माघ १८, २०८०
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
कात्तिक २५, २०७६
काठमाडौं– प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले कालापानी, सुस्ता लगायतका क्षेत्रमा देखिएका सीमा समस्याको समाधान कूटनीतिक पहलमार्फत गरिने बताएका छन् ।
संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको राज्य व्यवस्था समितिका सदस्य समेत रहेका प्रचण्डले समितिको सोमवारको बैठकमा यस्तो बताएका हुन् ।
भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा कालापानी, लिपुलेक तथा लिम्पियाधुरा लगायत नेपाली भूमि समेत परेपछि त्यसै सम्बन्धमा छलफल गर्न समितिको बैठक बसेको हो ।
समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत बोलाइएपनि उनी स्वास्थ्यको कारण देखाउँदै उपस्थित भएनन् ।
बैठकमा प्रचण्डले भारतले नयाँ नक्सा जारी गर्दा लामो समयदेखि विद्यमान नेपाल–भारत सीमा समस्या समाधानका लागि सकारात्मक स्थिति बनेको दाबी गरे ।
नेपालका तर्फबाट भएका एकाधबाहेकका प्रधानमन्त्रीहरूको भ्रमणमा यस विषयमा कुरा उठ्ने गरेको प्रचण्डको जिकिर छ ।
'यो सीमासम्बन्धी समस्या लामोसमयदेखि नेपाल र भारत बीचमा छलफल हुँदै आएको विषय हो । नेपाल सरकारका तर्फबाट पटक–पटक भएको प्रधानमन्त्रीहरूको भारत भ्रमणमा यस विषयमा छलफल हुने गरेको हो,' प्रचण्डले भने ।
कालापानी र सुस्तामा देखिएको सीमा समस्याको कुरा प्रधानमन्त्रीहरूको जोइन्ट स्टेटमेन्टमा पनि उल्लेख हुने गरेको स्मरण उनले गराए ।
'पछिल्लोपटक आइपुग्दा धेरै ठाउँमा सीमाका सम्बन्धमा सहमति भएको छ, दुईवटा क्षेत्रमा अझै समाधान भएको छैन । कालापानी र सुस्ता समाधान नभएका सीमासम्बन्धी जटिल समस्या भनेर दुवैले भन्दै आएको कुरा हो,' प्रचण्डले भने, 'म प्रधानमन्त्रीको हैसियतमा दुईपटक राजकीय भ्रमणमा जाँदा पनि यी विषय उठेको र जति सहमति भयो सहमति भनेर टुंग्याउँ २ वटालाई बाँकी भनौं भन्ने विषयमा एकमत भएको थियो ।'
प्रचण्डले अहिले सीमा समस्या समाधानका सन्दर्भमा अभूतपूर्व एकता बनेको भन्दै खुशी व्यक्त गरे । अब को कता, को कता होइन सबै प्रो नेपाली भएको उनको टिप्पणी छ ।
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...