरआधुनिक समाजको एउटा धुमिल सिरा पनि छ । तर, मान्छेको जीवनशैली र सोचभित्रको बेथिति छ । पितृसत्तात्मक शोषक चरित्रलाई अशिक्षा र व्यवस्थाले गाँजेको दुर्दशा भेटिन्छ । अतः आदिबिम्ब साँच्चै मानवीय सभ्यतालाई स्मरण गराउने र एक पिछडिएका जातिको अवस्थालाई अध्ययन गरी कथात्मक रूप दिइएको पुस्तक हो । यति हुँदाहुँदै पनि कथाकारले राउटे जातिको इतिहास, विकासक्रम र रहनसहनका विषयलाई सचित्र वर्णन, केही तथ्यको प्रमाण पेस गर्दै समाज र संस्कृतिलाई, केही शैलीलाई छर्लङ्ग बनाउने हो भने सुनमा सुगन्ध हुने अपेक्षा गर्न सकिन्छ ।
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...