कात्तिक २४, २०८०
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
काठमाडौं –नेपाली भूभाग कालापानीमा ५७ वर्षदेखि भारतीय सुरक्षा फौजको परेड चलिरहेको छ । सन् १९६२ मा अर्धसैनिक बलको ब्यारेक स्थापना गरेको भारतले आफ्नो फौज विस्तार गर्दै अहिले तीन स्थानमा आठ क्याम्प खडा गरेको छ ।तर, कालापानी, लिपुलेकलगायतका संवेदनशील सीमा क्षेत्र हेर्ने नेपाल प्रहरीका चौकीहरू भने ६ महिनामा विस्थापित हुन्छन् । कालापानीबाट १८ किलोमिटर दक्षिणमा रहेको व्यास गाउँपालिका–१ छाङरुस्थित सीतापुल प्रहरी चौकी केही हप्तामै विस्थापनको तयारीमा छ ।
छाङरुबाट १२ किलोमिटर पूर्व (चीन)तर्फ रहेको व्यास–१ कै टिंकरस्थित छियालेक चौकीका प्रहरी ५ कात्तिकमै सीतापुल झरिसकेका छन् । अब दुवै चौकीका प्रहरी व्यास गाउँपालिका–२ राप्लास्थित दुम्लिङ चौकी झर्दै छन्, जुन कालापानीबाट ६३ किलोमिटर दक्षिणमा छ । यो छियालेक र सीतापुलका प्रहरीलाई हिउँदका ६ महिना राख्न स्थापना गरिएको अस्थायी चौकी हो । दुम्लिङमा प्रहरी नायब निरीक्षक (सइ)को कमान्डमा १३ प्रहरी कार्यरत छन् ।
यो वर्ष हिउँ पर्न थालेपछि टिंकरमा कार्यरत प्रहरी सीतापुल झरेको बझाङका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र जोशीले बताए । थप जाडो हुँदै गएपछि त्यहाँबाट पनि तल दुम्लिङमा झर्ने उनले बताए । यद्यपि, सीमाविवाद आएपछि सो क्षेत्रमा मनिटरिङ निर्देशन दिइएको उनको भनाइ छ । यीबाहेक कालापानीबाट निकै टाढा दक्षिणतर्फ हिकिला, धौलाकोट, सुन्सेला, हुती र ब्रह्मदेव चौकी छन् ।
खलंगामा नेपाली सेना र सशस्त्र प्रहरीको एक–एक गुल्म छन् । तर, सदरमुकामबाट टिंकरसम्म सडक अवरुद्ध हुँदा यो वर्ष गस्ती नै निस्किएको छैन । भारतले महाकाली नदीकिनारमा सडक बनाउँदा नेपालतिर दुम्लिङदेखि छाङ्ग्रुसम्मको करिब ६० किलोमिटर बाटो पूर्ण रूपमा अवरुद्ध छ । यहाँका नागरिक भारतीय बाटोबाट आवतजावत गर्न बाध्य छन् ।
भारतीय सुरक्षा फौज भने कालापानीबाट पनि अघि बढेर टाटा क्षेत्रसम्म गस्तीमा आइरहन्छन् । सीमा क्षेत्रको भारतीय बजार धार्चुलाबाट नेपालको कालापानी क्षेत्रसम्म भारतले भने १५ स्थानमा २८ क्याम्प बनाएर सुरक्षा फौज तैनाथ गरेको छ । २० क्याम्प भारततर्फ छन् भने आठ क्याम्प नेपाली भूमी गुँजी, कालापानी र नाभिढाङ अतिक्रमण गरेर राखेको छ ।
भारतको व्यापार प्रतिनिधिसमेत बस्ने गुँजी क्षेत्रमा एसएसबी, कुमाउँ स्काउटको भारतीय सेना र सिख बटालियन तैनाथ छन् । कालापानीमा आइटिबिपी (इन्डियन तिबेतियन बोर्डर पुलिस), एसएसबी र भारतीय सेनाका दुई गुल्म छन् । कालापानीबाट लिम्पियाधुरातर्फ नाबिढाङमा आइटिबिपी र भारतीय सेनाको एक गुल्म तैनाथ छन् ।
गुँजी, कुटी र नाबी गाउँ ०१८ सम्म नेपालले जनगणना गरेको क्षेत्र हो । ती नेपाली नागरिकका बस्ती थिए । बस्ती त अहिले पनि छन्, तर नागरिक सबै भारतीय बनाइएका छन् । नेपालमा मालपोत तिरेका ती गाउँ अहिले भारतीय कब्जामा छन् । विभिन्न सुविधाको ललिपप चखाउँदै नेपालीलाई भारतीय नागरिकता दिलाइएको छ । अहिले पनि उनीहरूलाई रासनदेखि ग्यास, यातायातलगायतमा सुलभ सुविधा छ । धार्चुलासम्म आउजाउ गर्न हेलिकोप्टरको सुविधा दिएको छ ।
धार्चुलातर्फबाट कालापानी क्षेत्रको प्रवेशद्वार छियालेक (भारततर्फ) मा हेलिप्याडसहितको कुमाउ स्काउटको भारतीय सैनिकको गुल्म र एसएसबीको क्याम्प छ । छियालेकबाट तीन किलोमिटर उत्तरतिर पर्ने गब्र्याङमा आइटिबिपी र एसएसबीको क्याम्प छ । छियालेकबाट उत्तरतिर कालापानीसम्म भारतीय सैनिकले नियमित गस्ती गर्छन् । पछिल्लोपटक ५ कात्तिकमा भारतीय सेनाका लेफ्टिनेन्ट जनरल आइएस घुमानले यो क्षेत्र भ्रमण गरेका थिए । नेपालतिरबाट पाकिस्तानी आतंककारीहरूको घुसपैठ हुन सक्ने भन्दै एक महिनादेखि सीमाक्षेत्रमा क्षेत्रमा भारतीय सैनिकहरूको संख्या बढाइएको छ । भारतीय सैनिक क्याम्पमा सामान बोक्ने भरियाहरू छियालेकमा सैनिक संख्या थपिएको बताउँछन् । नयाँ पत्रिकामा खबर छ ।
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...