कात्तिक १९, २०८०
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
शरीरका कुनै क्षेत्र यस्ता संवेदनशील हुन्छन्, जहाँ पटक–पटक हात लगाउँदा विभिन्न संक्रमण हुनुका साथै रोग नै लाग्न सक्छ । एक्सपर्टका अनुसार यस्ता अंगमा अतिआवश्यक समयबाहेक पटक–पटक
हात लगाउनुहुँदैन :
कानमा कहिल्यै पनि औँला वा अरू वस्तुले पटक–पटक घोच्नुहुँदैन । मेडिसिन आफ युएससीको हेड एन्ट नेक सर्जरीका प्रमुख प्रोफेसर नोन के निपार्कोलेभ नेकाले भनेका छन्, ‘कानमा औँला या कुनै चिजले खोतल्दा झिल्ली फाट्ने सम्भावना अत्यधिक हुन्छ ।’
छाला रोग विशेषज्ञ अदनान नसिरले भनेका छन् कि तपाईंले अनुहार सफा गर्दा वा क्रिम लगाउँदाबाहेक आफ्नो पञ्जालाई अनुहारबाट टाढा राख्नुस् । किनभने, हातलाई जस्तोसुकै ठाउँमा पनि राख्न सकिन्छ, त्यसैले हातमा रोगका जीवाणु सर्छन् । त्यस्तो हातले पटक–पटक अनुहार छुँदा बिरामी हुने र थकान बढ्ने समस्या हुन सक्छ ।
पुछ्ने र धुने समयबाहेक नितम्बमा कहिल्यै पनि हात राख्नुहुँदैन । हार्वरब्यु मेडिकल सेन्टरको आफ्टर केयर मेडिकल डाइरेकटर एमडी जेयर्ड डब्लू क्लेनले भनेका छन्, ‘नितम्बमा पटक–पटक छुँदा खराब व्याक्टेरियाका कारण समस्या सिर्जना हुन्छ । यदि नितम्बलाई छुन आवश्यक परेमा पहिले राम्रोसँग हात धुन जरुरी छ ।
आँखमा कसिंगर परेको अवस्था या सफा गर्ने समयबाहेक हात राख्ने गर्नुहुँदैन । आँखामा पटक–पटक छुँदा रोगका जीवाणु प्रवेश गर्छन् । जसले आँखामा इन्फेक्सन हुने खतरा हुन्छ । आँखालाई मिच्ने पनि गर्नुहुँदैन ।
मुखमा औँला राख्ने बानी पनि गर्नुहुँदैन । एउटा रिसर्चले भनेको छ कि एक घन्टाको समयमा मानिसले औसत २३ दशमलव ६ पटक औँला मुखमा राख्ने गर्छन् । व्यस्त समयमा पनि ६ दशमल ३ पटक मुखमा औँला राख्ने मान्छेको बानी हुन्छ । तर, यसो गर्दा मानिसमा एकतिहाइ रोगको संक्रमण प्रवेश हुने अध्ययनले देखाएको छ ।
हस्पिटल एपिडेमायोलजी जर्नलमा २००६ मा प्रकाशित नाक, कान र घाँटीबारे अध्ययनले नाकमा औँला राख्दा शरीरमा स्टेफाइलोकाक्स ओरस नामक ब्याक्टेरिया प्रवेश गर्ने सम्भावना हुन्छ, जुन निकै खतरनाक मानिन्छ । जसले शरीरमा कैयौँ इन्फेक्सन गराउँछ ।
नङभन्दा तलको छालामा पनि कैयौँ ब्याक्टेरिया हुन्छन् । ब्रिटिस छाला रोग केन्द्रका विशेषज्ञ डेविड डे बर्करले भनेका छन्, ‘नङलाई सधँ छोटो राख्न आवश्यक छ । यसो गर्दा उक्त स्थानमा हुने ब्याक्टेरियाको मात्रालाई घटाउँछ । र, नङमा भएको फोहोर हटाउन जहिले पनि नेल ब्रसको प्रयोग गर्नुपर्छ ।
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...