×

NMB BANK
NIC ASIA

यस्तो हुनेछ अयोध्या फैसलाको राजनीतिक असर

कात्तिक २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकालको ६ महिनाभित्रमा दशकौंदेखि समस्याका रूपमा रहेका दुईवटा विषयको समाधान भएको छ । 

Muktinath Bank

अगस्ट ५ मा जम्मु–कश्मीरबाट धारा ३७० लाई खारेज गर्ने फैसलापछि नोभेम्बर ९ मा अयोध्या भूमि विवादका विषयमा सर्वोच्च अदालतको फैसलापछि भारतीय जनता पार्टीलाई आफ्नो एजेन्डामा गम्भीर रहेको भन्ने मौका प्राप्त भएको छ । वर्षौंदेखि यसलाई चुनावी घोषणापत्र बनाइएकोमा अहिले त्यो साकार भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोदीले विगत ६ महिनामा तीन तलाकलाई दण्डनीय अपराध बनाएका छन् अनि जम्मु–कश्मीरलाई दिइएको विशेष दर्जा खोसेका छन् । सर्वोच्च अदालतको ताजा फैसलाबाट अयोध्यामा राम मन्दिर निर्माणको मार्गप्रशस्त भएको छ । 


Advertisment
Nabil box
Kumari

अयोध्यामा राम मन्दिर बनाउनका लागि मिति नतोकेकोमा भाजपाको आलोचना हुँदै आएको थियो र अहिले ऊ आरोपमुक्त भएको छ । अयोध्या फैसलालगत्तै झारखण्ड र दिल्लीमा गरी दुई राज्यमा चुनाव हुन लागेको छ ।

Vianet communication
Laxmi Bank

राजनीतिक विश्लेषकहरूले ती दुई राज्यमा भाजपाले भारतको सबभन्दा पेचिलो विषयलाई संवैधानिक सीमामा रही टुंगोमा पुर्‍याउन आफू सफल भएको बताउने सम्भावना रहेको बताएका छन् । त्यहाँ स्थानीय मुद्दाहरू त छन् तर चुनावमा राम मन्दिरको मुद्दाको पनि प्रभाव पर्नेछ । 

तर सन् २०१९ को लोकसभा चुनावमा बहुमत ल्याएको भाजपाले धारा ३७० लाई भजाएर महाराष्ट्र र हरियाणामा आफ्नै बलबुतामा सरकार बनाउन सकेन । त्यसरी हेर्दा झारखण्ड र दिल्लीमा हुने चुनावमा राम मन्दिरको विषय कत्तिको प्रभावकारी होला भन्ने प्रश्न आफ्नै ठाउँमा छ । 

भाजपाको हिन्दूत्वमा आधारित राजनीति चलिनैरहने राजनीतिक विश्लेषकहरूको अनुमान छ । उसले अब समान नागरिक संहिता, नागरिकता संशोधन कानून, जनसंख्या कानून लगायतका कुरालाई मिलाउनुपर्नेछ । यी मुद्दामार्फत भाजपाले हिन्दूत्वलाई थप मजबूत गर्ने अवसर प्राप्त गर्नेछ । 

नागरिकता संशोधन विधेयक कानून बन्यो भने अफगानिस्तान, बंगलादेश र पाकिस्तानका हिन्दू, सिख, बौद्ध, जैन, पारसी र इसाइ धर्म मान्ने अल्पसंख्यक समुदाउका मानिसले भारतमा नागरिकता पाउन सक्छन् । 

सर्वोच्च अदालतको फैसलापछि भाजपाले अब राम मन्दिरलाई मुद्दा बनाउन नपाउने भएकाले कांग्रेसले उत्तर प्रदेशमा आफूलाई फाइदा पुग्ने आकलन गरिरहेको छ । सन् १९८६ मा विवादित स्थानमा पूजा गर्ने प्रक्रिया आफूले शुरू गराएको भए पनि सन् १९९२ मा बाबरी मस्जिद ध्वस्त पारिएपछि कांग्रेसले हिन्दीभाषी क्षेत्रमा नोक्सानी खेप्नुपरेको थियो । 

राजीव गान्धी सरकारमा मन्त्री रहेका केके तिवारीले भने, ‘भाजपाको उदय अयोध्या आन्दोलनकै कारण भएको हो । तर भाजपाले यसको फाइदा अब उठाउन सक्दैन किनकि अदालतको फैसलाबाट यसको अन्त्य सदाका लागि भइसकेको छ ।’

मोदी सरकारलाई विपक्षीहरूले आर्थिक सुस्तता र बढ्दो बेरोजगारीको मुद्दा उठाएर घेरिरहेको बेलामा अयोध्या फैसला आएको छ । अयोध्याको छिनोफानो भएपछि कांग्रेसले फेरि एकपटक रोजगारी, कृषि र अर्थतन्त्रको विषयमा सरकारमाथि आक्रमणको मौका पाएको छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x