×

NMB BANK
NIC ASIA

बिग मर्जरमा बैंकहरू छैनन् इच्छुक : मर्जरमा जानेलाई ०७८ असारसम्म विशेष सुविधा

कात्तिक २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –वाणिज्य बैंकहरूबीच मर्जर (बिग मर्जर) गराउने राष्ट्र बैंकको प्रयास सफल हुनेमा शंका देखिएको छ ।

Muktinath Bank

सबै वाणिज्य बैंकहरूले मर्जरमा जान तयार रहेको प्रतिबद्धता राष्ट्र बैंकलाई व्यक्त गर्दै आएका छन् । तर, हालसम्म एकजोडीबाहेक अन्य कुनैको पनि औपचारिक प्रक्रिया अगाडि बढेको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘असोजको पहिलो सातासम्म प्रतिबद्धता आइरहेको थियो,’ राष्ट्र बैंकका सहप्रवक्ता गोविन्द नागिलाले भने, ‘हामीले यसबीचमा सम्पर्क गर्दा केहीले सञ्चालक समितिमा प्रस्ताव लगेको त केहीले छलफल चलिरहेको बताएका छन् ।’ 


Advertisment
Nabil box
Kumari

राष्ट्र बैंकले मर्जरमा जाने बैंकहरूलाई केही सहुलियत पनि दिएको छ । कृषि, ऊर्जा, पर्यटन क्षेत्रमा तोकिएको कर्जा पु-याउनुपर्ने अवधि, कर्जा र निक्षेपको ब्याजदर अन्तर ४.४ पु-याउनुपर्ने अवधि, चुक्ता पुँजीको २५ प्रतिशत अनिवार्य ऋणपत्र निष्कासन अवधिलाई बढाइएको छ । मर्जरमा जानेले ०७८ असार मसान्तसम्म यी काम गर्दा हुने सुविधा छ । जबकि अन्यलाई चालू आवभित्रमा पूरा गर्नुपर्ने व्यवस्था छ । 

Vianet communication
Laxmi Bank

यति मात्र होइन, शाखा विस्तारमा राष्ट्र बैंकको अनुमति लिनुनपर्ने, मर्जरमा जाने संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृतलगायतले ६ महिना नभई अन्य संस्थामा जान नपाउने प्रावधानसमेत लागू नहुने सुुविधा दिएको छ । यस्तो सरकारी सहुलियतका बाबजुद पनि बैंकहरू भने मर्जरमा जान चाहिरहेका छैनन् । ‘मौद्रिक नीति आउनुअगाडि बैंकहरू जति तातिएका थिए, पछिल्लो समय अवस्था त्यस्तो छैन,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, ‘सायद मौद्रिक नीतिले स्वैच्छिक निर्णय गर्न खुला छोडेकाले पनि हो ।’

हुनत बिग मर्जरको चर्चा आउनेबित्तिकै यसको विरोध भएको थियो । यसले बैंकिङ पहुँच घट्ने, ठूला बैंकहरू हुँदा कुनै एकमा समस्या आए सम्पूर्ण अर्थतन्त्र नै धराशायी हुन सक्नेसमेत बताएका थिए । यहीकारण राष्ट्र बैंक दबाबमूलक मर्जरको नीतिबाट पछि हटेको थियो । यद्यपि, राष्ट्र बैंकले केही समयअघिसम्म अप्रत्यक्ष रूपमा दबाब भने जारी नै 
राखेको थियो । 

 गुमेको अवसर 
राष्ट्र बैंकले ७ साउन ०७२ मा मौद्रिक नीति जारी गर्दै वाणिज्य बैंकलगायतको चुक्ता पुँजी ४ गुणासम्म वृद्धि गर्न निर्देशन दिएको थियो । मर्जर गराउने अन्तरनिहित उद्देश्यअनुसार चुक्ता पुँजी वृद्धिको प्रावधान ल्याइएको बताए पनि त्यसमा राष्ट्र बैंकले अडान छाडेपछि वाणिज्य बैंकहरूले या त साना संस्था मर्ज गरेर या स्वपुँजी हालेर पुँजी पु-याए । बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजी वृद्धि गर्न सो अवधिमा मात्रै ७० अर्बबराबरको हकप्रद सेयर र ९ अर्ब रुपैयाँबराबरको प्राथमिक सेयर निष्कासन गरेका थिए । नयाँ पत्रिकामा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x