×

NMB BANK
NIC ASIA

अयोध्याले यसरी बदल्यो भारतको राजनीति

कात्तिक २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अयोध्या भूमि विवादमा भारतको सर्वोच्च अदालतले गरेको फैसलाले भारतमा ठूलो सामाजिक तथा राजनीतिक महत्त्व राख्छ । यो फैसला दक्षिणपन्थी सरकार सत्तामा रहेको बेलामा आएको छ ।

Muktinath Bank

दक्षिणपन्थी सरकार बहुमतका साथ सत्तामा विराजमान हुनका लागि अयोध्या भूमि विवादको ठूलो हात छ । अलिकति इतिहासतिर फर्कौं ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले राजनीतिमा वर्चस्व जमाएको भारतीय जनता पार्टीले राम मन्दिरको मुद्दा उठाउँदा उसको स्थिति अहिलेको कांग्रेसको भन्दा पनि रद्दी थियो ।


Advertisment
Nabil box
Kumari

सन् १९८४ को आमनिर्वाचनमा कांग्रेसले ४०४ लोकसभा सीट जितेको थियो र ४९ प्रतिशत भोटशेयरका साथ राजीव गान्धी प्रधानमन्त्री बनेका थिए । त्यतिखेर भाजपाले जम्मा ८ प्रतिशत भोट ल्याएको थियो र जाबो दुई सीट जितेको थियो । 

Vianet communication
Laxmi Bank

त्यतिखेरको स्थितिबाट अहिलेको स्थितिमा आइपुग्दा भारतको राजनीतिमा वैचारिक परिवर्तन पनि देखिएको छ । समाजशास्त्रीहरूहरूको मान्यता छ : सन् १९८० को दशकको अन्त्यतिरबाट शुरू भएको रामजन्मभूमि आन्दोलनले देशमा दक्षिणपन्थी विचारधारालाई मूलधारमा ल्याउन सहयोग गरेको हो । पूर्व प्रधानमन्त्री राजीव गान्धीका दुईवटा निर्णयले यस विचारलाई बल दिए । 

पहिलो निर्णय शाहबानोका बारेमा थियो । सर्वोच्च अदालतले तलाकमा परेकी मुसलमान महिला शाहबानोलाई उनका पतिले गुजारा भत्ता दिनुपर्ने निर्णय गरेको भए पनि राजीवले त्यसलाई पल्टाइदिएका थिए । उक्त निर्णय मुसलमान कट्टरपन्थीहरूलाई खुशी गर्न लिइएको स्पष्ट थियो । 

यस निर्णयपछि उनी राजनीतिक जटिलतामा फस्दै गए । 

त्यसपछि उनले अर्को निर्णय लिए । उनले मुसलमानहरूको भावनालाई आफूले महत्त्व दिएको देखाएपछि हिन्दूहरूलाई पनि उत्तिकै महत्त्व दिएको देखाउन सन् १९८६ को फेब्रुअरी महिनामा बाबरी मस्जिदको विवादित परिसरको ताल्चा खोल्ने आदेश दिए अनि हिन्दूहरूलाई पूजा गर्नका लागि मार्गप्रशस्त गरे ।

सन् १९८६ मा पत्रकार नीरजा चौधरीले लेखेकी थिइन्, ‘चुनावी लाभका लागि दुवै समुदायको तुष्टीकरणको नीतिमा सरकार अघि बढिरहेको छ । यो एक किसिमको दुष्चक्र हो र यसलाई भत्काउन गाह्रो पर्छ ।’

विवादित परिसरको ताल्चा खोलिएपछि हिन्दू अतिवादीहरू उत्साहित भए । अनि उनीहरूले त्यहाँ रामजन्मभूमि मन्दिरको माग राख्दै आन्दोलन शुरू गरे । 

यसलाई तीव्र रूपमा अघि बढाउनका लागि विश्व हिन्दू परिषद्, राष्ट्रिय स्वयंसेवक संघ र भारतीय जनता पार्टीले देशभरिबाट राम शिला भन्दै इँटाहरू मगाउन थाल्यो । गाउँगाउँबाट इँटा पुजेर अयोध्या पठाइयो । ती इँटाहरू राम मन्दिर निर्माणमा लगाइने भनियो । त्यससँगै धेरै मानिसहरू सन् १९८७ मा दूरदर्शनमा प्रसारित रामायण धारावाहिकले पनि हिन्दूहरूलाई जागृत गराउन योगदान गरेको बताउँछन् । 

तर राजनीतिशास्त्रका विद्वान् इम्तियाज अहमद यसभन्दा अलिक भिन्न धारणा राख्दै देशको मूलधारमा दक्षिणपन्थको उदय सन् १९७० को दशकमै भएको बताउँछन् । उनी भन्छन्, ‘त्यस समयमा आरएसएस र उसको विचारधारालाई भारतीय राजनीतिमा अछुत मानिन्थ्यो । तर जेपी आन्दोलनका बेलामा संघ विपक्षी दलहरू नजिक आयो । संकटकाल लगाइँदा संघका नेताहरू पनि जेल गए । त्यहाँबाट नै दक्षिणपन्थी विचारधारा राजनीतिको केन्द्रमा आउन थाल्यो ।’

अनि लालकृष्ण आडवाणीको रथयात्राले यसलाई थप उचाइ दियो । 

इम्तियाज अहमद भन्छन्, ‘राजीव गान्धीले ताल्चा खोल्न लगाएर गलत काम गरे होलान् तर त्यो एक घटना मात्र थियो । ताल्चा नखोलिएको भए पनि दक्षिणपन्थी शक्तिहरूले दबाब दिनका लागि तयारी गरिरहेकै थिए ।’

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x