कात्तिक १७, २०८०
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
काठमाडौं – भारतको सर्वोच्च अदालतले शनिवार राम मन्दिर निर्माणको पक्षमा फैसला दिएपछि मन्दिर निर्माण कहिलेसम्म होला भन्ने जिज्ञासा धेरैले राखेका छन् ।
विश्व हिन्दू परिषद्ले ३० वर्षअघि नै गुजरातका आर्किटेक्ट चन्द्रकान्त भाई सोमपुरालाई राम मन्दिरको नमूना तयार पार्न लगाएको थियो । चन्द्रकान्तले मन्दिर निर्माणको काम ५० प्रतिशत पूरा भइसकेको बताएका छन् ।
दुई हजार कालीगढले दिनको १० घन्टा काम गरेमा साढे दुई वर्षमा मन्दिर निर्माण पूरा गर्ने उनको भनाइ छ ।
चन्द्रकान्तका हजुरबुवाले गुजरातमा सोमनाथ मन्दिर निर्माण गरेका थिए । सोमपुरा परिवार पुस्तौंदेखि मन्दिर निर्माण कार्यमा खटिएको छ ।
चन्द्रकान्तले भने, ‘हाम्रो काम हेरेर नै ३० वर्षअघि परिषद्ले हामीसँग सम्पर्क गरेको थियो । अशोक सिंघलले हामीलाई मन्दिरको नमूना बनाउन भनेका थिए । त्यतिखेरै नमूना बनाइयो अनि चट्टान मिलाउने काम गर्न थालियो । मन्दिरको डिजाइन तयार पार्न ६ महिना लाग्यो । हामीले ६ पटक भिन्न भिन्न डिजाइन तयार पार्यौं । त्यसपछि सिंघल र उनको टोलीलाई नागर शैलीले बनेको डिजाइन मन पर्यो ।’
उनले भने, ‘भारतमा मन्दिर तीनवटा शैलीमा बन्ने गरेका छन् ः नागर, द्रविड र बैसर । राम मन्दिर नागर शैलीमा बनाइनेछ । उत्तर भारतमा यसकै प्रचलन छ । यस शैलीका मन्दिरको विशेषता भनेको आधारदेखि शिखरसम्म चतुष्कोणीय हुन्छ । राम मन्दिरको डिजाइन विशेष छ । यसको परिक्रममा वृत्ताकार हुन्छ भने गर्भगृह अष्टकोणीय हुन्छ । दुईतल्ले मन्दिरमा भुइँतल्लामा मन्दिर र माथिल्लो तल्लामा रामदरबार हुन्छ । त्यसका खम्बाहरूमा देवीदेवताका आकृति बनाइनेछन् । गुम्बदको काम पूरा भएको छैन, समय लाग्नेछ ।’
राम मन्दिरमा फलाम उपयोग गरिने छैन । निर्माणमा लगभग १०० करोड भारु खर्च लाग्नेछ । मन्दिरको चौडाइ १५० फीट, लम्बाइ २७० फीट र गुम्बदसम्मको उचाइ २७० फीट हुनेछ ।
एजेन्सी
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...